लैंगिक हिंसा अन्त्य गर्न पारिवारिक सम्मान र सचेतता आवश्यक
२१ मंसिर २०८२
•
३ मिनेट पाठ
लैंगिक हिंसा अन्त्य गर्न पारिवारिक सम्मान र सचेतता आवश्यक
पारिवारिक सम्मानको वातावरण, सूचना र प्रविधिको सदुपयोग र सचेतना अभिबृद्धिमा ध्यान दिने हो भने घरेलु हिंसारहित समाज बनाउन सकिने निश्कर्ष ताप्लेजुङका सरोकारवालाले निकालेका छन् ।  




फुङलिङ नगरपालिकाको आयोजना र पत्रकार महासंघ ताप्लेजुङको सहजीकरणमा आइतवार फुङलिङमा भएको अन्तरक्रिया कार्यक्रममा घरेलु हिंसा निवारणका लागि बिद्यालय तहबाटै नैतिक तथा पारिवारिक शिक्षालाई जोड्नुपर्ने आवाज समेत उठेको पत्रकार महासंघ ताप्लेजुङका उपाध्यक्ष संगीता कार्कीले जानकारी दिइन् ।  

कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले घरेलु हिंसा निवारणका लागि नगरपालिकाले चलाएको जागरणका अभियानबाट हिंसाबिरुद्ध कानुनी उपाय खोज्न पीडितहरु अग्रसर हुन थालेको बताइन् ।  

संख्याको हिसावले हिंसाका घटनामा बृद्धि भएको जस्तो देखिएपनि सुरुमा पीडितहरुले पींडा दबाएर राख्ने गरेको पछिल्ला दिनहरुमा हिंसा बिरुद्ध कानुनी लडाईका लागि अग्रसर हुन थालेको दलिल पेश गरिन् ।  

उपप्रमुख ओझाले न्यायिक समितिकातर्फबाट घरेलु हिंसा बिरुद्ध कानुनी जागरणका कार्यक्रम समेत अघि बढाउने जानकारी दिइन् । उनले घरेलु हिंसा निवारणका लागि पारिवारिक वातावरण,गरिवी र विपन्नताको अन्त्य र पारिवारिक सम्मान महत्वपूर्ण हुने बताउँदै यसका लागि विद्यालय तहबाटै नैतिक तथा पारिवारिक शिक्षालाई जोड्न सक्नुपर्ने बताईन् ।  

नगरपालिकाले निर्माण गर्ने स्थानीय पाठ्यक्रममा नैतिक शिक्षा प्रेरित पाठ्य सामग्रीसमेत समावेश गर्ने बिषयमा आफ्नो पहलकदमी हुने उनको भनाई थियो ।  

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले कानुनी र पैरवीको दाहेरा अघि बढाउने जिम्मेवारी पाएका निकाय तथा व्यक्तिहरु हिंसा निवारणका काममा सक्रिय हुनुपर्ने बताए । सरकारले सामाजिक संघसंस्था समेतको सहयोगमा प्रत्येक घरभित्र हुनुपर्ने पारिवारिक वातावरण र पारिवारिक मिलनका आधारहरुका बारेमा समुदाय सचेतना प्रवाह गर्नुपर्ने उनले बताए ।  

हिंसाबाट पीडित भएकाहरुलाई न्यायको कानुनी लडाँईका लागि आफुहरु अग्रसर हुने भएपनि सचेतना अभिबृद्धिमा समेत ध्यान दिएको प्रजिअ सेढाईँको भनाई थियो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायधिवक्ता मदन न्यौपानेका अनुसार हिंसाको स्वरुप र प्रकृति अनुसार पछिल्लो एकबर्ष भित्र सरकारवादी भएका मुद्दाहरुको अभियोजन जिल्ला सरकारी वकिल कार्यालयले गर्नु परेको छैन । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार चालु आर्थिक बर्ष २०८२।८३ को मंसिर दोस्रो सातासम्ममा घरेलु हिंसा सम्वन्धी ४० वटा घटना प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आवभरीमा ५२ वटा यस्ता घटनाको उजुरी प्रहरीकोमा परेको भन्दै यादवले हिंसाका घटनाको ग्राफ उकालो अवस्थामा रहने अनुमान गरेका छन् ।  

हिंसामा परेको मौखिम उजुरीका आधारमा समेत प्रहरीले पीडितको उद्धार र पीडकलाई नियन्त्रणमा लिने गरेको भन्दै यादवले हिंसा खेपेर बस्ने नभई कानुनी दाहेरामा ल्याउने कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वाले पीडकलाई दबाब र प्रभावमा उन्मुक्ति दिन नहुनेमा जोड दिदैं पारिवारिक वातावरण निर्माणका लागि समाजको सचेत वर्गले समाजका सदस्यहरुलाई अनुशिक्षित गर्नुपर्ने बताइन् ।  

हिंसाका घटनामा संलग्नहरुलाई कानुनी दाहेरामा ल्याईसकेपछि उसलाई कानुनी दाहेराबाट बाहिर ल्याउन दबाब नदिन समेत उनको आग्रह छ । मादक पदार्थ र लागु पदार्थको सेवन गर्ने,घरमा पुगेर झैझगडा गर्ने जस्ता घटनाले घरेलु हिंसाका घटना बढाएको अवस्था चित्रण गर्दै प्रमुख जिल्ला अधिकारी सेढाईँले प्रहरी प्रशासन यस्ता गलत हर्कत बिरुद्ध दबाब र प्रभावहिन ढंगले काम गर्ने बताए । 

जिल्ला प्रहरी प्रवक्ता यादवले प्राय पुरुषबाट हिंसा हुने गरेको भएपनि लैंगिक हिंसाका सवालमा पुरुषमात्र दोषी नभई महिला पनि दोषी रहेको अवस्था तथ्याङ्कले देखाउने बताए । घरपरिवारका प्रत्येक सदस्यले एकअर्कालाई सम्मान गर्ने र ठूलालाई आदर र सानालाई माया गर्ने सद्भावमात्र अंगाल्ने हो भने लैंगिक हिंसा निवारणमा ठूलो टेवा पुग्ने प्रजिअ सेढाईँको भनाई छ ।  

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको १३ औं दिनका लागि फुङलिङ नगरपालिकाले सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । यसबर्षको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको नारा‘प्रविधिको सहि प्रयोग गरौं,लैंगिक हिंसा अन्त्य गरौं’रहेको छ । अभियान यही २४ गते समापन हुँदैछ ।  
अर्को समाचार
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
२० मिनेट अघि
•
१ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत फोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।




फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।

गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।

नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।

इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्‍याउने देखिएको कार्यालयले जनाएको छ।

उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थित झोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।

उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।

डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।

पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारको बेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।

त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।

तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस