रसुवा धुन्चेका ३० वर्षीय रामजी विश्वकर्मा भदौ १० गतेको बिहान सम्झनै चाहन्नन्। त्यो दिन सम्झ्यो कि आफूले मृत्यु भोगेको दिनजस्तै लाग्छ। उनी यतिखेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। उनी भदौ १० गते बिहान २१६ मेगावाटको अपर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र नियमित काम गर्दै थिए। त्यहाँ आवश्यक सामान आइचर गाडीबाट ओसार्नु उनको नियमित काम थियो।
विश्वकर्मा त्यो दिन सुरुङभित्रै थिए। एक्कासि साथीहरूले ‘बाढी आयो’ भन्दै हल्ला गरे। उनी गाडीभित्र सुरक्षित बस्ने सोचले गाडी स्टार्ट गर्न भित्र पस्न खोज्दै थिए। भित्र पस्न नपाउँदै बाढी आयो। सिसा फुटेर लेदो पस्ने सोचेर गाडीमाथि दुई तला खट बनाइएको थियो। त्यही खटमा उनी बसे तर बाढीले उनी चढेको गाडी नै बगायो। गाडी बग्दा ढल्किएर उनलाई पनि बगायो। उनले सुरुङभित्र देखिएका ड्रम तथा अन्य सामान जेजे भेटे, सबै समात्दै गए तर बाढीले उनलाई बगाइरह्यो। यसरी उनी करिब एक किलोमिटर बगे। त्यतिबेला उनको बग्ने क्रम रोकियो। रोक्नुको कारण रहेछ, सुरुङको आकार नाप्ने फलामको भारी फर्मा। फर्मामा रोकिँदा उनको आधा शरीर लेदोभित्र थियो। शरीरको पछिल्लो भागभरि घाउ नै घाउ थिए। हातमा फलामको सुइरो पसेर गहिरो घाउ बनेको थियो।
विश्वकर्मा रोकिएको ठाउँबाट बाहिर निस्कन खोज्दै थिए। सुरुङभित्र बाँचेकाहरू ‘बचाओ’ भन्दै कराउन थाले। तीमध्ये कतिपयसँग मोबाइल थियो। उनीहरूले मोबाइल निकालेर बाले। भित्र आँखैअगाडि एउटा शव देखे। अलि पर सेफ्टी बेल्टमा झुन्डिएकै अवस्थामा अर्को शव थियो। बाँचेकाहरू आपसमा ‘बचाओ’ भन्दै अँध्यारो सुरुङभित्र कराउन थाले। आपसमा १० जना जम्मा भए।
सुरुङभित्रकै पानी पिए। बाँचेकाहरू लाइटर र मोबाइल बालेर अडिटतर्फको प्वालबाट बाहिर निस्के। शरीरभरि हिलो र लुगाको नाममा भित्री वस्त्र मात्र बाँकी थियो। ‘अब बाँचिन्न भनेर बाहिर निस्कने सल्लाह गर्यौं,’ उनले भने।
यी सबै कठिनाइ पार गर्दै उनीसहित १० जना सुरुङबाहिर निस्के। आकाशमा हेलिकोप्टर उडिरहेका थिए। उद्धारका लागि हात हल्लाए र रातो रुमाल पनि देखाए तर कसैले देखेनन्। त्यसपछि उनीहरू हाइड्रोपावरभन्दा माथि डाँडामा पुगे। सोही दिन हेलिकोप्टरले उद्धार गरेर त्रिशूली पु¥यायो। लगत्तै त्रिशूली अस्पताल पुर्याइएका उनीहरूलाई भोलिपल्ट पुनः हेलिकोप्टरबाट काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याइयो।
आफन्तलाई रसुवाको मैलुङबाटै खबर गरिएको थियो। ट्रमा सेन्टरमा आफन्त पनि आए। बाढीमा हातको पाखुराभित्र गडेको मोटो सुइरोका कारण मासुभित्र माटो पसेको र बाढीले कानभित्र पानी पसेको तथा ढाडको छाला उप्किएको हुँदा उनको उपचार भइरहेको छ। ‘हातभित्र माटो पसेको रहेछ, अप्रेसन गरेर निकाल्नुभयो,’ उनले भने।
आफू बाँच्न सफल भए पनि रसुवाकै टिमुरेमा भन्सारबाट सामान बोक्ने डिब्बा गाडी चलाउने दाइ अहिलेसम्म फेला परेका छैनन्। बुवा सानैमा गुमाएका विश्वकर्माका दाइ पनि बेपत्ता भएपछि उनी एकल आमाका एक मात्र सन्तान बनेका छन्। श्रीमती विदेशमा रहेको उनले बताए।
विश्वकर्मा वर्षाको समयमा हाइड्रोपावरको मुख्य ढोका बन्द गरेको भए सबै जना बच्ने बताउँछन्। ‘मैले काम गर्ने सुरुङभित्र कम्तीमा एक सय जना थिए। ढोका बन्द भएको भए सबै बच्थे,’ उनले भने।
उनले यो सुरुङमा चालकको काम गर्न थालेको एक वर्ष भएको थियो। घटनाको नौ दिन बितिसक्दा पनि विश्वकर्मालाई घटना स्मरणमा आइरहन्छ। मन भुलाउन आफन्तले मोबाइल दिएका छन्। मोबाइल खोल्यो कि त्यही बाढीको घटना सम्झनामा आइदिन्छ। मन फेरि त्यतै पुग्छ। ‘बाँचिन्छ भन्ने लागेकै थिएन। अब सकेसम्म खोला छेउमा काम गर्न मन छैन,’ उनले भने।
‘केही कुरा खस्यो कि बाढी आएजस्तो लाग्छ’
भदौ १० कै बाढीबाट त्रिशूलीका ७० वर्षीय भक्तबहादुर नेपाली पनि बच्न सफल भए। उनी पनि ट्रमा सेन्टरमै उपचाररत छन्। भदौ १० गते त्रिशूली बजारमा बाढी आउँदै गरेकोबारे कतिपयले पहिल्यै सूचना पाएका थिए तर भित्रतिर उनीसम्म सूचना आएको थिएन।
‘मोबाइलमा म्यासेज दिइएको रहेछ, हामीलाई पत्तै भएन,’ भक्तबहादुरकी पत्नी चरी नेपालीले भनिन्। उनीहरू घरमा बसिरहेका थिए। बाढी आएको हल्ला आयो। बाढी घरनजिकै आइसकेको थियो तर घरमा अपांगता भएका पति र छिमेकीका दुई बच्चा थिए। चरीले उनीहरूलाई बाहिर निकालिन्। आफू पनि हाम फालिन्। फर्केर हेर्दा बाढी घरसम्मै आइसकेको थियो। फेरि पति र ती बच्चालाई झन् माथि कान्लामा लगिन्।
फर्केर हेर्दा घर सबै बाढीले छोपिसकेको थियो। त्यसपछि पुनः पतिलाई बोकेर अझ माथि लगिन्। भक्तबहादुर बेहोस भएका थिए। बाढी आएको थाहा पाएपछि काठमाडौंमा रहेका छोराले त्रिशूली अस्पतालमा रहेको थाहा पाए। त्यसपछि वडाध्यक्षलाई फोन गरी हेलिकोप्टरबाट नुवाकोटस्थित सेनाको क्याम्पमा लगियो। त्यहाँबाट छोराले गाडीमा राखेर ट्रमा सेन्टर ल्याएका हुन्।
उपचारमा रहेका भक्तबहादुरको देब्रे हातको कुम फुत्किएको रिपोर्ट आएको छ। बाढीको कुरा सम्झ्यो कि भक्तबहादुर दम्पतीका आँखा रसाउँछन्, मन त्रसित हुन्छ। ‘केही कुरा ढक्क खस्यो कि बाढी आएजस्तो हुन्छ,’ चरीले भनिन्। घरपसल सबै बगाएर बगर बनेको त्रिशूली बजारमा भक्तबहादुर दम्पतीलाई अब कहिल्यै फर्किन मन छैन। ‘बस्ती बगर बनेको छ, अब कसरी फर्केर जानु ?’ चरीले भनिन्।
‘घरबजार नभएकाले अब फर्केर त्यहाँ जानु छैन’
सेन्टरमै उपचाररत अर्घाखाँचीका ६० वर्षीय इन्द्रमणि गैरे यतिखेर भाँचिएको खुट्टा हेरेर टोलाइरहेका थिए। स्थायी घर अर्घाखाँची भए पनि जागिरका क्रममा उनले रसुवाको बेत्रावतीमा लामो समय बिताएर सानो घर पनि जोडेका थिए। सुरुमा शिक्षक रहेका उनी पछिल्लो समय अडिटर बनेर काम गर्दै आएका थिए।
