अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, जीवन रक्षाका लागि चिकित्सक संघको अपिल
१९ कार्तिक २०८३
•
१ मिनेट पाठ
अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, जीवन रक्षाका लागि चिकित्सक संघको अपिल
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारमाथि माग सम्बोधन गर्न दबाब बढेको छ। नेपाल चिकित्सक संघले केसीको जीवन रक्षालाई प्राथमिकतामा राख्दै तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारसँग माग गरेको छ। 

संघले बिहीबार विज्ञप्ति जारी गर्दै आठ दिनदेखि २५औँ आमरण अनशनमा रहेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केसीको स्वास्थ्य जोखिममा पर्न सक्ने अवस्था रहेकाले सरकारले ढिलाइ नगरी वार्ताको वातावरण बनाउनुपर्ने संघको माग छ। 

डा केसीले उठाएका माग सम्बोधन गर्दै अनशन अन्त्य गराउने पहल गर्न पनि संघले सरकारलाई आग्रह गरेको छ। लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका विषय उठाउँदै आएका केसीको मागलाई बेवास्ता गर्न नहुने संघको धारणा छ। 

यसैबीच, केसीको माग र पछिल्लो स्वास्थ्य अवस्थाबारे थप छलफल गर्न चिकित्सक संघले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय प्रदर्शनीमार्गमा बैठक बोलाएको छ। 

बैठकमा संघका पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक, अस्पताल निर्देशक तथा आवासीय चिकित्सकहरू सहभागी हुनेछन्। छलफलबाट केसीको स्वास्थ्य उपचार, माग सम्बोधन र सरकारसँगको संवादलाई कसरी अघि बढाउने भन्ने विषयमा धारणा तय गरिने अपेक्षा गरिएको छ। 

इलामबाट आमरण अनशन सुरु गरेका डा। केसी हाल उपचारका लागि काठमाडौँमा छन्। उनको स्वास्थ्य अवस्था र अनशन लम्बिँदै गएको परिस्थितिले चिकित्सा क्षेत्रका सरोकारवालाको चिन्ता बढाएको छ। 

सरकारले केसीका मागबारे वार्ता र समाधानको पहल कसरी अघि बढाउँछ भन्ने विषय अब चासोको केन्द्र बनेको छ।  
अर्को समाचार
डा. केसीको अनशन : आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
०२ साउन २०७५
•
१ मिनेट पाठ
डा. केसीको अनशन : आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
काठमाडौं– नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। 

सरकार चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि अनशनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो। संघले भोलि विहीबार देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै र दिउँसो १ बजे माइतीघर मण्डलामा डा. केसीको जीवन रक्षाका लागि प्रदर्शन गर्ने जनाएको छ। 

‘सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन’, संघले भनेको छ– ‘एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं।’

संघले बुधबार एक विज्ञप्ति जारी गरी डा केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै वार्ता टोलीको नाममा केसीलाई जबरजस्ती काठमाडौं ल्याउने खेलमा लागेको हो की भनी आशंका समेत गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस