पर्यटनको राजधानी पोखरामा आरोग्य पर्यटनको खोजी
१८ कार्तिक २०८२
•
३ मिनेट पाठ
पर्यटनको राजधानी पोखरामा आरोग्य पर्यटनको खोजी
पोखरामा आरोग्य पर्यटनको खोजी गर्न सुरु भएको छ। पर्यटनको राजधानी पोखरालाई बहु पर्यटनको हब बनाउने उद्देश्यले स्वास्थ्य विज्ञान तथा आरोग्यताको क्षेत्रमा क्रियाशील विज्ञहरू सम्मिलित मेडिकनेक्टको आयोजना तथा व्यवस्थापनमा पोखरामा चिकित्सकीय तथा आरोग्य पर्यटन सम्बन्धी छलफल भएको हो।




छलफलमा सरोकारवालाहरूले पोखरा चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बन्न सक्ने सम्भावनाको खोजी गरेका थिए। प्राकृतिक हिसाबले धनी पोखरालाई चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बनाउन सके दीगो पर्यटनमा टेवा पुग्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दीगो पर्यटनका लागि चिकित्सकीय तथा आरोग्य पर्यटन कोशेढुंगा सावित हुने दाबी गरे। 'हिजोको जस्तै पर्यटनले अब पोखरा अगाडि जान सक्दैन,' उनले भने, ‘पोखरालाई मेडिकल शिक्षा, उपचार र आरोग्यताको हब बनाउनु पर्छ। जसका लागि संसारभरीका मानिसहरू मेडिकल शिक्षाका लागि, उपचारका लागि, अनि आरोग्यताका लागि ध्यान र योग गर्न आउन्।’ यसका लागि महानगर सहकार्य गर्न तयार रहेको उनले बताए। 'तपाईंहरू योजना बनाउनूस्,' उनले अगाडि थपे, ‘हामीले के गर्नुपर्छ भन्नूस्, हामी यसका लागि सहयोग गर्न तयार छौं।’

मेडिकनेक्ट नेपालका अध्यक्ष डा.पूर्णकान्त अधिकारीले पोखरालाई चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बनाउन सकिने बताए। तर त्यसका लागि एउटा गुरुयोजना बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि तीनै तहका सरकारहरूले आफ्ना पर्यटन योजना र नीतिहरूमा समेट्नुपर्ने औंल्याए। 'स्वास्थ्य पर्यटनमा उपचार गराउन आउने पर्यटक मात्र हो भन्ने सोच्नु राम्रो होइन,' उनले भने, ‘बरु मेडिकल शिक्षा, मन भित्रको शान्तिको खोजीका लागि मानसिक, शारीरिक र आध्यात्मिक तरिकाले स्वस्थ रहने पद्दती हो।’

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बनाउन सम्भव भएको बताए। 'पोखरा योग, ध्यान र उपचारका लागि उपयुक्त गन्तव्य हो,' उनले भने, ‘यहाँका मनोरम प्राकृतिक छटाहरूले विश्वको ध्यान तान्न सक्छ।’ तर जथाभावी रूपमा गर्नुभन्दा एउटा मापदण्ड बनाएर लागु गर्नुपर्ने उनको सुझाव छ।

पोखरा भ्रमण वर्ष–२०२५ का कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले चिकित्सकीय शिक्षा र स्वास्थ्यको केन्द्र पोखरा बन्न सक्छ भन्ने उदाहरण मणिपाल अस्पतालले पुष्टि गरिसकेको बताए। 'दीगो पर्यटनको एउटा आधार चिकित्सकीय तथा आरोग्य पर्यटन बन्नसक्छ,' उनले भने, ‘यसले बलियो अर्थतन्त्र निर्माणसँगै रोजगारी पनि सिर्जना गर्छ।’

मेडिकनेक्टका निर्देशक डा.गिरीधारी शर्माले चिकित्सकीय तथा आरोग्य पर्यटनको सम्भावना देखेरै आफूहरूले पोखरा महानगरपालिकासँगको सहकार्यमा बहस र छलफल सुरु गरेको बताए। यो प्रस्थान विन्दु मात्र भएकाले निकट भविष्यमा यसले व्यापकता पाउने विश्वास व्यक्त गरे।

मेडिकल एशोसियसन अफ नेपालका अध्यक्ष विष्णुप्रसाद भुषालले चिकित्सकीय तथा आरोग्य पर्यटनका लागि उच्च स्तरको प्रतिबद्धता चाहिने बताए। 'यसमा प्रशस्त फाइदा पनि छ,' उनले भने, ‘तर सँगसँगै चुनौती पनि छ। त्यसैले यसका लागि हाई लेभलको कमिटमेन्ट चाहिन्छ। गुणस्तरीय सेवा चाहिन्छ। अनि ठुलो खर्च पनि हुन्छ।’

नेकपा (माओवादी केन्द्र) कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले पर्यटनको राजधानी पोखराका लागि आरोग्य पर्यटन अपरिहार्य भएको बताए। बरु त्यसका लागि ढिला गर्न नहुने उनको भनाइ थियो।

कार्यक्रममा पोखरा स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपति डा.डुकबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, निजी अस्पतालहरूको छाता संस्था अफिन गण्डकी प्रदेशका सचिव सूर्यप्रसाद पोखरेल लगायतले सरकारी र निजी क्षेत्रबिचको सहकार्यमा पोखरालाई चिकित्सकीय र आरोग्य पर्यटनको केन्द्र बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस