प्रतिनिधिसभा निर्वाचन : ताप्लेजुङमा मतदान स्थल तथा केन्द्र पुनरावलोकनसहित सिफारिस माग
०९ कार्तिक २०८२
•
३ मिनेट पाठ
प्रतिनिधिसभा निर्वाचन : ताप्लेजुङमा मतदान स्थल तथा केन्द्र पुनरावलोकनसहित सिफारिस माग
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले वडामा रहने मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनसहितको सिफारिसका लागि जिल्लाका सबै वडाहरूमा लिखित पत्राचार गरेको छ।




जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालका अनुसार यहाँका ६१ वटै वडाहरूलाई लिखित पत्राचार गरी सिफारिस माग गरिएको हो। वडाध्यक्ष वा वडाध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी पाएको व्यक्तिको संयोजकत्वमा रहने सिफारिस समितिमा एक जना महिला वडा सदस्य, वडाभित्र मतदान स्थल रहेका विद्यालय वा संस्थाको प्रमुख वा प्रतिनिधि सदस्य र सम्बन्धित वडाको वडासचिव सदस्य सचिव रहने व्यवस्था निर्वाचन आयोगद्वारा जारी मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ मा उल्लेख गरिएको छ।

आयोगले २०८१ साल चैत ५ गते यो कार्यविधि जारी गरेको हो। सोही कार्यविधिका आधारमा वडास्तरीय समितिले कामकाज गर्नुपर्ने छ। समितिले वडाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको अध्ययन अवलोकन गर्ने, मतदान स्थल तथा मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरूको पहिचान गर्ने, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गर्ने सम्बन्धमा दल, स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गर्ने जिम्मेवारी पाएको छ। यसबाहेक समितिले वडाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको नाम र विवरणमा रहेको त्रुटी सच्याउनुपर्ने भएमा वा वडाभित्र नयाँ मतदान स्थल थप गर्नुपर्ने भएमा वा साविकमा रहेका मतदानस्थल हटाउनुपर्ने वा गाभ्नुपर्ने भएमा वा एक मतदान स्थलमा रहेका मतदातालाई अर्को मतदान स्थलमा सार्नुपर्ने भएमा कारण खुलाई प्रमाण संलग्न गरी जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति समक्ष सिफारिस गर्न पाउने जिम्मेवारी रहेको छ।

वडा स्तरीय समितिबाट प्राप्त सिफारिस प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा प्राप्त भएपछि आवश्यक निर्णय लिने छ। समितिलाई मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गर्ने सम्बन्धमा दल, स्थानीय तथा अन्य सरोकारवालासँग समन्वय गर्ने, वडास्तरीय समितिबाट प्राप्त सिफारिसउपर छलफल तथा निर्णय गरी जिल्लाभित्र कायम गर्नुपर्ने मतदान स्थल तथा मतदान केन्द्र सम्बन्धी एकीकृत विवरण तयार गरी सिफारिससहित आयोगमा पठाउने मुख्य जिम्मेवारी रहेका छन्। समितिमा जिल्ला तहमा क्रियाशील राजनीतिक दल प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र जिल्ला निर्वाचन अधिकारी सदस्य रहने छन्।

समितिमा सम्बन्धित स्थानीय तहका प्रमुखलाई आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाउन सकिने व्यवस्था रहेको छ। निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार अहिले ताप्लेजुङमा ७५ मतदानस्थल र १२३ मतदान केन्द्र कायम रहेका छन्।  

१७० को नयाँ दर्ता, ५१ को सरुवा  

असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अन्तरगत अहिलेसम्म ताप्लेजुङमा १७० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन्। निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार ५१ जना मतदाताहरुको नामावली सरुवा भएको छ। उक्तमध्ये अधिकाँसले जिल्लान्तर सरुवा लगेका छन्। 

दुलालका अनुसार ५१ मध्ये ४७ जनाले ताप्लेजुङबाट अन्यत्र जिल्लामा मतदाता नामावली सरुवा लगेका छन् भने ४ जनाले जिल्लाभित्रकै एक स्थानबाट अर्को स्थानमा मतदाता नामावली सरुवा गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म नाम दर्ता गराएकाहरुको आधारमा हेर्दा २०८२ साल कात्तिक १६ गतेसम्ममा ताप्लेजुङमा मतदानका लागि योग्य मतदाताको संख्या ८९ हजार ४९० हुने छ। त्यसमध्ये प्रदेशसभा १(क)मा ४९ हजार ४९७ र प्रदेशसभा १(ख)मा ३९ हजार ९९३ रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस