सुनसरीबाट सुरु भएको प्रदर्शन मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिन थालेपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन तथा आवश्यक समन्वयका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कार्य विभाग हेर्ने दुई जना एआईजीलाई जनकपुर खटाइएको छ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाल प्रहरीका एआईजी हिमालय श्रेष्ठ र सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर जनकपुर पुगिसकेका छन्। उनीहरूले मधेस प्रदेशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सुरक्षा निकायबीच आवश्यक समन्वय गर्ने जिम्मेवारी पाएका छन्।
सप्तरीदेखि पर्सासम्मका जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ।
यसैबीच बारा र पर्सा जिल्लाको सुरक्षा समन्वयको जिम्मेवारी प्रहरी प्रधान कार्यालयले एसएसपी होबिन्द्र बोगटीलाई दिएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत थिए।
सुरक्षा निकायले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न र कानून–व्यवस्था कायम राख्न आवश्यक सबै सुरक्षा तयारी गरिएको जनाएको छ। मधेसका संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी थप बढाइएको छ।