भदौ १० गते घरमै बसेर अडिटको काम गरिरहेको बेला एक्कासि बाढी आयो। करिब दुई सय मिटर जति बगाएपछि उनी घिस्रिँदै नदीकिनारमा पुगे। शरीरमा लुगा थिएन, शरीरभरि हिलो थियो। एक विद्यार्थीले देखेपछि उनलाई सेनाले उद्धार गरे। त्यतिबेला नदीले उनको खुट्टा भाँचिसकेको थियो। दुई दिन त्रिशूली अस्पतालमा सामान्य उपचार गरेपछि १२ गते मात्र उनलाई ट्रमा सेन्टरमा ल्याइयो। बाढीले फोन बगाएकाले सुरुमा त्रिशूली र ट्रमा सेन्टरमा पनि कोही कुरुवा थिएनन्। उनले लचार दिन एक्लै बिताए। परिवारले जानकारी पाएपछि चार दिनपछि मात्र काठमाडौं आएर भेटे। ‘त्यो घटना सम्झ्यो कि झसंग हुन्छु,’ उनले भने, ‘घर पनि छैन, बजार पनि छैन, अब फर्केर जानु पनि छैन।’
‘आफैं पाखा लागेर माथि जंगलमा पुगें’
वार्डमै उपचाररत रसुवा बेत्रावतीका ५९ वर्षीय शम्भुलाल श्रेष्ठ पनि भदौ १० को बाढीमा बगेर बाँच्न सफल भएका हुन्। त्यो दिन श्रेष्ठ परिवार घरकै सानो पसलमा थिए। एक्कासि बाढी आयो। पत्तै नपाई सबैलाई बगायो। बगेकामध्ये शम्भुलाल श्रेष्ठ बच्न सफल भए। उनीसँगै बगेका श्रीमती र छोरी भने अझै बेपत्ता छन्। श्रेष्ठ भने बाढीमै पौडिएर बाँच्न सफल भएका हुन्। करिब दुई किलोमिटर बगेपछि पौडी खेलेर किनारमा पुगेको श्रेष्ठ बताउँछन्। ‘मलाई कसैले झिकेको होइन, आफैं पाखा लागेर माथि जंगलमा पुगेको हुँ,’ उनले भने।
माथि पुग्दा शरीरमा भित्री वस्त्रबाहेक केही थिएन। गाउँलेले नजिकको मेडिकल हुँदै उनलाई त्रिशूली अस्पताल पुर्याए। बाढीमा बगेका कारण उनको छातीमा रगत जमेको र हातको छाला उप्किएको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बेत्रावती बजारमै जीवनको धेरै अध्याय बिताएका श्रेष्ठ बाढीपछि बेत्रावतीलाई चटक्कै बिर्सने मोडमा पुगेका छन्। उनी भन्छन्, ‘अब के छ र जानु? यतै छोरीसँग बस्नुपर्ला।’
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
महानगरको सुशासनदेखि विकास निर्माणसम्मका धेरैजसो वाचा अधुरै रहेका हुन्। नगरप्रमुख कोइराला आफूले चुनावमा नगरवासीसँग गरेको संकल्प चुनाव जितेपछि व्यवहारमा लागु गर्न सफल नभएको पाइएको छ।
विराटनगरका नगरप्रमुख र उपप्रमुखले निर्वाचित हुनेबित्तिकै महानगरको यातायातलगायत कुनै पनि सेवासुविधा नलिने भन्दै गरेको घोषणा एक वर्ष पनि पुग्न नपाउँदै तुहिएको थियो। केही महिना महानगरपालिकाको गाडीको सुविधा नलिई आफ्नै गाडी प्रयोग गरेका प्रमुख र उपप्रमुखले पुनः महानगरपालिकाकै सवारीसाधन प्रयोग गरेका थिए। महानगरको गाडी सुविधा नलिने घोषणा सार्थक नभएजस्तै चुनावका बेला महानगरवासीसँग गरेका ६६ बुँदे संकल्पपत्रका अधिकांश बुँदाले सार्थकता पाउन सकेनन्। विराटनगरमा सुशासन कायम गर्ने, विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउनेलगायत संकल्पहरू व्यवहारतः कार्यान्वयनमा नआउँदै कार्यकाल अन्तिम चरणमा पुगिसकेको छ।
संकल्पपत्रको पहिलो बुँदा नै महानगरमा कार्यान्वयनमा आउन नसकेको पाइएको छ। उक्त बुँदामा उल्लेख थियो, ‘भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्र बनाउने। सूचनाको हक प्रत्याभूत गर्दै पारदर्शी एवम् जवाफदेही महानगरपालिका निर्माण गर्ने।’
यस्तै दोस्रो बुँदामा महानगरले गर्ने विकास निर्माणका कामलाई प्राथमिकता दिन र व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गर्ने भनिएको थियो। तेस्रो बुँदामा उल्लेख ‘महानगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण गर्ने’ र ‘महानगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा गर्ने’ विषय पनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ। चौथो बुँदामा रहेको ‘महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सेवा र सुविधा सामाजिक कार्यमा प्रदान गर्ने’ विषयत पूर्ण रूपमै कार्यान्वयनमा आउन नसकेको देखिन्छ।
महानगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको विज्ञ समूह गठन गर्ने, विराट राजाको दरबार रहेको विराटनगरको भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रका रूपमा विकास गर्ने संकल्प संकल्पपत्रमै सीमित देखिएको छ।
सामुदायिक विद्यालयमा समयानुकूल शैक्षिक गुणस्तर सुधार गर्न नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) तथा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) निर्माण गर्ने, अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पुर्याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने, सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड बैंक स्थापना गर्ने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने, विराटनगर महानगरपालिका क्षेत्रमा भूमिगत पार्किङसहितको दुई हजार पाँच सय क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने विषयमा हालसम्म खासै प्रगति हुन सकेको छैन।
चुनाव जितेपछि सभागृह निर्माणको विषयलाई प्रमुख कोइरालाले औपचारिक कार्यक्रममा समेत उच्चारण गरेका छैनन्। विराटनगर–१९ मा सभागृह निर्माण गर्न डिपीआरसमेत बनाई भौतिक निर्माणको चरणमा पुगेको उक्त सभागृहका लागि अधिग्रहण गर्ने तयारी गरिएको जग्गामा महानगरपालिकाले काम अघि बढाउने संकेत नदेखाएपछि स्थानीयले आ–आफ्नो जग्गामा पुनः खेतीपाती गरिरहेका छन्।
विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्र्रहालयको निर्माण गर्ने, रानीदेखि विराटनगर–१९ स्थित रंगशालासम्म सटल बस सञ्चालन गर्ने, बिजुली, टेलिफोन, इन्टरनेटलगायत तारका सञ्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गर्ने विषयमा पनि महानगरले कुनै प्रगति गरेको देखिएको छैन।
बिग्रन थालेका सडक, पेटी, ढल तथा अन्य संरचनालाई द्रुत गतिमा प्रारम्भिक चरणमै मर्मत गर्ने, ट्राफिकसम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी) सहितको आकासे पुल निर्माण गर्ने काम पनि साढे चार वर्षको अवधिमा अघि बढ्न सकेका छैनन्। महानगरको सौन्दर्यीकरण अभियानअन्तर्गत सडक, बाल उद्यान, मनोरञ्जन केन्द्र निर्माण, संरक्षण र सरसफाइका काम अघि बढाउने विषयमा भने आंशिक रूपमा कामहरू भएका छन्।
सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने, पिछडिएका समुदाय तथा सुकुम्बासीको पहिचान गरी लालपुर्जासहितको एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्ने कार्यलाई गति दिने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। मनोरञ्जन तथा पारिवारिक वातावरणयुक्त पार्कहरू निर्माण गर्ने, केसलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने, प्रदेश राजधानीका लागि आवश्यक स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग समन्वय गर्ने विषयमा पनि काम अघि बढ्न नसकेको देखिएको छ। प्रतिमहिना ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउनेलगायत थुप्रै लोकप्रिय कार्यक्रम संकल्पपत्रमै सीमित भएको छ।
समग्रमा हेर्दा महानगरपालिकाले नियमित गर्ने कामबाहेक उल्लेख्य रूपमा उदाहरणीय काम पछिल्लो कार्यकालमा हुन नसके पनि केही क्षेत्रमा भने विगतको तुलानामा राम्रो काम भएको छ। पछिल्लो कार्यकालमा विराटनगरको फोहोर व्यवस्थापन, सरसफाइ, सडक बत्तीको व्यवस्थापन, ट्राफिक लाइटको व्यवस्थापन, नाला सरसफाइलगायत काममा भने महानगरपालिकाले राम्रो गरेको देखिन्छ। यो कार्यकालमा विकास निर्माणतर्फ एउटा मात्रै ठुलो आयोजना कार्यान्वयन भएको पाइएको छ। विराटनगरमा स्वच्छ खानेपानी पुर्याउने उद्देश्यले जापान सरकारको सहयोगमा सञ्चालित खानेपानी परियोजना भने सम्पन्न भएको छ।
करिब अढाइ अर्बको यो आयोजनाले विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्दै मुख्य सहरी क्षेत्रको ५९ किलोमिटर क्षेत्रमा पाइपलाइनसमेत विस्तार भएको छ। तर यो आयोजना पूर्ण रूपमा सफल बनाउन सहायक सडकको करिब एक सय किलोमिटर क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्न आवश्यक रहेको नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयले जनाएको छ।
यता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संकल्पपत्रका धेरै काम पूरा हुन नसके पनि आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दाबी गरेका छन्। कोइरालाले संकल्पपत्रमार्फत चुनावामा गरेको वाचाअनुसार विराटनगर महानगरपालिका १५ स्थित नगर अस्पतालमा डाक्टर नियुक्ति, ल्याबलगायत पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए।
यस्तै शिक्षा क्षेत्रमा पनि आफ्नो कार्यकालमा उल्लेख्य सुधार भएको प्रमुख कोइरालाले बताए। विगतमा तीन वटा मात्रै विद्यालयमा विद्यार्थीको आकर्षण रहेकोमा अहिले १५–२० वटा विद्यालयमा गुणस्तर सुधार गरिएको कोइरालाको दाबी छ। तर विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्न विभिन्न कानुनी अड्चनहरूले सम्भव नभएको कोइरालाले बताए। सार्वजनिक शौचालयको व्यवस्था गर्न सहरी क्षेत्रमा जग्गा अभावका कारण नसिकिएको कोइरालाले बताए।
उनले सार्वजनिाक शौचालय महानगरपालिकाले निर्माण गर्न नसके पनि त्यसको विकल्पमा विराटनगरका पेट्रोल पम्पहरूमा शौचालय निर्माण गर्न लगाई सर्वसाधारणका लागि पनि प्रयोग खुला गरिएको बताए। विराटनगरमा नगरबस सञ्चालनका लागि प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने महानगरपालिकाको योजना भए पनि सटल बस सञ्चालनका लागि निजी क्षेत्र इच्छुक नदेखिँदा योजना सफल नभएको स्पष्ट पारे।
प्रदेशको स्थायी संरचनाका लागि जग्गा उपलब्ध गराउने विषय पनि एक महिनाभित्रै टुंगिने चरणमा रहेको कोइरालाले दाबी गरे। ‘प्रदेशको स्थायी संरचनाका लागि १० बिघा जग्गा आवश्यक रहेकोमा आठ बिघा प्राप्त भइसकेको र थप दुई बिघा पनि प्राप्त हुने क्रममा छ,’ कोइरालाले भने।
कोइरालाले बजेट अभाव र विभिन्न अवरोधका बिचमा पनि आफ्नो कार्यकालमा विकास निर्माण, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायत धेरै क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। कोइराला आफूले गरेका वाचा पूरा गर्न पाँच वर्षको कार्यकाल कम रहेको बताए। अझै एक कार्यकाल महानगरको जिम्मेवारी पाए आफूले परिकल्पना गरेका कामहरूले पूर्णता पाउने उनको भनाइ छ।
सुधारको प्रयास, न्यून उपलब्धि विराटनगर महानगरपालिकाले स्थानीय कानुन निर्माण, विकास निर्माण र प्रशासनिक सुधारमा केही प्रगति गरे पनि वित्तीय अनुशासन, कर्मचारी व्यवस्थापन र बजेट कार्यान्वयनमा अपेक्षित सुधार गर्न सकेको छैन। नगर प्रमुख नागेश कोइरालाको कार्यकालमा बेरुजु घटाउने, प्रशासनिक खर्च नियन्त्रण गर्ने र विकास योजनालाई व्यवस्थित बनाउने प्रयास भए पनि अपेक्षित सुधार भने हुन नसकेको देखिएको छ।
महानगरको वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म महानगरको अद्यावधिक बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो।
त्यसपछि निरन्तर सम्परीक्षण हुँदा बेरुजु घट्दै आर्थिक वर्ष २०७८/७९ मा ६७ करोड एक लाख, २०७९/८० मा ५० करोड ३८ लाख ३८ हजार र २०८०/८१ मा ३९ करोड ५२ लाखमा झरेको थियो। यद्यपि आर्थिक वर्ष २०८१/८२ मा नयाँ बेरुजु आठ करोड दुई लाख थपिँदा कुल अद्यावधिक बेरुजु पुनः ३७ करोड ६८ लाख ८४ हजार रुपैयाँ पुगेको छ।
महानगरको प्रशासनिक खर्चमा पनि उल्लेख्य रकम विनियोजन हुँदै आएको छ। विविध खर्च, इन्धन, सवारी मर्मत, बैठक भत्ता, पत्रपत्रिका, भ्रमण र मसलन्द गरी सात वटा चालु शीर्षकको कुल खर्च आर्थिक वर्ष २०७९/८० मा ६ करोड ५ लाख १४ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ४७ लाख ४९ हजार र २०८१/८२ मा चार करोड १४ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा बैठक भत्ता एक करोड पाँच लाखबाट घटाएर ३४ लाख ५० हजार रुपैयाँमा सीमित गरिएको छ। स्थानीय कानुन निर्माणलाई भने महानगरले तीव्रता दिएको छ।
आर्थिक वर्ष २०८१/८२ सम्म महानगरले पाँच वटा ऐन, ७५ वटा नियमावली र १९८ वटा कार्यविधि निर्माण गरेको छ। नगर विकास कोषबाट बस टर्मिनल, फोहोरमैला प्रशोधन केन्द्र र वीरेन्द्र सभागृहका लागि लिएको ऋणको साँवा–ब्याज नियमित भुक्तानी गरी बाँकी ऋण ३४ करोड १४ लाखबाट घटाएर ३२ करोड ६ लाखमा झारिएको विवरणमा उल्लेख छ।
नगर प्रमुख कोइरालाले पुरानो बेरुजु घटाउने, बजेटको आकार सानो बनाउने र प्रशासनिक शीर्षकमा खर्च कम गर्ने प्रयास गरे पनि महानगरको मूल आर्थिक संरचनामा परिवर्तन आउन सकेको देखिँदैन। आन्तरिक राजस्व ६० देखि ६१ करोड रुपैयाँकै वरिपरि अड्किनु, करार कर्मचारी र भत्ताको भार बढ्दै जानु तथा पुँजीगत खर्च घटेर कुल खर्चको एक तिहाइमा सीमित हुनु महानगरको वित्तीय व्यवस्थापनका प्रमुख चुनौती हुन्। महानगरको कर्मचारी व्यवस्थापन पनि खर्च बढ्नुको अर्को कारण बनेको छ।
श्वेतपत्रको पहिलो बुँदामा ६०९ कर्मचारी (३३१ करार र आठ अस्थायी) को जम्बो संरचनाले आर्थिक बोझ बढाएको उल्लेख थियो। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महानगरमा कार्यरत कुल कर्मचारी संख्या घटेर ५४३ (२३८ स्थायी, ५ अस्थायी र ३०० करार) मा झरेको छ। तर कर्मचारी संख्या घटे पनि करार र दैनिक हाजिरीको खर्च भने बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा करारतर्फ १० करोड ४३ लाख र दैनिक हाजिरीमा ६८ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा करार सेवा शुल्कमा १४ करोड ४४ लाख १३ हजार र दैनिक हाजिरीमा एक करोड ३५ लाख ११ हजार गरी करिब १५ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।
त्यस्तै कोसी प्रदेशको कानुनविपरीत प्रतिस्पर्धाबिनै दैनिक हाजिरीका २४ जनालाई सोझै करारमा नियुक्त गरिएको, जिल्ला प्रशासन कार्यालय मोरङका ६ कर्मचारीलाई महानगरको कोषबाट २२ लाख ७५ हजार रुपैयाँ तलब खुवाइएको तथा विभिन्न शीर्षकमा प्रोत्साहन, अतिरिक्त समय र खाजा भत्ता वितरण गरिएको विवरणले कर्मचारी व्यवस्थापनमा प्रश्न उठाएको छ। महानगरले आवधिक योजना निर्माणमा पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।
विगतमा हचुवाका भरमा बजेट विनियोजन हुने र आवधिक योजना नबनाउने गरेको आलोचनापछि कोइरालाको कार्यकालमा आर्थिक वर्ष २०८०/८१ मा १९ लाख ६३ हजार रुपैयाँ खर्च गरेर आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको आवधिक योजना तयार पारिएको थियो। तर उक्त योजना पूर्ण कार्यान्वयनमा आउन सकेको छैन।
त्यस्तै बजेट रकमान्तर गर्ने प्रवृत्तिमा पनि सुधार देखिएको छैन। आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ३५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा २७ करोड ८३ लाख ६१ हजार रुपैयाँ रकमान्तर गरिएको छ। विराटनगर महानगरपालिकाले कानुन निर्माण, ऋण भुक्तानी र केही प्रशासनिक खर्च कटौतीमा सुधार गरे पनि आन्तरिक राजस्व वृद्धि, कर्मचारी खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, योजना कार्यान्वयन र पुँजीगत खर्च बढाउने विषयमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको देखिँदैन।
प्रमुख–उपप्रमुखबिच सुमधुर सम्बन्ध विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट नागेश कोइराला र नेकपा एमालेबाट शिल्पा निराला कार्की निर्वाचित भए पनि सम्बन्ध सुमधुर देखिएको छ। निर्वाचित भएदेखि हालसम्म प्रमुख–उपप्रमुखबिच कुनै दरार आएन। फरक पार्टीका प्रमुख–उपप्रमुख मात्रै होइन, एउटै पार्टीका प्रमुख–उपप्रमुख निर्वाचित भएका स्थानीय तहहरूमा प्रमुख–उपप्रमुखबिच समेत असमझदारी हुने गरेकोमा विराटनगर महानगरपालिकाको साढे चार वर्षे कालमा प्रमुख–उपप्रमुखबिचको सुमधुर सम्बन्ध उदाहरणीय नै देखिएको छ।
विगतमा नेपाली कांग्रेसबाटै प्रमुख र उपप्रमुख निर्वाचित हुँदा पनि बेलाबेला खटपट हुने गरेको थियो। यस्तै वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिहरूका बिचमा पनि यो कार्यकालमा खासै खटपट देखिएन। सबै पक्षबाट सहयोग पाउँदा पनि उल्लेख्य काम हुन नसक्दा भने नगरवासी निराश बनेका छन्।
विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री महानगरपालिकाका पदाधिकारीहरूले पाँच वर्षको अवधिमा गौरव गर्न लायक कुनै पनि काम गर्न नसकेको बताए। उनले चुनावमा आफैले गरेको संकल्पका अधिकांश बुँदा कार्यान्वयनमा ल्याउन नसक्नु विडम्बना भएको बताए। ‘केही पनि काम भएन भन्ने कुरा त होइन तर महानगरपालिकाको स्रोत र सामर्थले गर्न सक्ने जति काम पनि नभएकाले पाँच वर्षे कार्यकालको कामप्रति सन्तुष्ट हुने अवस्था छैन,’ क्षेत्रीले भने, ‘धाराको पानी ढुक्कसँगले पिउने बनाउने मुख्य वाचा गरेका नगरप्रमुखको कार्यकाल सकिनै लाग्दासम्म महानगरपालिकाका विद्यार्थीहरूले विद्यालय जाँदा घरबाटै खोनेपानीको बोतल बोकेर जानुपर्ने अवस्था अन्त्य नहुनुले के भनियो र के गरियो भन्ने स्पष्ट हुन्छ।’
रोजगारी सिर्जना र नगरवासीको आर्थिक अवस्था सुधारका विषयमा त कुनै पनि काम नभएको क्षेत्रीले बताए। महानगरपालिकाको विकासका लागि गुरुयोजना नबनाउनु महानगरपालिकाका जनप्रतिनिधिहरू चुक्नुको प्रमुख कारण भएको प्राध्यापक डा. भेषप्रसाद धमला बताउँछन्। उनका अनुसार आफूले पटकपटक गुरुयोजना बनाएर विकासका गतिविधिहरू सञ्चालन गर्न आग्रह गरेको भए पनि जनप्रतिनिधिहरूले ध्यान नदिएको गुनासो गरे। ‘के बनाउने, कसरी बनाउने, कस्तो बनाउने भन्ने नै स्पष्ट नभएपछि विकासका काम व्यवस्थित नभएको हो,’ धमलाले भने।
महानगरपालिकाको न्यून स्रोत सधान रहेको, साधारण खर्च धेरै रहेको र उपलब्ध स्रोतसाधनलाई पनि परिचालन गर्ने असमर्थ हुँदा नगरवासीको अपेक्षा र महानगरपालिकाको काम गराईबिच तालमेल नमिलेको उनी बताउँछन्। महानगरपालिकाका जनप्रतिनिधिले पछिल्लो कार्यकालमा आम्दानी बढाउने सम्भावना हुँदाहुँदै पनि आम्दानी बढाउन नसकेको र खर्च पनि घटाउन नसकेको धमला बताउँछन्।
महानगरपालिकाले गुरुयोजना बनाएर गुरुयोजनाअनुसार विकास निर्माण गर्ने, राजस्व संकलन बढाउने र साधारण खर्च घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको उनको सुझाव छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...