चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै
०९ मंसिर २०८३
•
२ मिनेट पाठ
चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ। वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणलाई लक्षित गरी घाँसे मैदान तथा सिमसार क्षेत्र व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखिएको हो।




निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार लक्ष्यअनुसार १२५ हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी क्षेत्रमा व्यवस्थित गर्ने काम अघि बढिरहेको छ।

सूचना अधिकारी तिवारीले भने, 'चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने लक्ष्य रहेको छ। त्यसमध्ये १२५ हेक्टर व्यवस्थित गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी काम कार्यान्वयनको चरणमा छ।'

निकुञ्जभित्र रहेका ५८ भन्दा बढी प्राकृतिक तालतलैया तथा सिमसार क्षेत्रले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। तिनको संरक्षण तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा चारवटा नयाँ पोखरी निर्माण गर्ने कार्यक्रम रहेको सूचना अधिकारी तिवारले जानकारी दिए। तीमध्ये एउटा पोखरी निर्माण सम्पन्न भएको छ भने बाँकी तीनवटा निर्माणको प्रक्रियामा रहेका छन्।

घाँसे मैदान र सिमसार क्षेत्र व्यवस्थित गर्ने कार्यनले वन्यजन्तुलाई आवश्यक आहार तथा पानीको उपलब्धता सहज बनाउनुका साथै उनीहरूको प्राकृतिक बासस्थान संरक्षणमा सहयोग पुग्ने निकुञ्जको अपेक्षा छ। विशेषगरी एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तुको संरक्षणलाई प्राथमिकतामा राखेर व्यवस्थित तथा संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार घाँसे मैदान व्यवस्थित गर्नका लागि यस वर्ष अघिल्ला वर्षको तुलनामा ठूलो कार्यक्रम आएको छ। करिब १६ सयदेखि १७ सय हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम अघि बढाउने योजना रहेको उनले बताए।

घाँसे मैदान व्यवस्थापनसँगै वन्यजन्तु अवलोकनका लागि मचान निर्माण गर्ने योजना रहेको वरिष्ठ संरक्षण अधिकृत पुनले जानकारी दिए। निकुञ्जको पूर्वी क्षेत्र, लामिताल र सुखिभार क्षेत्रमा मचान निर्माण गर्ने योजना छ। लामिताल र सुखिभार क्षेत्रमा मचान निर्माणको तयारी भइरहेको उनले बताए। ती मचान तीन तलासम्मका हुनेछन्।

माथिल्लो तलामा वन्यजन्तु अवलोकन गर्ने भ्यू प्वाइन्ट र तल्लो तलामा पर्यटकका लागि आराम गर्ने स्थान बनाउने योजना रहेको उनले बताए। एउटा मचान निर्माणमा करिब रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ। अहिले त्यसको विस्तृत लागत अनुमान तयार गर्ने काम भइरहेको छ।

मचानसँगै पोखरी तथा वाटर होल व्यवस्थापन गर्दा वन्यजन्तुको अवलोकन सम्भावना बढ्ने र पर्यटकलाई निश्चित स्थानमा बसेर वन्यजन्तु हेर्न सहज हुने उनको भनाइ छ। वन्यजन्तुलाई अनावश्यक रूपमा बाधा नपुग्ने गरी पर्यटकको गतिविधि व्यवस्थित गर्ने उद्देश्यले यस्तो संरचना निर्माण गर्न लागिएको हो। निकुञ्जले घाँसे मैदान, तालतलैया तथा सिमसार क्षेत्रको व्यवस्थापनलाई निरन्तरता दिँदै वन्यजन्तुको बासस्थान संरक्षण र पर्यापर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउने लक्ष्य राखेको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२२ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस