सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम
०७ मंसिर २०८३
•
८ मिनेट पाठ
सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम
विश्वको सर्वोच्च शिखर सगरमाथासहित हिमाल, हिमनदी र पदयात्राका लागि विश्वप्रसिद्ध सोलुखुम्बुको आकाश पछिल्लो एक दशकदेखि हेलिकप्टर उडानको व्यस्त क्षेत्र बन्दै गएको छ।




उद्धार, पर्यटक ओसारपसार, हिमाली दृश्यावलोकन, पर्वतारोहण तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि दैनिक ठूलो सङ्ख्यामा हेलिकप्टर सञ्चालन हुने गरेका छन्।

तर पर्यटकीय गतिविधिसँगै बढेको हवाई चहलपहलले सुरक्षा जोखिमसमेत बढाएको छ।

पछिल्लो एक दशकमा सोलुखुम्बुका विभिन्न क्षेत्रमा भएका हेलिकप्टर दुर्घटनाका घटना हेर्दा यो जोखिम सामान्य नभएको जानकारहरुको चिन्ता छ।

दुर्घटनामा मानवीय क्षति, चालकको मृत्यु, यात्रु घाइते हुनेदेखि हेलिकप्टर पूर्णरूपमा क्षतिग्रस्त हुनेसम्मका घटना भएका छन्। 

कतिपय घटनामा प्राविधिक समस्या, कतिपयमा प्रतिकूल मौसम, अवतरण स्थलको अवस्था र मानवीय तथा व्यवस्थापकीय कमजोरी देखिएका छन्।

पछिल्लो पटक गत कात्तिक १७ गते जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भयो भने तीन जना घाइते भए।

फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सो दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको थियो भने न्युजिल्यान्डका एक यात्रु र दुवै हेलिकप्टरका चालक घाइते भएका थिए।

बिहान करिब ८ बजेर १२ मिनेटमा भएको उक्त घटनाले सोलुखुम्बुको हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

फेरेचे क्षेत्र लुक्ला विमानस्थलको हवाई ट्राफिक नियन्त्रणको प्रत्यक्ष सञ्चार पहुँच बाहिर पर्ने भएकाले त्यहाँ उडान तथा अवतरणका क्रममा चालकहरूबीच आपसी समन्वय अत्यन्त महत्वपूर्ण हुन्छ।

यद्यपि, दुर्घटनाको वास्तविक कारण आधिकारिक अनुसन्धानबाट मात्र पुष्टि हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले बताए।

सोलुखुम्बुको आकाशमा हेलिकप्टर सञ्चालनको बढ्दो चाप, नियमनको प्रभावकारिता, कम्पनीहरूको व्यावसायिक प्रतिस्पर्धा र यात्रुको सुरक्षाबीचको सन्तुलनबारे पुनर्विचार गर्नुपर्ने अवस्थाको सङ्केत पनि हो।

एक दशकमा पाँच दुर्घटना

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अभिलेखअनुसार २०७३ देखि २०८३ को हालसम्म सोलुखुम्बुमा भएका पाँच प्रमुख हेलिकप्टर दुर्घटना तथा गम्भीर घटनाले सुरक्षा चुनौती उजागर गरेका छन्।

२०७३ असोज ९ गते जिल्लाको जुभिङस्थित बुक्सामा माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो। बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेन्डमै इन्जिन बन्द भएपछि चालकले आकस्मिक अवतरण गराएका थिए।

अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षतिग्रस्त भएको भए पनि हेलिकप्टरमा सवार छ जना नै सकुशल रहेका थिए।

त्यस्तै २०७९ असार २६ मा मनाङ एयरको हेलिकप्टर लामजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भयो। ९एन–एएमभी कलसाइनको हेलिकप्टरमा चालक क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिक सवार थिए।

दुर्घटनामा सबै छ जनाको मृत्यु भयो। प्रारम्भिक विवरणमा प्रतिकूल मौसमलाई सम्भावित कारणका रूपमा औँल्याइएको थियो। २०७९ असोज २७ गते लोबुचेमा मनाङ एयरकै हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो।

९एन–एएनजे कलसाइनको हेलिकप्टरमा चालक प्रकाशकुमार सेढाईं मात्र सवार थिए। दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो।

गम्भीर घाइते चालकलाई उद्दार गरी काठमाडौं हुँदै थप उपचारका लागि भारत लगिए पनि उपचारकै क्रममा उहाँको मृत्यु भयो।

यसैगरी २०८२ कात्तिक १२ गते लोबुचे हेलिप्याडमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो। लुक्लाबाट पर्यटक लिन गएको हेलिकप्टर हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर पल्टिएको थियो।

हेलिकप्टरका चालक सकुशल रहेका थिए तर हेलिकप्टरमा ठूलो क्षति पुगेको थियो। २०८३ कात्तिक १७ गते फेरुचेमा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा आकाशमै ठोक्किए।

दुर्घटनामा भारतीय पर्यटकको मृत्यु भयो भने एक अन्य यात्रु र दुवै हेलिकप्टरका चालक घाइते भए। यो घटनाले एउटै हेलिप्याडमा एकभन्दा बढी हेलिकप्टरको आवागमन व्यवस्थापन, सञ्चार समन्वय र अवतरणको प्राथमिकतासम्बन्धी व्यवस्थामाथि प्रश्न उठाएको पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको भनाई छ।

के हो दुर्घटनाको कारण ?

नेपालको हिमाली भूगोलमा हेलिकप्टर उडान आफैँमा चुनौतीपूर्ण मानिन्छ। अग्ला हिमाल, साँघुरा उपत्यका, तीव्र गतिमा परिवर्तन हुने मौसम, हावाको चाप, हिमपात, कुहिरो र सीमित अवतरण क्षेत्रले उडानलाई जोखिमपूर्ण बनाउँछन् तर सबै दुर्घटनाको कारण मौसमलाई मात्रै देखाएर उम्कन मिल्ने अवस्था भने देखिँदैन।

लोबुचेमा २०२५ अक्टोबर २९ मा भएको दुर्घटनाको सरकारी अनुसन्धान प्रतिवेदनले यसबारे महत्वपूर्ण तथ्य उजागर गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको विमान दुर्घटना अनुसन्धान निकायले २०२६ मार्च २३ मा सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार उक्त दुर्घटनामा हेलिकप्टरमा प्राविधिक खराबी थिएन।

हेलिकप्टर उडानयोग्य अवस्थामा थियो र नियमित मर्मतसम्भार समेत गरिएको थियो। दुर्घटना हुनुको प्रमुख कारण हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टरको स्किड असन्तुलित हुनु र त्यसलाई मिलाउने प्रयास गर्दा चालकबाट आवश्यकताभन्दा बढी नियन्त्रण प्रतिक्रिया हुनु रहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ।

प्रतिवेदनले लुक्लास्थित कम्पनीको सञ्चालन व्यवस्थापनमा समेत कमजोरी देखाएको छ। व्यस्त मौसममा आवश्यक जिम्मेवार कर्मचारी उपस्थित नहुनु, उडानपूर्व जोखिम मूल्याङ्कन व्यवस्थित नहुनु र चालकलाई मौसम तथा अवतरणस्थलको पर्याप्त जानकारी नदिनु दुर्घटनाका सहायक कारण थिए।

अझ महत्वपूर्ण कुरा, लोबुचेमा मौसम मापन गर्ने केन्द्रसमेत नभएको प्रतिवेदनमा उल्लेख छ। लुक्लाको हवाई ट्राफिक सेवा केन्द्रसँग प्रत्यक्ष रेडियो सञ्चार पहुँच पनि थिएन।

खुम्बुमा राज्यको नियामकीय उपस्थिति कमजोर

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनाका घटनाले नागरिक उड्डयन प्राधिकरणको नियमन तथा अनुगमन प्रणालीमाथि पनि प्रश्न उठाएको छ।

विशेषगरी लुक्लाभन्दा माथिका फेरुचे, लोबुचे, गोरक्सेप, कालापत्थरलगायतका क्षेत्रमा उडान तथा अवतरण सञ्चालन हुँदा सबै स्थानमा हवाई ट्राफिक नियन्त्रणको प्रभावकारी व्यवस्था नभएको चालकहरु बताउँछन्।

कतिपय ठाउँमा चालकहरूले एकअर्कासँग सञ्चार गरेर उडान तथा अवतरण समन्वय गर्नुपर्ने बाध्यता रहेको छ।

यस्तो अवस्थामा प्रत्येक हेलिकप्टरले आफ्नो स्थान, उडान दिशा, अवतरण गर्ने समय र अन्य हेलिकप्टरको गतिविधिबारे स्पष्ट जानकारी राख्नुपर्छ।

तर, एउटै क्षेत्रमा धेरै हेलिकप्टर सञ्चालन हुँदा प्रभावकारी सञ्चार तथा समन्वय प्रणाली नहुँदा दुर्घटनाको जोखिम बढ्न सक्छ। फेरुचेको पछिल्लो दुर्घटनाले यही प्रश्नलाई सतहमा ल्याएको छ।

लोबुचे दुर्घटनाको सरकारी अन्तिम प्रतिवेदनले नौवटा सुरक्षा सिफारिस गरेको छ। तीमध्ये व्यस्त मौसममा हेलिकप्टर कम्पनीले लुक्लाजस्ता आधार केन्द्रमा जिम्मेवार सञ्चालन कर्मचारी अनिवार्य उपस्थित गराउनुपर्ने, उडानअघि जोखिम मूल्याङ्कन गर्नुपर्ने, अवतरण स्थलको अवस्था र मौसमबारे चालकलाई विस्तृत जानकारी दिनुपर्ने तथा हेलिप्याडमा अवतरण सहयोगी कर्मचारीको व्यवस्था गर्नुपर्ने विषय छन्।

नागरिक उड्डयन प्राधिकरणले उच्च हिमाली क्षेत्रमा प्रयोग हुने हेलिप्याडको प्राविधिक मूल्याङ्कन गर्नुपर्ने, स्पष्ट देखिने मानक सङ्केत राख्नुपर्ने र हिउँ तथा उच्च हिमाली भूभागमा हेलिकप्टर सञ्चालनका लागि विशेष निर्देशिका तयार गर्नुपर्ने सिफारिस गरिएको छ। 

व्यावसायिक प्रतिस्पर्धा कि यात्रुको सुरक्षा ?

सगरमाथा क्षेत्र नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। यहाँ आउने विदेशी पर्यटकमध्ये केहीले पदयात्रा गर्छन् भने केहीले हेलिकप्टरमार्फत हिमाली दृश्यावलोकन तथा आवागमन रोज्छन्।

बिरामी तथा दुर्घटनामा परेका पर्यटकको उद्दारमा हेलिकप्टरको भूमिका झनै महत्वपूर्ण छ। तर यही क्षेत्र हेलिकप्टर कम्पनीहरूको व्यावसायिक गतिविधिको केन्द्र बन्दै जाँदा त्यसको सञ्चालनमा आवश्यक अनुशासन र सुरक्षाको विषय प्राथमिकतामा रहनुपर्ने पर्यटन व्यवसायी तेम्बा छिरी शेर्पाले बताए।

उनी भन्छन्, ‘पर्यटकको समय बचत गर्ने, छिटो सेवा दिने र बढीभन्दा बढी उडान सञ्चालन गर्ने व्यावसायिक उद्देश्यले उडान सुरक्षाका मापदण्डलाई कमजोर बनाउनु हुँदैन। हिमाली क्षेत्रमा एउटा अतिरिक्त उडानबाट हुने आम्दानीभन्दा यात्रुको जीवनको मूल्य ठूलो हुन्छ।’

स्थानीय समुदायले पनि खुम्बु क्षेत्रमा हेलिकप्टरको बढ्दो चापप्रति असन्तुष्टि जनाउँदै आएका छन्। हेलिकप्टरको आवाजले बस्ती, विद्यालय, वन्यजन्तु र राष्ट्रिय निकुञ्जको शान्त वातावरणमा असर परेको उनीहरूको गुनासो छ।

पर्यटकलाई हेलिकप्टरबाटै ओसारपसार गर्दा स्थानीय गाइड, भरिया तथा पदयात्रासँग जोडिएका व्यवसायीको रोजगारीमा समेत असर पर्ने चिन्ता व्यक्त हुँदै आएको नाम्चेका स्थानीय लामाकाजी शेर्पाको भनाइ छ।

यसैबीच सगरमाथा राष्ट्रिय निकुञ्ज र स्थानीय तहले २०२५ डिसेम्बरमा दृश्यावलोकनका लागि हुने हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेका थिए।

उद्दार उडानलाई भने छुट दिइएको थियो। यसले पर्यटन विकास, स्थानीय अर्थतन्त्र र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखाउँछ।

पर्यटनको प्रतिष्ठा जोगाउन सुरक्षित आकाश आवश्यक

नेपालको हिमाली पर्यटन अन्तरराष्ट्रिय रूपमा चिनिएको छ । सगरमाथा क्षेत्रको आकर्षणले विश्वभरका पर्यटकलाई आकर्षित गरिरहेको छ।

तर पर्यटकीय गन्तव्यको प्रतिष्ठा प्राकृतिक सुन्दरता र साहसिक अनुभवले मात्र कायम हुँदैन। त्यहाँ उपलब्ध यातायात, उद्दार, स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको विश्वसनीयताले पनि निर्धारण गर्ने पर्यटनविज्ञ आङछिरिङ शेर्पाले बताए।

एकपछि अर्को हेलिकप्टर दुर्घटना भइरहने र दुर्घटनापछि मात्र सुधारका प्रतिबद्धता व्यक्त गरिने हो भने त्यसले नेपालको हवाई सुरक्षा प्रणालीप्रति अन्तर्राष्ट्रिय विश्वास कमजोर बनाउनसक्ने पर्वातारोही स्पीडकाजी शेर्पाको चिन्ता छ।

नेपालमा सन् १९७९ यता कम्तीमा ४३ हेलिकप्टर दुर्घटना भएका र तीमध्ये २३ दुर्घटनामा मानवीय क्षति भएको विवरण छ। त्यसमध्ये सगरमाथा क्षेत्रमा मात्रै आठ हेलिकप्टर दुर्घटना भएका र पाँच घटनामा मानवीय क्षति भएको सरकारी तथ्याङ्क छ। रासस
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
१८ मिनेट अघि
•
१ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस