सिरहाका किसानको आशा : कमला र खुट्टीखोला नहर
१५ साउन २०८२
•
५ मिनेट पाठ
सिरहाका किसानको आशा : कमला र खुट्टीखोला नहर
भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन्। रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ! उनी ढुक्क हुन सकिरहेका छैनन्। लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला कि भन्ने शङ्का उनको मनमा गडेर बसेको छ।  'नहरको पानीले खेत भरिन्छ भन्ने आशा छ, तर कहिलेकाहीँ नहर सुकेको देख्दा मन अमिलो सुक्छ,' उनी भन्छन्।




नहरले धोका पो दिन्छ कि भन्ने डर उनमा मात्रै होइन, पूरै गाउँका किसानमा छ। समयमा वर्षा नहुने, कहिले धेरै त कहिले थोरै पानी पर्ने पछिल्ला वर्षहरूका अनुभवले किसानलाई निश्चिन्त हुन दिएको छैन। श्यामलाल जस्ता किसानको जीवन खेतीकिसानीमै निर्भर छ। त्यसैले रोपाइँ ढिला भयो भने ‘सिजन चुक्ने’ डर, बाली राम्रो भएन भने वर्षभरिको आम्दानी गुम्ने पीर। यस्तो अवस्थामा सिँचाइ नहर नै यहाँका किसानको भरोसा बनेको छ—तर त्यो आधार पनि मजबुत छैन।

कमला नहरले जगाएको ‘आशा’

श्यामलालको गाउँ नजिकैबाट बगेको कमला सिँचाइ नहर धेरैको आशाको केन्द्र हो। नेपालका ठूला सिँचाइ आयोजनामध्ये एक कमलाले थुप्रै किसानको जीवनशैलीमा ठूलो परिवर्तन ल्याइरहेको छ। यसको ऐतिहासिक महत्त्व पनि उत्तिकै छ। विसं २०१७ साल कात्तिक २६ गते तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिंहले शिलान्यास गरेको यस आयोजनामार्फत विसं २०४० सालदेखि सिँचाइ सुविधा सुरु भएको हो।

कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार हालसम्म यस आयोजनाले पूर्वी खण्डअन्तर्गत सिरहातर्फ करिब १२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ। विशेष गरी कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर नगरपालिकाका साथै विष्णुपुर र औरही गाउँपालिकाका किसानहरूले यसबाट प्रत्यक्ष लाभ लिइरहेका छन्। यस्तै, पश्चिम खण्डअन्तर्गत धनुषातर्फ १२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।

कमला सिँचाइ आयोजनाले ठूलो क्षेत्रफलमा सेवा पुर्‍याए पनि हाल नदीमै पानीको सतह घटेका कारण नहरमा पर्याप्त प्रवाह हुन सकेको छैन। यस्तो अवस्थामा पनि किसानलाई राहत दिने उद्देश्यले कार्यालयले आलोपालो प्रणाली लागू गरेको जनाएको छ। 'नहरमा पानीको सतह कम भएकाले शाखागत रूपमा पालो मिलाएर सिँचाइ व्यवस्था मिलाइएको छ,' कार्यालय प्रमुख यादवले भने, 'धान रोपाइँलाई ध्यानमा राख्दै असार ९ गतेदेखि नहरमा पानी प्रवाह सुरु गरिएको थियो, तर कमला नदीमै पानीको बहाव कम भएकाले सिँचाइमा चुनौती देखिएको छ।'

उनका अनुसार आवश्यक मात्रामा पानी नआउँदा नहरका सबै शाखा प्रशाखामा एकैपटक सिँचाइ सम्भव नभएकाले विकल्पमा पालो प्रणाली लागू गरिएको हो। यसले सबै किसानको आवश्यकता एकैपटक पूरा गर्न नसकिए पनि सबै ठाउँमा पानी पुर्‍याउन सजिलो भएको छ। 'हामीले अनुगमन र व्यवस्थापनलाई सशक्त बनाएका छौँ। पानीको बहाव बढेपछि नियमित आपूर्ति सुनिश्चित गर्नेछौँ,' प्रमुख यादवले भने।  

खुट्टीखोला सिँचाइ नहरको सपना अधुरै

कमला नहरले राहत दिएको छ, तर सिरहाको पूर्वी भेगका किसानलाई लक्षित गरी बनाउने भनिएको लहान नगरपालिका–१० स्थित खुट्टीखोला सिँचाइ आयोजना अझै अधुरो छ। चार वर्षअघि झन्डै रु नौ करोड लागतमा निर्माणको मुख्य संरचना सम्पन्न भइसक्दा पनि खुट्टीखोलाको पानी अझै किसानको खेतसम्म आइपुगेको छैन।

