बारीमै फूलको बजार पाएपछि किसान उत्साहित
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
बारीमै फूलको बजार पाएपछि किसान उत्साहित
तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसानलाई यस वर्ष सयपत्री फूल बिक्री गर्न बजार खोज्दै भौँतारिनुपरेन। बारीमै फूल किन्न आउने ग्राहकको घुइँचो लागेपछि किसानलाई फूल बिक्रीको चिन्ता भएन। आफूले उत्पादन गरेको फूल बारीबाटै बिक्री भएपछि किसान उत्साहित छन्।




छिम्लीश्वारा चण्डेनी फलफूल तथा तरकारी उत्पादक कृषक समूहमा आबद्ध २३ महिलाले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीले यस वर्ष राम्रो बजार पायो। समूहले १६ रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूलमध्ये तिहारमा मात्रै दुई हजार ७६० किलो बिक्री भइसकेको छ। फुलेका फूल सबै बिक्री भएपछि किसानमा उत्साह थपिएको समूहकी अध्यक्ष जितमाया रानाले बताइन्।

उनका अनुसार यस वर्ष उत्पादित फूल दमौली, म्याग्दे, खैरेनीटार, पोखरा र आँबुखैरेनीसम्म पुगेको छ। बजारमा प्रतिकिलो ३०० मा फूल बिक्री गरिएको छ। बारीमै आएर  खरिद गर्ने ग्राहकलाई भने प्रतिकिलो २०० रुपैयाँमा बिक्री गरिएको उनले बताए। फूल बिक्रीका लागि बजारसम्म लैजानुपर्ने झन्झट नहुँदा किसानलाई सहज भएको छ।

“फूल उत्पादन भएपछि कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको थियो तर बजारको समस्या भएन। ग्राहक आफैँ बारीमा आएर फूल किन्नुभयो। सबै फूल बिक्री भयो, यसले हामीलाई निकै उत्साहित बनाएको छ,” अध्यक्ष रानाले भनिन्।

किसानले फूलका साथै माला बनाएर पनि बिक्री गरेका छन्। ग्राहकको मागअनुसार फूल र माला दुवै बिक्री हुँदा आम्दानीको थप अवसर मिलेको छ। तिहारको मुख्य दिनमा मात्रै नभई त्यसपछिका धार्मिक तथा सांस्कृतिक अवसरमा फूलको माग रहने भएकाले किसानले बाँकी उत्पादन बिक्री हुने अपेक्षा गरेका छन्।

छिम्लीश्वाराका किसानले केही वर्षअघिसम्म आफ्ना बारीमा मकै, मास र बोडीखेती गर्दै आएका थिए। परम्परागत खेतीमा मिहिनेत धेरै गर्नुपर्ने भए पनि आम्दानी भने अपेक्षा अनुसार नहुने किसानको अनुभव थियो। यही अवस्थालाई परिवर्तन गर्ने सोचका साथ उनीहरूले गत वर्षदेखि सामूहिक रूपमा सयपत्री फूलखेती सुरु गरेका हुन्।

विदेशबाट ठूलो परिमाणमा फूल आयात भइरहेको देखेपछि आफ्नै गाउँमा फूल उत्पादन गर्न सके स्थानीय बजारको माग पूरा गर्नुका साथै किसानको आम्दानी बढाउन सकिने उनीहरूको सोच थियो। स्वदेशमै फूल उत्पादन गरेर बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने उद्धेश्यले सुरु गरिएको खेतीले उत्साहजनक परिणाम दिएको अध्यक्ष राना बताउँछिन्।

समूहले गत वर्ष छ रोपनीमा सयपत्री फूलखेती गरेको थियो। पहिलो वर्ष उत्पादन भएको फूल तिहारको समयमा सहजै बिक्री भएपछि किसानलाई खेती विस्तार गर्ने हौसला मिल्यो। बजारमा फूलको माग राम्रो देखिए पनि उत्पादन कम हुँदा ग्राहकको मागअनुसार फूल पुर्‍याउन नसकिएको अनुभव किसानसँग थियो।

गत वर्षको तुलनामा झन्डै तीन गुणा क्षेत्रफलमा खेती विस्तार गरिएको छ। फूलखेतीका लागि गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिएपछि थप प्रोत्साहन मिलेको समूहका कोषाध्यक्ष सन्सरी रानाले बताइन्।

उनका अनुसार यसपटक किसानले उत्पादन गरेको फूल बारीबाटै बिक्री हुँदा ढुवानी तथा बजार व्यवस्थापनको झन्झट कम भएको छ। फूल टिपेर बजार पुर्‍याउनुपर्ने, बिक्री नभएर बिग्रिने तथा ग्राहक खोज्दै हिँड्नुपर्ने समस्या नहुँदा सामूहिक खेतीप्रति थप आकर्षण बढेको उनले उल्लेख गरिन्।

सामूहिक रूपमा खेती गर्दा कामको बाँडफाँट गर्न, उत्पादनको हेरचाह गर्न र बिक्री व्यवस्थापन गर्न सहज भएको किसानको अनुभव छ। एउटै क्षेत्रमा धेरै फूलखेती हुँदा ग्राहकलाई आवश्यकताअनुसार फूल खरिद गर्न सजिलो भएको छ।

परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका महिलाले वैकल्पिक खेतीका रूपमा सुरु गरेको सयपत्री फूलखेती अहिले आम्दानीको राम्रो सम्भावना बोकेको व्यवसाय बनेको छ। आफ्नै खेतबारीमा उत्पादन गरेको फूलले स्थानीय बजार पाउन थालेपछि उनीहरूमा व्यावसायिक खेतीप्रतिको विश्वास बढेको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस