जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक
२९ फागुन २०८२
•
४ मिनेट पाठ
जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक
गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्यम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको छ। हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने झुल्के घाम हेरेर पर्यटक रमाउँछन । यहाँका मनोरम दृश्यसँग मोहित हुन्छन् र फर्किन्छन्। यसरी फर्किनेहरू सम्झना मात्र बोकेर फर्किँदैनन्, साथमा केही न केही कोसेली बोक्छन्। कोसेलीका रूपमा ललिपप, छुर्पी, बम्बइसन, चिया, अकबरेलगायत स्थानीय उत्पादन पर्यटकको रोजाईमा पर्छ। 




अन्तु घुमेर फर्कंदै गरेका पर्यटक समूह सूर्योदय-१० स्थित फिक्कल बजारको पसलअगाडि उभिन्छन्, आफूलाई मन पर्ने मिठाईलगायत कोसेली छान्छन् र लिएर जान्छन्। यस्तै अवस्थामा भेटिएका चितवनका रोशन सापकोटाले भने, 'साथीहरूले इलामबाट रित्तो नफर्किनु है भनेका छन्। धेरैलाई यहाँको ललिपप मनपर्दो रहेछ। साथीहरूको मागअनुसार सामान किनिरहेको छु। जति हेर्यो, त्यत्ति किनौँ किनौँ जस्तो लागिरहेको छ।'

फिक्कल बजारमा लहरै सजिएका पसलहरूमा छुर्पी, घ्यू, चिया, अकबरे खुर्सानीसँगै ललिपप र बम्बइसन जस्ता उत्पादन बिक्रीका लागि राखिएका छन्। कतिपय पसलमा त पर्यटकहरूले कोसेली किन्न पालो नै पर्खिनुपर्छ। स्थानीय व्यापारी सुजन सापकोटा भन्छन्, 'सामान्य दिनमा पाँच–दस हजारको बिक्री हुन्छ। ‘सिजन’ सुरु भएपछि भने व्यापार निकै बढ्छ। पोहोर त दिनकै ३० हजारसम्मको कोसेली बिक्री भएको थियो।'

स्थानीय व्यापारीका अनुसार इलाम आउने अधिकांश पर्यटकले कुनै न कुनै कोसेली किनेर लैजाने चलन नै बसिसकेको छ। 'यहाँ आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, छुर्पी, ललिपपलगायत कोसेली पनि किनेर लैजानुपर्छ भन्ने धारणा नै बनेको छ', व्यापारी अमीर आचायले भने।

काठमाडौंमा व्यवसाय गर्दै आएका दीपक खड्का पनि यहाँ भेटिए। उनले आफू इलामे कोसेलीका नियमित ग्राहक भएको बताए 'कोही इलामबाट काठमाडौं आउँदैछ भन्ने थाहा पायो भने ललिपप र छुर्पी मगाइहाल्छु। यहाँ आफैँ आएको बेला त झन् छोड्ने कुरै भएन। घरमा सबैजना इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्', उनले भने।  

दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसन यहाँका घरेलु उद्योग प्रवर्धनमा निकै टेवा पुगेको छ। गाउँगाउँमा यी मिठाई उत्पादन हुने क्रम बढ्दो छ। सूर्योदय नगरपालिका-५ का वडाध्यक्ष उर्गेन बम्जनका अनुसार यी उत्पादन ‘इलाम ब्रान्ड’का रूपमा चिनिन थालेका छन्।

जिल्लामा करिब दुई दर्जन ललिपप उद्योग सञ्चालनमा छन्। यहाँ उत्पादित मिठाईको माग स्थानीय बजारसँगै काठमाडौं र भारतसम्म हुने गरेको उद्यमी शिवलाल प्रधान बताउछन्। सानो प्याकेट ललिपप रु ५० र ठूलो प्याकेट रु १०० मा बिक्री हुन्छ। उपहारका लागि आकर्षक रूपमा ‘प्याकेजिङ’ गरिएका ‘गिफ्ट ललिपप’ पनि बजारमा उपलब्ध छन्।

इलाममा दुग्धजन्य उद्योगको दायरा पनि विस्तार हुँदै गएको हो। जिल्लाका १८ चिज कारखानाले दैनिक करिब २७ हजार लिटर दूध सङ्कलन गर्छन । स्थानीय बजारमा पाँच हजार लिटर दूध खपत हुने गरेको छ भने छुर्पी उद्योगले दैनिक १५ हजार लिटर दूध प्रयोग गर्छन्। ललिपप र बम्बइसन उद्योगले करिब पाँच हजार लिटर दूध खपत गर्छन् भने तीन हजार लिटर दूध भारतीय बजारमा समेत निर्यात हुने गरेको तथ्याङ्क छ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा १८ चिज कारखाना, करिब १५० छुर्पी उद्योग र १३ दुग्ध मिठाई उद्योग सञ्चालनमा छन्। यहाँ वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ भने ३३ हजार ३७१ उन्नत जातका गाई पालिएका छन्।  

पर्यटकीय गतिविधिले यस्ता उद्योग र स्थानीय उत्पादन प्रवर्द्धनमा टेवा पुगिरहेको केन्द्र प्रमुख रागवेन्द्र तिवारीको भनाइ छ। 'पयर्टकीय गतिविधिले यहाँका चियाबारी, पर्यटकीय क्षेत्र प्रचार मात्रै भइरहेको छैन, स्थानीय उत्पादनको बजारीकरण पनि भइरहेको छ। यसले स्थानीय साना उद्यमीको जीविकोपार्जन र व्यवसाय विकासमा पनि टेवा पुगेको छ', उनले भने।  

सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल स्थानीय उत्पादन प्रवद्र्धनका लागि काम भइरहेको बताउछन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादकलाई प्रोत्साहनका लागि अनुदान दिने विषयमा पनि छलफल भइरहेको उनले बताए।

'पर्यटकीय गतिविधि बढेसँगै यहाँ उत्पादन पनि बढिरहेको छ। उत्पादन वृद्धि र बजार विस्तारका लागि अन्य पालिकासँग पनि सहकार्य गर्ने नीति छ। त्यसका लागि विगतमा पनि केही पहल भएका छन्, अब आगामी आर्थिक वर्षमा थप योजना अगाडि सार्छौं। स्थानीय उत्पादन प्रवर्द्धनका लागि अनुदानमा आधारित नीति अगाडि सार्ने कि भनेर छलफलमै छौ । बजार विस्तार र स्थानीय उत्पादकले लाभ पाउने गरी काम हुन्छ', कार्यवाहक प्रमुख बरालले भने ।  

यसरी हेर्दा यहाँको पर्यटन केवल दृश्यमा सीमित छैन, स्थानीय किसान तथा व्यवसायीको सशक्तीकरणको बलियो आधार बनिरहेको छ। चियाबारीको हरियाली र अन्तुको सूर्योदयसँगै यहाँको मिठास बोकेको कोसेली पनि पर्यटकको झोलामा भरिएर देशका विभिन्न ठाउँसम्म पुगिरहेको छ। यस्ता उत्पादनको थप ‘ब्राण्डिङ’ र बजारीकरणमा लगानी गर्न सके अझ धेरै लाभ लिन सकिने स्थानीयको भनाइ छ। रासस
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस