सिन्धुलीगढीको झल्को गढीडाँडामा
०५ साउन २०८२
•
७ मिनेट पाठ
सिन्धुलीगढीको झल्को गढीडाँडामा
जहाँ इतिहासको धड्कन सुनिन्छ, त्यही हो सिन्धुलीगढी । जसलाई वीरता, रणनीति, स्वाभिमान र नेपाली अस्तित्वको प्रतीकका रुपमा लिइने गरिन्छ । यही गढीको माटोमा पहिलोपटक अङ्ग्रेज साम्राज्य झुकेको थियो र यहीँबाट नेपाली गौरवको आवाज विश्वभर गुन्जिएको थियो ।




यो गौरवशाली ऐतिहासिक स्थलको कतिपयले नाम त सुने तर अनुभूति गर्न पाएका छैनन् । यही खाँचोलाई कम गर्न ऐतिहासिक पदमार्ग चियाबारी–सिन्धुलीगढीमा पर्ने अर्को एउटा डाँडाले नेपाली स्वाभिमान उच्च बनाएको स्थल सिन्धुलीगढीको झल्को दिइरहेको छ बदलेको आफ्नो परिचय, ‘गढीडाँडा’ को स्वरुपमा ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित बिपी राजमार्गअन्तर्गत रहेको ‘सेल्फीडाँडा’ भनेर चिनिने यस स्थान केवल तस्बिर खिच्ने, टिकटक बनाउने थलो मात्रै होइन, इतिहास बुझ्ने, महसुस गर्ने र नेपाली हुनुको गौरवता बोकेर फर्किने स्थलका रुपमा चिनिँदैछ । किनकि यहाँ इतिहास बोलेको छ वीरताको सालिकमा र नेपालको गौरवशाली विगतलाई झल्काउने भित्तेचित्रहरुमा । इतिहासको गाथा बोकेको सिन्धुलीगढीको झल्को अब गढीडाँडामा पनि देखिन्छ । बिपी राजमार्गको पेटी जहाँ यात्रुहरू आफैँ इतिहाससँग साक्षात्कार गर्न सक्छन् ।

गढीडाँडामाथिको बुट्टेदार पर्खालको फेदमा ऐतिहासिकस्थल सिन्धुलीगढी, गढी दरबार, गढी क्षेत्रमा गोर्खाली र अङ्ग्रेजबीचको ऐतिहासिक युद्धदेखि धार्मिक महत्व बोकेको भद्रकाली मन्दिरसम्मका दृश्यहरु भित्तामा उतारिएको छ । गढी युद्ध सालिकमा देख्न सकिन्छ । यो नेपाली सेनाको प्राविधिक सहयोग र कमलामाई नगरपालिका, सिन्धुलीको आठ लाख लगानीमा निर्माण गरिएको हो ।

यही स्थानबाट देखिने वरपरको घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्यहरुले जो कोहीलाई पनि मोहित बनाउँछ । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय बिपी राजमार्ग र दायाँबायाँको बस्तीले आकर्षणको केन्द्र बनेको छ, गढीडाँडा । गढीडाँडामा कोरिएका भित्तेचित्र र सालिकले सिन्धुलीगढीको झल्को झल्काउने अवलोकनकर्ता रवीन्द्र महर्जन बताए। उनले भने, “गोर्खाली सेनाको बहादुरी र गढी युद्धको भव्यता अब गढीडाँडामा पनि देखिन्छ ।”  

बिपी राजमार्ग हुँदै यात्रा गर्नेका लागि गढीडाँडा विश्रामको केन्द्र बन्दै गएको छ । यात्राको दौरानमा सवारी रोकेर धेरैले यहाँ, ‘सेल्फी’ खिच्ने, वातावरणीय सुन्दरतालाई तस्बिर र भिडियोमा कैद गर्ने, इतिहास झल्काउने भित्तेचित्र र सालिक नियाल्ने, हरियाली डाँडाकाँडा र टाढासम्म फैलिएको सिन्धुलीको दृश्यावलोकन गर्ने गर्दछन् । यहाँको रमणीय स्थानमा यात्रा मात्र हुँदैन, स्मृति सँगालिन्छ ।

यहाँ दृश्यावलोकन मात्रै होइन, जिल्लामा उत्पादित जुनार, सुन्तला, भुइँकटहर जस्ता फलफूलबाट बनाइएको जुस, चियाको चुस्की तथा खाजाको स्वाद लिन पनि सकिन्छ। तातो चिया घुट्क्याउँदै वा चिसो जुसको स्वाद लिँदै गढीडाँडाबाट फैलिएको हरियाली दृश्यावलोकन गर्दाको आनन्द बयान गरिसाध्य छैन ।

गढीडाँडाको विकास भएसँगै स्थानीय रोजगारी र व्यापार, व्यवसायमा सकारात्मक प्रभाव परेको छ । “पहिलाको भन्दा दोब्बर सवारीसाधन रोकिन्छन्, चिया, जुस र अन्य खाजा खाँदै गढीडाँडा र सिन्धुलीको ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलहरुका बारेमा सोध्छन् । पहिले यस्तो हुन्नथियो,” स्थानीय व्यवसायी सुनिता थापामगरले सुनाइन्।  

इतिहास अध्यता तथा कमलामाई नगरपालिका, सिन्धुलीका सूचना अधिकारी सागरकुमार ढकालका अनुसार सेल्फीडाँडा गढीडाँडामा रुपान्तरण भएसँगै यो स्थान बिपी राजमार्गमा अवस्थित एक ऐतिहासिक र पर्यटकीय आकर्षक गन्तव्यको केन्द्र बनेको छ । यहाँ अवलोकन गर्नेहरुले होचा–अग्ला डाँडापाखा र हरियालीले सजिएको सिन्धुलीको अवलोकन मात्रै गर्न पाउने छैनन्, हाम्रा अग्रजको योगदान, नेपाली वीरताको इतिहास, सिन्धुलीगढीको महत्वसँगै आफ्नो राष्ट्रका लागि आफूले निर्वाह गर्नुपर्ने भूमिका र कर्तव्यबोध पनि गर्नेछन् ।

सिन्धुलीगढी क्षेत्रको ऐतिहासिक महत्व उजागर गर्न नेपाली सेना निरन्तर क्रियाशील देखिन्छ । श्री नं ९ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी युवराज कार्कीका अनुसार नेपाली सेनाले विगतदेखि नै यस्ता ऐतिहासिक गढी, किल्ला तथा ऐतिहासिक क्षेत्रहरुको संरक्षण, पुनःनिर्माण र प्रचार–प्रसारमा अग्रसरता देखाउँदै आएको छ ।

विक्रम संवत्ं २०८१ को पुस १९ गते सिन्धुलीगढी पुर्न निर्माणको नेतृत्व लिएपछि हाल सेल्फीडाँडाको परिचय बनाउँदै गएको पुर्खाको नासोलाई गढीडाँडाका रुपमा रुपान्तरण गरिएको छ । गढीडाँडामा निर्माण गरिएका संरचना इतिहास र स्वाभिमानप्रति भावी पुस्तालाई आकर्षण जगाउने माध्यम बन्नेमा उनी विश्वस्त छन्। “सिन्धुलीगढी क्षेत्रको बृहत् प्रवद्र्धनका लागि यो कार्यले सघाउ पु¥याउने विश्वास लिइएको छु,” वाहिनीपति कार्कीले भने, “भविष्यमा दीर्घकालीन योजनासहित थप ऐतिहासिक वीरताको गाथा समेटिने संरचना निर्माण गर्नसके यसको सार्थकता अझ बढ्नेछ ।”

उनले आगामी दिनमा गढी क्षेत्रको थप संरक्षण, संवद्र्धन, व्यवस्थापन तथा दीर्घकालीन सोचसहित बहुवर्षीय योजनामार्फत अझ थप ऐतिहासिक वृत्तान्त झल्काउने संरचनाहरू निर्माण गर्न आवश्यक रहेको बताए। यस प्रकारका संरचनाले चेतना जगाउनाका साथै पर्यटकीय सम्भावनालाई समेत थप प्रोत्साहन दिने उहाँको बुझाइ छ । विशेषगरी बिपी राजमार्ग हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले गढी क्षेत्रको महत्व बुझ्ने र अवलोकन गर्ने अवसर पाउनेछन् । साथै, सिन्धुलीगढी सङ्ग्रहालयसम्म पुग्न नसक्ने व्यक्तिहरूलाई त्यस क्षेत्रको भौगोलिक, ऐतिहासिक पृष्ठभूमिको सङ्क्षिप्त जानकारी गढीडाँडाले दिइने उनले बताए।

ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको प्रवद्र्धन र पुस्तान्तरणमा योगदान पु¥याउने उद्देश्यले गढीडाँडामा सेनाले निर्माण गरेका ऐतिहासिक भित्तेचित्र र योद्धाहरुको सालिक गत शनिबार एक विशेष समारोहबीच कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कमलामाई नगरपालिका र नेपाली सेनाले इतिहासको संरक्षणमा पु¥याएको योगदानको प्रशंसा गरे।

“गढीडाँडाको संरक्षण र प्रचारमार्फत इतिहासको पुनरावलोकन गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने यो अभियान अत्यन्त सराहनीय छ,” उनले भने, “पुर्खाहरूको ख्यातिलाई जीवन्त राख्दै ऐतिहासिकता झल्किने संरचनाहरूको निर्माणले पर्यटन प्रवद्र्धन र देशको आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पार्नेछ ।” उहाँले यस्तो प्रयासले स्थानीयस्तरमा मात्र होइन, राष्ट्रिय तहमै अर्थतन्त्रलाई टेवा पु¥याउने अपेक्षा गर्न सकिने भन्दै निरन्तरताका लागि सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए।

कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले गढीडाँडा ऐतिहासिक स्मृतिको जीवन्त प्रतीक भएको उल्लेख गरे। “सिन्धुलीगढी त्यो भूमि हो, जहाँ नेपाली पुर्खाहरूले शक्तिशाली भनिने इस्ट इन्डिया कम्पनीका सेनालाई पराजित गरेका थिए”, उनले भने, “गढीडाँडाले त्यस गौरवपूर्ण इतिहासको झल्को दिन्छ ।” उनले राष्ट्र, राष्ट्रियता र स्वाभिमान जोगाउने कार्यमा नेपाली सेना र स्थानीय सरकार निरन्तर सहकार्यमा रहने बताए।

“विकासका निर्णायक योजनाहरू बनाउँदा इतिहासलाई जगेर्ना गर्दै भावी पुस्तालाई ऐतिहासिक ज्ञान सिकाउनु आवश्यक छ,” पोखरेलले भने, “त्यसबाट भविष्यको नीतिनिर्माणमा सहयोग पुग्छ।”

नगरप्रमुख पोखरेलले सेल्फीडाँडाबाट ऐतिहासिक तथा पर्यटकीय दृष्टिले गढीडाँडामा रुपान्तरण गर्न नेपाली सेनाले पु¥याएको भूमिकाको प्रशंसा पनि गरे। “कमलामाई नगरपालिकाको आठ लाख रुपैयाँ आर्थिक सहयोगमा सेनाले निर्माण गरेका संरचनाहरूले गढीडाँडालाई सिन्धुलीको ‘हाइवे हेरिटेज स्पट’ का रूपमा विकास गर्न मद्दत पुग्नेछ,” उनको भनाइ थियो । उनका अनुसार गढीडाँडा अहिले विश्रामस्थल, इतिहासको जानकारी दिने केन्द्र र स्थानीय उत्पादनको बिक्रीस्थलका रूपमा समेत विकसित हुँदैछ । “भविष्यमा गढीडाँडा मात्रै होइन, सिन्धुलीगढी क्षेत्रलाई समेत थप व्यवस्थित र समग्र पर्यटन गन्तव्यका रूपमा विकास गर्दै लगिने छ,” उनले भने।

सिन्धुलीगढीको सुगन्ध अब गढीडाँडाबाट पनि फैलिँदैछ । बिपी राजमार्ग हुँदै यात्रा गर्ने जो कोहीले अब गढीडाँडामा केही मिनेट रोकिएर सेल्फी मात्रै होइन, इतिहास बुझ्ने र नेपालीको विरता अनुभव गर्नसक्ने छन् । यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । यसरी इतिहासको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्नसके देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने देखिन्छ ।  राधिका बुढाथोकी/रासस
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस