उच्च अदालत चौदण्डीगढी नगरपालिका-७ का वडाध्यक्ष केशव अधिकारीको सेवा सुविधा नरोक्न नगरपालिका र मेयर कालुमान लामालाई अन्तरिम आदेश दिएको छ।
उच्चका न्यायाधीशद्वय ध्रुवराज चन्द र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासको नगर र मेयर लामालाई अन्तरिम आदेश दिँदै अधिकारीको सेवा सुविधा नरोक्न भनेको हो।
‘रिट निवेदक निलम्बन वा कैदमा नरहेको अवस्थामा सेवा सुविधा रोक्का गर्न सकिँदैन’ आदेशमा भनिएको छ, ‘त्यसैले नगर कार्यपालिकाको २०८२ साल वैशाख २१ को बैठकबाट गरिएको ‘सेवा सुविधा अर्को व्यवस्था नभएसम्मका लागि रोक्का गर्ने’भन्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउनु भनी अन्तरिम आदेश जारी गरिन्छ।’अदालतले यस्तो निर्णय गर्नुको आधार ‘कोशी प्रदेश, गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधा सम्बन्धी ऐन २०७५ को दफा ११ लाई मानेको छ।'
वडाध्यक्ष अधिकारीको सेवा सुविधा नगरपालिकाले गत वैशाख २१ गतेको कार्यपालिका बैठकबाट रोक्ने निर्णय गरेको थियो । नगर कार्यपालिकाको १२ औं बैठकले अधिकारीलाई ‘पदीय जिम्मेवारी बहन नगरेको, बैठकमा अनुपस्थित हुँदै आएको, कार्यवाहकको जिम्मेवारी मनोमानी तरिकाले दिएको’आदि आरोप लगाउँदै अर्को निर्णय नभएसम्मका लागि सेवा सुविधा रोक्ने निर्णय गरेको थियो।
सेवा सुविधा रोकिएपछि अधिकारी उच्च अदालत गएका थिए। अधिकारीले आफ्नो वडाभित्रको खोला तथा सार्वजनिक र व्यक्तिगत जमिबाट नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन र निकासी गरेको विरोध गर्दा मेयर लामासँग खटपट भएको बताएका छन्। त्यसैले मेयरले आफ्नो सेवा सुविधा रोकेको उनको आरोप छ।