गण्डकी प्रदेशका एक सचिवले बलात्कारीलाई फाँसीको सजाय गर्ने व्यवस्था गर्न माग गरेका छन्।
गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा सङ्घीय सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बुधबार पोखरामा आयोजित ‘लैङ्गिक समानता नीतिलगायत मन्त्रालयबाट सञ्चालित कार्यक्रमहरूको अभिमुखीकरण’ कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले नेपालमा बलात्कारीलाई फाँसीको सजाय हुने व्यवस्था गर्न माग गरेका हुन्।
नेपालमा कुनै पनि अपराध गर्नेलाई फाँसीको सजाय हुने व्यवस्था छैन। नेपालको संविधान र कानुन फाँसीको सजायविरुद्ध उभिएको छ। त्यति मात्र होइन नेपालले राष्ट्रसंघ लगायतका विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूमा फाँसीको सजाय नदिने महासन्धिहरूमा हस्ताक्षरसमेत गरिसकेको छ।
यस्तो अवस्थामा कानुनको पालना गर्ने, गराउने नेतृत्व तहमा रहेका प्रदेश सचिवले देशले गरेको प्रतिबद्धता र देशको कानुन विपरीत बलात्कारीलाई फाँसीको सजाय हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै उनले कानुन सम्झेर बलात्कारीले बलात्कार गर्नेबारे सोच्न पनि नसक्ने वातावरण बनाउनुपर्ने बताए। ‘अहिले बलियो सरकार छ क्यारे, यतातिर पनि सोचोस्, म यो आग्रह गर्दछु।’
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै उनले बलात्कारीलाई फाँसीको सजाय नहुँदा यस्ता घटना दिनहुँ दोहोरिन थालेको बताए। ‘बलात्कारीलाई फाँसीको सजाय दिने प्रावधान अन्य देशमा पनि छ’, उनले भने,‘नेपालमा पनि बलात्कारीलाई फाँसीको सजाय हुने व्यवस्था गर्नुपर्छ।’
बलात्कारीलाई फाँसीको सजाय हुने व्यवस्था राख्ने हो भने बलात्कारका घटना घट्ने उनको दाबी छ। ‘कडा कानुन अभावमा बलात्कारीको मनोबल बढेको छ,उनले थपे,‘हामी भावनामा बगेर हुँदैन, अण्डा नफुटाएसम्म अम्लेट बन्दैन नि ! अण्डा पनि नफुटाल्दिनु भन्ने, अनि अम्लेट पनि खान्छु भनेर हुन्छ ? कडा कानुन ल्याउनुपर्छ।’
सचिव पौडेलले विदेशीको इसारामा नेपालमा बलात्कारीलाई फाँसीको सजाय नहुने व्यवस्था बनेको टिप्पणी गरे। ‘उनीहरूले आफ्नो देशमा चाहिं बलात्कारलगायतका घटनाका दोषीलाई फाँसीको सजाय हुने व्यवस्था गरेका छन्’,उनले थपे,‘नेपालमा भने मानव अधिकारलगायत देखाएर फाँसीको सजाय नहुने व्यवस्था गराएका छन्।’
कार्यक्रममा कन्भेन्सन अफ द ईलिमिनेसन अफ अल फम्र्स अफ डिस्क्रिमिनेसन अगेन्स्ट वमन ‘सीड’का सदस्य वन्दना राणाले फाँसीको सजाय हुने व्यवस्था ल्याई हाल्न हतार हुने टिप्पणी गरिन्। सोही कार्यक्रममा सहभागी उनले पत्रकारसँग कुरा गर्दै फाँसीको सजाय हुने व्यवस्था ल्याउँदा त्यसले दीर्घकालीन समस्या ल्याउँछ कि ल्याउँदैन भन्नेबारेमा सोच्नुपर्ने बत्ताइन्।
कानुन पालना गराउने उच्च तहका अधिकारीले नै कानुन विपरीत बलात्कारीलाई फाँसीको सजाय हुने व्यवस्था बनाउनुपर्ने बताएकोप्रति आश्चर्य मान्दै उनले भनिन्,‘यो आक्रोशमा आउने अभिव्यक्ति मात्र हो। दीर्घकालमा यसले के समस्या ल्याउँछ ? भन्नेबारेमा पनि मन्थन हुनुपर्छ, मलाई लाग्छ यो दीर्घकालीन समाधान होइन।’
राणाले सिडले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद उन्मूलन हुनुपर्नेमा जोड दिएको प्रस्ट्याइन्। महिलामाथि हुने हिंसा र विभेदविरुद्ध नेपालको कानुन दक्षिण एसियामै राम्रो भएको उनले बत्ताइन्। उनले भनिन्,‘कागजमा मात्र सीमित छ। कार्यान्वयन छैन, त्यसैले कानुन र कागजमा हुँदैमा पहुँच पुग्छ भन्न सकिँदैन।’महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णले गण्डकी प्रदेशका सबै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूलाई अभिमुखीकरण गर्ने उद्देश्यले कार्यक्रम राखिएको स्पष्ट पारिन्।
उनले महिलामाथि हुने विभेद र हिंसा न्यूनीकरणका लागि तीन वटै तहका सरकारबिच सहकार्य र समन्वय आवश्यक रहेको बत्ताइन्। उनले भनिन्,‘हामीले मिलेर गर्यौँ भने विभेद र हिंसा कम गर्न सक्छौँ, त्यसैले हातेमालो गरौँ।’
मन्त्रालयकी सहसचिव इन्दिरा आचार्यले महिलामाथि हुने विभेद र हिंसाका हानिकारक अभ्यासहरू जरैदेखि फाल्नुपर्नेमा जोड दिइन्। उनले जुनसुकै सरकारले योजना तर्जुमा गर्दा, बजेट बनाउँदादेखि कानुन बनाउँदासम्म लैङ्गिक उत्तरदायी र समावेशी बनाउनुपर्ने बत्ताइन्। त्यसका लागि पनि अभिमुखीकरण कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरिन्।
अभिमुखीकरणमा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहेको थियो।