पोखरा घुमघाममा व्यस्त हायु परिवार, तत्काल घर नफर्कने
१३ साउन २०८२
•
३ मिनेट पाठ
पोखरा घुमघाममा व्यस्त हायु परिवार, तत्काल घर नफर्कने
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भनिएका हायु परिवार अहिले पोखरामा छन्।




चार दिनसम्म सम्पर्कमा नआएका हायु परिवार पोखरा–३० गगनगौंडामा भेटिएका हुन्। व्यापक खोजीपछि सोमबार साँझ फेला परेका उनीहरुलाई पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहवरमा ज्वाइँ नाता पर्ने आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको थियो।

धनबहादुर हायु परिवारकी छोरी कमला हायुका पती हुन्। उनी तनहुँको शुक्ला गण्डकी नगरपालिका–२ का बासिन्दा हुन्।

सिन्धुलीबाट २० हजार रुपैयाँमा हायस गाडी रिजर्भ गरेर उनीहरु पोखरा आएका थिए। सुरुमा १६ जना भनिए पनि उनीहरु अहिले २२ जना भएको खुलेको छ।

शनिबार पोखरा आएका उनीहरु त्यो दिन पोखरा–६ लेकसाईडस्थित होटल जननीमा तीन वटा कोठा लिएर बसेका थिए। भोलिपल्ट चेकआउट गरेर निस्किएका उनीहरु पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा श्रम गर्न आएको भन्दै आश्रय लिन पुगेका थिए।

परिवारको जिम्मा लगाइएपनि उनीहरु घर फर्किन भने चाहँदैनन्। थातथलो चटक्क छाडेर हिँडेका उनीहरुका बारेमा अनेक अड्कलबाजीहरू गरिएको थियो। विभिन्न तर्कनाहरु गरिएको थियो।

फेला परेपछि उनीहरुले बिरामी भइरहेपछि धामीको सल्लाहमा थातथलो छाडेको भन्दै हल्ला फैलाइएको थियो। हायु परिवारको भनाई उद्धृत गर्दै धामीले सो ठाउँमा नबस्न भनेकाले घर छाडेको हल्ला चलाइए पनि हायु परिवारले त्यसको खण्डन गरेका छन्।

मिडिया खासै बोल्न नचाहेका हायु परिवारका सदस्य मध्येका एक हिमाल हायुले संक्षिप्त रुपमा भने, ‘त्यहाँ बसेको ३० वर्ष भइसक्यो, जाबो भूतप्रेतको लागि ठाउँ छाड्ने कुरा आउँदैन।’ उनले भूतप्रेतले गर्दा घर छोड्यो भनेर हल्ला कसरी चल्यो भन्नेबारेमा अनभिज्ञता प्रकट गरे। भने, ‘खोइ कसरी चल्यो थाहा भएन भूतप्रेतले गर्दा ठाउँ छाड्यो भन्ने।’

बरु सुगम ठाउँ र रोजगारीको सिलसिलामा गाउँ छाडेका हुन्। परिवारका सदस्यहरू बारम्बार बिरामी भइरहने तर अस्पताल जान समस्या भएको, बालबच्चालाई पढ्नका लागि पनि समस्या रहेको हिमालले बताए।

‘रोजगारीको खोजी पनि एउटा हो,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यका लागि पनि अप्ठेरो भएकाले योजनाबद्ध ढंगले घर छाडेका हौं।’ उनले थपे, ‘घर एकान्तमा छ। त्यहाँबाट स्कुल टाढा छ, झण्डै तीन/चार घण्टा लाग्छ। त्यसले पनि असजिलो भयो।’

उनले विद्यालय जाने बाटो बने पनि गाडी नचल्दा सास्ती भोग्नु परेको बताए। उनले अगाडि थपे, ‘बाटो बनिहाल्यो भने पनि बस चल्नु पर्‍यो नि !’

हायु परिवार पोखरामै बस्न चाहन्छ। तर कहाँ बस्ने र के गर्ने भन्ने टुंगो लागिसकेको छैन। ‘कामको खोजी गर्दै यहाँ आइपुगेका हौं, हिमालले भने, ‘अब घर नफर्किने, यतै बस्छौं। अब फर्किदैनौं।’

के काम गर्ने ? भनेर सोध्दा उनले भने, ‘काम खोजेर गर्छौं। हेरौं, घुमौं, काम खोजौं बल्ल थाहा हुन्छ।’

काम खोज्दा बालबच्चाले पढ्न सक्ने ठाउँको खोजी हुने उनको भनाई छ। नजिकै स्कुल भएको ठाउँ हेरेर बस्ने उनले बताए।

यसैबीच, हायु परिवारले मंगलबार बिहान फेवाताल घुमफिर गर्नुका साथै फेवातालको बिच भागमा रहेको ताल वाराही मन्दिरको दर्शन गरे। सो क्रममा हालसालै विवाह गरेका छोरी अस्मिता हायु र ज्वाइँ सुजन हायुको टिकाटालो गरिदिएका छन्।

उनीहरुले केही समय अघिमात्र भागेर विवाह गरेकाले टिकाटालो गरिदिएको आमा उर्मिला हायुले बताइन्। मन्दिर दर्शन र डुङ्गा सयरपछि हायु परिवारकी अभिभावक (आमा) उर्मिलाले पोखरा मन परेको प्रतिक्रिया दिइन्। भनिन्, ‘पोखरा र फेवाताल राम्रो लाग्यो।’

ताल वाराही मन्दिरको दर्शन पश्चात् उनीहरु ग.१ ख.४५६८ नम्बरको लोकल बस चढेर गगनगौंडा फर्किएका थिए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस