१६ वर्ष खाडीको बसाइपछि गाउँमै बाख्रापालन
१२ असार २०८३
•
३ मिनेट पाठ
१६ वर्ष खाडीको बसाइपछि गाउँमै बाख्रापालन
हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो लाग्न थालेको छ।




बडिगाड गाउँपालिका–९ बल्घास राँकीचौरका तेजबहादुर घर्तीमगरले लालाबालाको सुखका लागि खाडीमा १६ वर्ष जीवन बिताउँदा पनि आम्दानी बचाउन सकेनन्।

अन्ततः गाउँ फर्किए। गाउँमा बाख्रापालन गर्न  पत्नि कुश्माले सहयोग गर्न थाले। आम्दानीबाट केही अंश बचत भयो। परिवार खुसी भए।  उनलाई पनि क्रमशः आफ्नै गाउँ प्यारो लाग्न थाल्यो।

खोरमा हुर्किंदै गरेका पाठापाठीमा आफ्नो र परिवारको भविष्य देखेका तेजबहादुरले परिवारलाई श्रमको महत्व र मेहनतको फलका सम्बन्धमा बुझाउन सकेनन्।

उनका सन्तति बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राकै स्याहारमा तल्लीन छन्। खोरमा रहेका दर्जनौँ बाख्राका लागि घाँसपानी जोहो गर्दागर्दै थकित हुन्छन्। लखतरान घर्ती भर्खरै जन्मिएर हुर्किंदै गरेका पाठीपाठी छेउमै बस्दा दुःख बिर्सन्छन्।

उनले गाउँमा आफ्नो भविष्य देखेका छन्। खेतबारी काल्नाखोल्सा तथा खेर गइरहेका सबै बाँझो जमिनमा घाँस रोपेका छन्। सानाठूला गरी ७० बाख्राका लागि घाँस खोज्न टाढा जानु पर्दैन। खोर आधुनिक ढङ्गले निर्माण गरेका छन्। त्रिचालिस वर्षीय घर्तीको जोशजाँगर देखेर स्थानीय पनि पशुपालनमा जुटेका छन्।

विदेशमा १८ घण्टा काम गर्दा पनि राम्रो कमाइ भएन। गाउँमा थोरै लगानी र कम मेहनतमा परिवारसँगै बसेर बाख्रापालन गर्न थालेपछि उनको जीवनमा परिवर्तन आयो।

उनले तीन वर्षअघि कृषि फार्म दर्ता गरे। व्यावसायिक रुपमा बाख्रापालन पेसा गर्नथालेपछि बैंकले कर्जा दिन थाल्यो। क्रमशः वित्तीय साक्षरताका बारेमा अनुभव पनि भयो। बचत पछि खर्च गर्ने बानीले उनीहरुलाई समृद्धिको बाटोमा डोर्याएको छ।

तेजबहादुरको खोरमा बाख्राको सङ्ख्या बढ्दै गएका छन्। अब, उनले मासुपसल खोल्ने सोच बनाएका छन्। सुरुमा घरकै आठ वटा बाख्राबाट सुरु गरेको उनको खोरमा अहिले १५० बाख्रा पुगेका छन्।

उनी भन्छन्, ‘धेरै वर्ष विदेशमा बिताइयो भने जस्तो कमाइ भएन, गाउँ आएर बाख्रापालन थालेको हुँ, राम्रो आम्दानी  हुँदै गएको छ’, घर्तीले भने, ‘सुरुमा ठूलो लगानी गर्न सकिएन। घरमा पाल्दै आएका आठ वटा बाख्रालाई व्यवस्थित रुपमा पाल्ने योजना बनाएर सुरु गरेको हुँ, अहिले राम्रो  छ।’

घर्तीलाई उनकी श्रीमती कुश्माले साथ दिएकी छन्। रु एक लाख ५० हजारको लगानी बाट गरेको सुरु गरेको बाख्रपालनमा हालसम्म रु १५ लाख खर्च भइसकेको छ।

उनले बर्सेनी ६० वटा खसी बोका बिक्री गर्छन्। घर्ती दम्पतीले बाख्राको रेखदेख गर्न नभ्याएकाले गाउँका दुई जनालाई रोजगारी दिएका छन्।

तेजबहादुरले भने, ‘विदेशमा दुःख गरेर घर खर्च पठाउन मुस्किल हुन्थ्यो, कडा परिश्रम गर्दा बिरामी परिन्थ्यो, त्यतिबेला घरपरिवारको धेरै याद आउँथ्यो, अहिले परिवार सँगसँगै छौँ, सँगै दुःख गरेका छौँ, सञ्चो बिसञ्चो सबै थाहा हुन्छ, आफ्नो काम मन लाग्दा गरे भो, थकाइ लाग्दा आराम गरे हुन्छ, विदेशमा जस्तो हुँदैन, धेरै कमाउन नसके पनि परिवार धान्न सहज भएको छ।’

घर्ती दम्पतीको व्यवसाय प्रवद्र्धनका लागि बडिगाड गाउँपालिका, नेपाल गाजा डेभलभमेन्ट फाउण्डेशन र हेफर प्रोजेक्ट नेपालले तालिम, आधुनिक खोर निर्माण र बीउ बाख्रा दिएर सहयोग गरेको छ।

घर्ती दम्पतीलाई बाख्रापालनले मिलन मात्र गराएको छैन, कुश्माका बारेमा कुरा काट्ने समाजको मुखमा बिर्कोसमेत लागेको कुश्मा घर्तीले बताइन्।

उनले भनिन्, ‘काम साना ठूलो हुँदैन, जसले जे जानेको छ, त्यही गर्नुपर्दो रहेछ, पहिले एक/दुई वटा बाख्रा पाल्न पनि मुश्किल हुन्थ्यो, अहिले धेरै पाल्दा पनि सहज लागेको छ, खोरमा भएका बाख्रा हाम्रो सम्पत्ति हुन्, यिनीहरुको स्याहारसुसार राम्रो गरियो भने राम्रो आम्दानी हुन्छ, अब दुई/चार पैसाका लागि अरुलाई गुहार्नु पर्दैन।’ रासस
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस