'झिझिया': चेतनारुपी दियो
१२ असोज २०८२
•
६ मिनेट पाठ
'झिझिया': चेतनारुपी दियो
२०८० असोजमा रिलिज भएको नेपाली चलचित्र ‘एक भागवद र एक गीता’ को गीत ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया बनेलियै हो’ निकै लोकप्रिय बनेको छ ।  




झिझियाको यो मौलिक गीतमा प्रभास मल्लिकले आधुनिक संगीत भरेका छन् भने नेहा प्रियदर्शीनी र प्रभासले आवाज दिएका छन् । यो गीत जनकपुरधामको जानकी मन्दिरमा छायांकन गरिएको छ ।

नेपाली फिल्ममा झिझियाको गीत र नृत्यले ठाउँ पाउनुले पनि यसको मौलिक लोकप्रियता प्रस्ट्याउँछ । मैथिली भाषामा सुरिलो आधुनिक र मौलिक भाकाको मिश्रणमा गाइएको यो गीत र त्यसको तालले लोकप्रिय बजार मात्र पाएको छैन धेरैको मनमा बस्न सफल भएको छ ।

नवरात्रको प्रतिपदादेखि मधेसको मिथिला तथा भोजपुरा क्षेत्रमा आयोजन हुने झिझियामा यो र यस्तै मौलिक गीतको धुनमा महिलाहरू झुमिरहेका छन् । मधेसबाट लोप हुँदै गएको झिझियाको मौलिकता जोगाउन यसपालि गाउँदेखि सहरसम्मै झिझिया उत्सव आयोजन गरिएको पाइएको छ । मधेसको मौलिक परम्पराको प्रवद्र्धनका लागि झिझिया महोत्सव आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।

झिझियाको सुरुवात

मौखिक रूपमा संस्कृति पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भएको हुनाले झिझिया नृत्य शैलीको उत्पत्तिको बारेमा यकीन र यथेष्ठ दस्तावेज छैन । यो नृत्यसँग सम्बन्धित एउटा लोककथा अनुसार कुनै समय चित्रसेन नामका राजा थिए । उनको पत्नी(रानी) कालो जादूमा माहिर थिइन् । उनी उमेरमा राजाभन्दा धेरै कान्छी थिइन् । यद्यपि यो शाही दम्पती निःसन्तान थिए । त्यसैले, राजाले आफ्नो भतिजा बालरूचीलाई उत्तराधिकारी बनाउने निर्णय गरे । रानी बालरूचीसँग मोहित थिइन् र उनले बालरूचीलाई धेरै पटक आफ्नो प्रेममा फसाउन प्रयास गरिन् तर प्रत्येक पटक असफल भइन् ।

एक दिन, रानीले हार मनिन् र बालरूचीसँग बदला लिने निर्णय गरिन् । उनले आफ्नो कालो जादू प्रयोग गरेर बिरामी भएको नाटक गरिन् । राजाले उनको उपचारको लागि आयुर्वेदिक चिकित्सकलाई खटाए तर रानीको जादूको विरुद्धमा आयुर्वेदिक औषधि असफल भयो । त्यसपछि उनले राजालाई भनिन् कि यदि उनी बालरूचीको रगतमा नुहाईन् भने उनी फेरि ठीक हुन सक्छिन् । राजा त्यो उपचारको विरुद्धमा हिचकिचाए तर उनी आफ्नी पत्नीलाई माया गर्थे र उनको जीवन बचाउन चाहन्थे, त्यसैले उनले सिपाहीहरूलाई बालरूचीलाई मारेर उनको रगत ल्याउन आदेश दिए ।

राजकुमारप्रतिको प्रेमका कारण शाही सैनिकहरूले बालरूचीलाई मार्न सकेनन् र उनलाई जंगलमा मुक्त गर्ने निर्णय गरे । बरु तिनीहरूले राजकुमारको रगतको रूपमा हिरणको रगत ल्याए, जसमा रानीले नुहाएर फेरि ठीक भइन् । जंगलमा बालरूचीले एउटी वृद्धालाई भेटे, जो काला जादुमा शक्तिशाली  थिइन् । बालरूची भोकाएको र आश्रयको खाँचो भएको हुनाले उसले ती महिलासँग रात बिताउन केही खानेकुरा र ठाउँ मागे । महिलाले उहाँलाई दया र उसलाई अपनाउने निर्णय गरिन् । उनी र बालरूची सँगै बस्न थाले । एक दिन राजा र रानी जङ्गलबाट जाँदै थिए, राजाको पालकी बोक्नेहरू मध्ये एकको मृत्यु भयो । अर्को पालकी वाहकको लागि जंगलमा मानिसको खोजी गर्दा बालरूची भेटियो । यद्यपि, रानी र राजा दुवैले बालरूचीलाई चिन्न सकेनन् ।

राजाको यात्रा फेरि जारी रहँदा राजाले एउटा गीत गुनगुनाउन थाले तर केही बोल बिर्सिए । धेरै कोसिस गर्दा पनि राजाले गीतको बोल याद गर्न सकेनन् । त्यसपछि राजाले नयाँ पालकी वाहकले बाँकी लाइनहरू गाएको सुने । राजासँगै एक जनालाई मात्र गीतको शब्द थाहा थियो र त्यो व्यक्ति बालरूची थियो । यसरी उनले बालरूचीलाई चिने । त्यसबेला रानीले पनि दोषी महसुस गरिन् र उनले र राजा दुवैले बालरूचीसँग माफी मागिन् र उनलाई दरबारमा फर्किन आग्रह गरिन । बालरूचीले उनीहरूसँगै फर्कने निर्णय गरे, जसले शक्तिशाली काला जादुको गुण भएको बृद्धालाई धेरै रिस उठ्यो । उनले बालरूचीमाथि जादुई मन्त्र प्रदर्शन गर्न थालिन्, जसले बालरूचीलाई चोट पु¥यायो । बालरूचीलाई चोट लाग्नुको पछाडि कुनै कालो जादू छ भनी रानीले बुझिन् । त्यसोभए, उनले पनि काला जादूको मन्त्रको सामना गर्न आफ्नो जादू प्रदर्शन गर्न थालिन् । रानी र बृद्धाको जादुई लडाइँ भयो, जसमा बृद्धा पराजित भइन । पछि राजा, रानी र बालरूची दरबारमा फर्किए ।

बालरूचीलाई फेरि राजाको उत्तराधिकारी घोषणा गरियो र रानीले बालरूचीको रक्षाको लागि प्रत्येक वर्ष तान्त्रिक अनुष्ठान गर्न आदेश दिइन् । त्यसपछि यो अनुष्ठानलाई आम जनताले पनि अपनाए र आफ्नो सन्तान र परिवारको रक्षाका लागि गर्न थालेको लोकबुझाई छ ।

यसरी सुरु गरिन्छ झिझिया अनुष्ठान

घैंटोमाथि बल्दै गरेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन हो । यस्तो प्रदर्शन झिझिया नृत्यमा हुन्छ । झिझिया नाच्नुअघि नयाँ घैंटोलाई सफा गरी घैंटोभरि प्वाल बनाइन्छ ।

घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकोमा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।

कुनैकुनै बेला ताली बजाउँदै टाउको तल ल्याउँछन्, फेरि ताली बजाउँदै यथास्थानमा राख्छन् । घैंटामा बलिरहेको दियोको मधुरो प्रकाश, मुहानमा दन्किरहेको आगो, तालमा नाचिरहेकी कुनै महिला र झुन्डमा गीतको लहरीले अद्भूत वातावरणको निर्माण हुन्छ र महिलाहरू लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन हुन थाल्छन् ।

झिझिया नाचको आफ्नै प्रकारको गीत र लय छ । झिझिया गीत गाउने क्रममा एक निश्चित स्थानमा गोलो गोलो घुमेर नृत्य गरिन्छ । भौगौलिक क्षेत्र अनुसार गीतहरू मैथिली वा भोजपुरीमा छन् । गीतमा ढोल र झ्याम्टा जस्ता लोक वाद्ययन्त्रसहितको संगीतमा नाचगान गर्दा दुई प्रकारका गीतहरू गाइन्छ । पहिलो देवी दुर्गाको प्रशंसामा गाइन्छ भने दोस्रो गीत कालो जादूविरुद्ध सुरक्षाको लागि गाइने गरिन्छ ।

तोहरे भरोसे ब्रह्म बाबा, झिझिया बनेलिए हौ

ब्रह्म बाबा झिझिया पर होइयौं ने सवार यसको अर्थ ृब्रह्म बाबा, हजुरको कृपाले हामीले झिझिया बनाएका छौँ । ब्रह्मा पिता, कृपया आउनुहोस् र यसमा सवार हुनुहोस् ।

झिझिया चेतनारुपी दियो

झिझिया नृत्यमा प्रयोग हुने घैंटोले पञ्चभौतिकरूपी शरीर, त्यसमा प्रयोग हुने दियो चेतनाको प्रतीक रहेको मिथिला संस्कृतिका जानकारहरु बताउँछन् । झिझिया नृत्य गर्ने टोलीले दियोमा घरघर मागेर तेल हाल्ने मौलिक परम्परा छ । यसले परिवार र समाजको सहयोगबिना चेतनारूपी दियोको विकास हुन सक्दैन भन्ने सन्देश दिँदै आएको झिझिया संरक्षकहरूको तर्क छ । यो नृत्यमा लोक तथा तान्त्रिक परम्पराको मिश्रणले महान सन्देश दिँदै आइरहेको उनीहरूको भनाइ छ ।

झिझियामा प्रयोग हुने घैंटोमा गरिएका असंख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्न महिलाद्वारा टाउकाको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसको निहीत विशेष अर्थलाई संकेत गर्छ महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल हतपत कसैले गन्न सक्दैन जसका उसको तान्त्र विद्या सकिने जनविश्वास रहेको छ ।

आफ्ना साखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घ जीवनको कामना झिझियाको मौलिक गीत र  नृत्यको पृष्ठभूमिमा रहेको छ ।

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो दन्किरहेको घैंटो राखेर बिनाहातको सहारा लिई नाच्दै ब्रह्मस्थानतिर पुग्छन् । त्यहाँ अराधना गर्छन् र त्यहींबाट औपचारिक रूपमा नृत्य सुरु गरी गाउँका भद्रभलादमीको घरमा पुगि नृत्य देखाउँछन् र पूर्णआहूतिका लागि अन्न रूपैयाँ चन्दा माग्ने झिझियाको मौलिक परम्परा पछिल्लो समय स्टेज नाचमा सीमित हुन पुग्दा बिरोध र आलोचनाको सामना गरिरहनु परेको छ ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२२ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस