विपन्न सुत्केरी र गर्भवतीलाई लहानको ‘पोषण उपहार’
२२ पौष २०८२
•
२ मिनेट पाठ
विपन्न सुत्केरी र गर्भवतीलाई लहानको ‘पोषण उपहार’
सिराहाको लहान नगरपालिकाले सञ्चालन गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रमबाट तीन वर्षको अवधिमा करिब तीन हजार विपन्न महिला लाभान्वित भएका छन्।




नगरपालिकाले २४ वटै वडाका वपन्न गर्भवती तथा सुत्केरीलाई लक्षित गरी सञ्चालन गरेको यस अभियानले निम्न वर्गीय महिलाको स्वास्थ्य सुधारमा टेवा पुर्‍याएको हो।

नगरपालिकाले हरेक महिनाको २२ गते एकमुष्ठ रूपमा वडा-वडामा पुगी पोषण सामग्री वितरण गर्दै आएको छ।

स्थानीय तहको निर्वाचनका बेला जनतासँग गरिएको प्रतिबद्धता अनुसार भविष्यमा जन्मिने बच्चा र आमा स्वस्थ हुन् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए।

नगरपालिकाले पोषण प्याकेज पाउनका लागि स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउनुपर्ने बाध्यात्मक र प्रोत्साहनमूलक नीति लिएको छ। जसका कारण विगतमा स्वास्थ्य संस्था नजाने गर्भवतीहरू पनि अहिले नियमित चेकजाँचमा आउन थालेका छन्।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले भने, ‘विगतमा गर्भवतीले स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउने चलन कम थियो। तर, पोषण कार्यक्रमसँगै चेतना र उत्सुकता बढेपछि पछिल्ला तीन वर्षमा नियमित जाँच गराउने दलित तथा विपन्न समुदायका महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ।’

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई तालिम दिएर गाउँबस्तीमा परिचालन गरिएकाले पनि स्वास्थ्य संस्थामा पहुँच बढेको शाखा प्रमुख चौधरीको भनाइ छ।

लहान–२३ गाढाकी महिला स्वयंसेविका पशुपतिदेवी शर्माले आर्थिक रूपमा विपन्न महिलाहरूका लागि नगरपालिकाको यो प्याकेज ‘वरदान’ साबित भएको बताइन्।

‘गर्भमा बच्चा भएपछि सामान्य खानपानले मात्र पुग्दैन, तर आर्थिक अभावका कारण पोषिलो खानेकुरा जोहो गर्न नसक्नेहरूलाई नगरपालिकाको प्याकेजले ठूलो राहत दिएको छ,’ उनले भनिन्, ‘यसले विपन्न परिवारको चिन्ता दूर गरेको छ।’

अभियानलाई निरन्तरता दिने क्रममा मंगलबार लहान–२३, गाढाका १०५ जना गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिएको छ।

प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मटर, सोयाबिन लगायतका पौष्टिक आहार समावेश छन्।

सामग्री वितरण गर्दै नगर प्रमुख चौधरीले भने, ‘मापदण्डअनुसार गर्भ जाँच गरेमा आमा र नवजात शिशुको स्वास्थ्य राम्रो हुन्छ। मातृ तथा बाल मृत्युदर घटाउन र पोषणको सुनिश्चितता गर्न यो अभियान कोसेढुंगा साबित भइरहेको छ।’

आगामी दिनमा यो कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाइने नगर प्रमुख चौधरीले प्रतिबद्धता जनाएका छन्।

सुत्केरी अवस्थामा पोषिलो खानेकुरा नपाउँदा हुने जोखिम न्यूनीकरण गर्न थोरै भए पनि सहयोग पुगोस् भनेर कार्यक्रम चलाइएको नगरपालिकाले जनाएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस