सदरमुकाम मान्म बजारमा जहिले पनि खानेपानीको चरम अभाव हुने गरेको छ । कुनै पनि महिनामा राम्रो संग पिउने पानीको व्यवस्थापन नहुँदा यहाँका स्थानीयवासी आक्रोशित छन् ।
कुनै पनि महिनामा पानी पाइँदैन, बिल मात्र महिनामा तिर्नु परेको उपभोक्ताको भनाई छ । जिल्लाको मुटु मानिने खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार बढ्दै जाँदा सम्बन्धित निकाय भने मौन बसेको भन्दै जिल्लाका ब्यापारी र अन्य नागरिकले बजारको ब्यापार सटर बन्द गरेर शुक्रबार जिल्ला प्रशासन कार्यालयमा र्धना दिएका हुन् ।
मान्ममा होटेल व्यवसाय गदै आएका जिवन कुमार शाहीले सरकारले नागरिकको समस्या प्रति चासो नदिएको बताए । ‘सरकार छ, सधैँ आफैले देखिरहेको छ बजारको पिउने पानीको समस्या सम्बोधन गर्न तिर चासो छैन के स्थानीय र हाम्रो नजिकको सरकार भनेर खुसी हुनु ।’ उनले भने खानेपानीको समस्या दिनानुदिन चर्किँदै गएपछि मान्म बजारमा होटेल व्यवसाय सञ्चालन गर्ने नागरिक प्रत्यक्ष मारमा परेका छन् ।
पानी वितरणमा एकरूपता नहुँदा अभाव झन् गहिरिएको स्थानीय हिक्मतजंग मल्ल भनाई छ । मल्लले जनप्रतिनिधिहरूले नागरिकको समस्याप्रति बेवास्ता गरेको भन्दै आक्रोश प्रकट गरे । खानेपानी उपभोक्ता समितिको वितरण प्रणालीमा लापरबाहीले पानीको अभाव भएले धारामा नियमित पानी नआउँदा सदरमुकाममै पिउने पानीको हाहाकार छ, मल्लले भने, यति ठुलो समस्या हुँदा पनि कसैको ध्यान गएको छैन । उनले थपे खाँडाचक्र नगरपालिकाले ९ महिनादेखि सडक अवरुद्ध हुदा पनी ध्यान नदिएको,कोटदरबार क्षेत्रमा डम्पिङ साइड निर्माण गर्ने तयारी थालेकोमा तत्काल सच्याउन दबाव दिए ।
सर्वसाधारणको धारामा भने हप्तौँसम्म पानी नआएको उनको गुनासो छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा जिल्लावासीले अभावको मार खेप्नुपरेको छ । खानेपानी वितरणको जिम्मा लिएको मान्म खानेपानी उपभोक्ता समिति पनि बेखबर छ । त्यहाँ भएको पानी पनि सशस्त्र प्रहरी बलको ब्यारेक र जिल्ला कारागारका लागि ठिक्क ।
शुक्रबार खानेपानी समस्या पछि जिल्ला प्रशासन कार्यालयमा बसेकको बैठकले खानेपानीका असूत गर्न बाँकी पैसा वक्यौता महसूल एक हप्ता भित्र सबै उपभोक्ताहरुते बुझाउने ,मान्म खानेपानी समितिले बक्यौता महशुस कडाईका साथ उठाउने, वितरण ट्यांकीभन्दा माथि जोडिएका सबै धाराहरु ७ दिनभित्र काट्ने यसमा सबै उपभोक्ताहरुले सहयोग गर्ने, खानेपानी समितिले १५ दिनभित्र सबै उपभोक्ताहरुको घरमा खानेपानी मिटर जडान गर्ने,यसमा सबै उपभोक्ताहरुले सहयोग गर्ने, मान्म खानेपानीका कर्मचारीहरुको कार्यसम्पादन सुधार गर्न सचेत गराउने,आचरणहिन र कार्यक्षमता नभएका कर्मचारीलाई कारवाही गर्ने, चुलिमातिका बृहत खानेपानीको पानी जोड्ने निर्णय भएको छ ।
खाँडचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीका अनुसार नयाँ योजना सम्पन्न हुँदा पनि पिउने पानीको अभाव हुनु मुहानकै समस्या भएको बताए । उनले नगरपालिका र मान्म बजारको बाटोको विषयमा नगरपालिकाले ध्यान दिने बताए । जिल्ला प्रशासन कार्यालय कालीकोटले ७ दिन भित्र पानीको समस्या र १५ दिन भित्र सडकको समस्या सामाधान गर्ने निर्णय समेत गरीएको छ ।
खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका कर्मचारी देवानन्द धितालले तत्काल खानेपानी सामाधान गर्न खानेपानी समितिलाई सुझाव दिए । उनले भने ‘हाम्रो कार्यालयले पनी सहयोग गर्छ । तत्कालको लागि भोलीनै खानेपानी मुहानमा कामदार पठाएर सहयोग गनुस् ।’ नागरिकले २५ दिनदेखि खानेपानीको समस्या भोक्न परेको उनले बताए ।
पूर्वमेयर जसिप्रसाद पाण्डेले नगरपालिकाले नागरिकको हितमा कामगर्न नसकेको बताए । उनले आक्रोश हुदै भने ‘मेरा जनताले पानीखाएकी छैनन् भनेर नगरपालिकाका जनप्रतीनिधिले चासो दिएनन् ।’ उनले ४ दिन भित्र पानी ब्यवास्था गरी घरघरमा मिटर समेत जोड्न समितिलाई सुझाब दिए ।
खानेपानी उपभोक्ता समितिका सचिव रमेश नेपालीले अहिले पनी उपभोक्ता समितिको २३ लाख उठाउन बाकी रहेको बताए । उनले भोलिनै खानेपानी मर्मतको लागि आफु सहितको टिम मुहानमा पुग्ने बताए ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...