'सिँचाइ आयोजनाको मुख्य संरचना ‘हेडवर्क्स’ तयार छ। नहर पनि बनेको देखिन्छ, तर नहरमा पानी सञ्चालन गरिएको छैन,' लहान–११ का किसान धर्मराज चौधरीले भने, 'हरेक वर्ष नहरमा पानी आउने आशामा खेत तयार गर्छौं, तर अन्ततः प्रकृतिमै भर पर्नुपर्छ।'

खुट्टीखोला सिँचाइ आयोजना सुरु हुँदा किसानमा निकै उत्साह थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आए जिल्लाको पूर्वी भागमा सयौँ हेक्टर खेत सिँचित हुने थिए, तर मुख्य नहर बने पनि शाखा नहर, नियन्त्रण गेट, पानी प्रवाहका लागि आवश्यक सानोतिनो संरचना अझै अधुरै छन्।

यस आयोजनामार्फत लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीलगायत चारवटा पालिकाको ९३५ बिघाभन्दा बढी खेतमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। ‘हेडवर्क्स’ बनेपछि उत्साहित बनेका किसान चार वर्षसम्म खेतमा पानी आउने सुनिश्चितता नभएपछि निराश छन्। नहर सञ्चालनको माग गर्दै किसानले सङ्घर्ष समिति गठन गर्नुपरेको थियो। त्यसको दबाबपछि नहर पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको छ। 

मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले स्थानीय सरकार किसानका आवश्यकताप्रति संवेदनशील नहुँदा सिँचाइ नहरको काम अगाडि नबढेको बताउँछन्। बर्सेनि पानीको अभावले धान रोप्न नसकिएको अवस्थामा नहर सञ्चालन हुनु जीवनरक्षासँग जोडिएको विषय भएकाले त्यसलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ। चौधरीले भने, 'बर्सेनि पानीको अभावमा बाली सुक्छ। यस्तो अवस्थामा सिँचाइ पूर्वाधारको उपेक्षा गर्नु जनताको जीवनमाथिको खेलबहाड हो। नहर राजनीतिक विषय होइन, यो जीवन र खाद्य सुरक्षासँग जोडिएको विषय हो, त्यसैले तत्काल बाँकी काम हुनुपर्छ।'

दुवै सिँचाइ आयोजनाको एकै दिन अनुगमन

कमला र खुट्टीखोला नहरको बुधबार एकै दिन स्थलगत अनुगमन गरिएको छ। कमला सिँचाइको पूर्वी नहर प्रणालीअन्तर्गत कर्जन्हाको पुछार गाउँका किसानले पानी नपाएको गुनासोपछि जनप्रतिनिधि, सिँचाइ कार्यालयका अधिकारी र किसानहरूको टोलीले अनुगमन गरेको हो। अनुगमनपछि सातामा तीन दिन पानी छोड्ने सहमति भएको कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्र पोखरेलले जानकारी दिए। 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन गरिएको प्रशाखाले हाल डेढ सय बिघामा सिँचाइ गरिरहेको भए पनि किसानले त्यसलाई एक हजार बिघामा विस्तार गर्न माग गरेका छन्।

यता, लहान नगरपालिका–१० स्थित खुट्टीखोला नहरमा पनि ड्यामस्थलको अनुगमन गरिएको छ। आयोजनाको ‘हेडवर्क्स’ निर्माण भइसके पनि बजेट, समन्वय र विवादका कारण नहर सञ्चालन हुन सकेको छैन।

खडेरीका कारण रोपाइँ प्रभावित भएपछि नहर सुधार र सफाइका लागि मधेस प्रदेश सरकारले छुट्याएको रु १५ लाख बजेटमार्फत सञ्चालनको तयारी गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाले जनाएको छ। अनुगमन टोलीमा प्रदेशसभा सदस्य चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो, सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलका साथै सुरक्षा निकायका उच्च अधिकारीलगायत सहभागी थिए।

अनुगमनका क्रममा स्थानीयले प्रदेश सरकारले न्यून बजेट छुट्याएको गुनासो गरेका थिए। अनुगमन टोलीले स्थलगत अवलोकनपछि नहर छिट्टै सञ्चालनमा ल्याउन सबै सरोकार भएका निकायबीच सहमति भएको जानकारी गराएको थियो।
अर्को समाचार
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
२० मिनेट अघि
•
१ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत फोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।




फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।

गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।

नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।

इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्‍याउने देखिएको कार्यालयले जनाएको छ।

उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थित झोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।

उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।

डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।

पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारको बेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।

त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।

तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस