चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
०५ मंसिर २०८३
•
२ मिनेट पाठ
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्। गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन्।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) रु २० हजारका दरले कारोबार भइरहेको छ।  गत वर्ष यही समयमा चिराइतो प्रतिमन रु २५ हजारदेखि रु ३० हजारसम्ममा बिक्री हुने गरेको उनले बताए।  गत वर्षको तुलनामा यस वर्ष प्रतिमन रु पाँच हजारदेखि रु १० हजारसम्म मूल्य घटेको उको भनाइ छ।  

 

उहाँका अनुसार यस वर्ष चिराइतोको उत्पादन भने बढेको छ।  टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको उनले बताए।  उत्पादन बढे पनि बजार मूल्य घटेकाले किसानले अपेक्षाअनुसार आम्दानी लिन नसकेको उको भनाइ छ।  

 

यस वर्ष हालसम्म आफूले करिब २०० मन चिराइतो सङ्कलन गरिसकेको उनले बताए।  आफ्नै घरमासमेत बिक्रीका लागि करिब १० मन चिराइतो रहेको राउतले बताउनुभयो।  उत्पादन भएको चिराइतो बजारमा बिक्री गर्न तयार भए पनि उचित मूल्य नपाउँदा किसानले अपेक्षित लाभ लिन नसकेको उनले बताए।  

 

चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएकाले यस वर्ष मूल्य घटेको राउतको भनाइ छ।  राउतका अनुसार चिराइतोको बजार माग र बिक्रीको अवस्थाले किसानले पाउने मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ।  बजार सहज नहुँदा उत्पादन बढेको अवस्थामासमेत किसानले राम्रो मूल्य पाउन नसक्ने समस्या रहेको उनले बताए।  

 

चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो।  यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो सङ्कलन गरेर बिक्री गर्ने गरेका छन्।  विशेषगरी ग्रामीण क्षेत्रका किसानका लागि चिराइतो आम्दानीको महत्वपूर्ण स्रोत बन्दै आएको छ।  

 

चिराइतोखेती तथा सङ्कलनबाट किसानले खेतीपातीबाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन्।  यसको उत्पादन, सङ्कलन, ओसारपसार र बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन्।  तर बजार मूल्यमा हुने उतारचढाव तथा निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ।  

 

स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन र उचित मूल्य प्राप्त हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।  उत्पादनअनुसार बजारको व्यवस्था हुन सके चिराइतोखेतीबाट ग्रामीण क्षेत्रमा अझ आम्दानी बढाउन सकिने किसानहरुको भनाइ छ।  

–––




अर्को समाचार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
०५ मंसिर २०८३
•
२ मिनेट पाठ
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्। गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन्।




टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रति मन (४० केजी) २० हजार रुपैयाँका दरले कारोबार भइरहेको छ।

गत वर्ष यही समयमा चिराइतो प्रतिमन २५ हजारदेखि ३० हजार  रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए। गत वर्षको तुलनामा यस वर्ष प्रतिमन पाँच हजारदेखि १० हजार रुपैयाँसम्म मूल्य घटेको उनको भनाइ छ।

उनका अनुसार यस वर्ष चिराइतोको उत्पादन भने बढेको छ। टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको उनले बताए। उत्पादन बढे पनि बजार मूल्य घटेकाले किसानले अपेक्षाअनुसार आम्दानी लिन नसकेको उनको भनाइ छ।

यस वर्ष हालसम्म आफूले करिब २०० मन चिराइतो सङ्कलन गरिसकेको उनले बताए। आफ्नै घरमासमेत बिक्रीका लागि करिब १० मन चिराइतो रहेको राउतले बताए। उत्पादन भएको चिराइतो बजारमा बिक्री गर्न तयार भए पनि उचित मूल्य नपाउँदा किसानले अपेक्षित लाभ लिन नसकेको उनले बताए।

चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएकाले यस वर्ष मूल्य घटेको राउतको भनाइ छ।

राउतका अनुसार चिराइतोको बजार माग र बिक्रीको अवस्थाले किसानले पाउने मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ। बजार सहज नहुँदा उत्पादन बढेको अवस्थामासमेत किसानले राम्रो मूल्य पाउन नसक्ने समस्या रहेको उनले बताए।

चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्त्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो। यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो सङ्कलन गरेर बिक्री गर्ने गरेका छन्।

विशेषगरी ग्रामीण क्षेत्रका किसानका लागि चिराइतो आम्दानीको महत्वपूर्ण स्रोत बन्दै आएको छ।

चिराइतोखेती तथा सङ्कलनबाट किसानले खेतीपातीबाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन्। यसको उत्पादन, सङ्कलन, ओसारपसार र बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन् तर बजार मूल्यमा हुने उतारचढाव तथा निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ।

स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन र उचित मूल्य प्राप्त हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। उत्पादनअनुसार बजारको व्यवस्था हुन सके चिराइतोखेतीबाट ग्रामीण क्षेत्रमा अझ आम्दानी बढाउन सकिने किसानहरूको भनाइ छ।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस