गण्डकीमा गाजा खेतीलाई वैधानिकता
२६ असार २०८३
•
४ मिनेट पाठ
गण्डकीमा गाजा खेतीलाई वैधानिकता
गण्डकी प्रदेशमा गाजा खेतीले वैधानिकता पाएको छ।  अवैध मानिँदै आएको गाजा खेतीलाई गण्डकी प्रदेशले कानुनी मान्यता दिएको हो, तर औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि मात्रै गाजाखेती गर्न पाइने छ।  




गण्डकी प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक २०८३’ पारित गरेसँगै गाजाखेती गर्न कानुनी बाटो खुलेको हो।  सभाको बैठकमा बिहीबार प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गाजा खेतीलाई मान्यता दिने प्रस्ताव गरेकी थिइन्। उनको प्रस्तावलाई गण्डकीका सभामुख कृष्णप्रसाद धितालले निर्णायार्थ पेस गर्दा सर्वसम्मत पारित भएको थियो।

यसअघि विगत दुई वर्षदेखि अर्थ तथा विकास समितिमा थन्किएर बसेको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक २०८३’ समितिका सभापति भोजराज अर्यालले सदनमा पेस गरेका थिए।  उनले यस बिचमा दफावार छलफल गरेर केही सुझावसमेत समेटेर प्रतिवेदन तयार गरेको बताउँदै उनले भने, ‘सरकारको इच्छाशक्ति भए यो गेमचेन्जर बन्न सक्छ।’ नत्र थन्किएर बस्ने उनको आशंका थियो।

प्रदेशसभामा आएको सो विधेयकलाई बिहीबारको प्रदेशसभा बैठकमा उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले छलफल गर्न प्रस्ताव गरिन्।  छलफलमा बोल्दै प्रदेश सभा सदस्य विन्दु पौडेलले गाजाखेती धनीका लागि मात्रै अवसर बन्न नहुने बताइन्।  ‘गण्डकी प्रदेशका लागि यो आर्थिक अवसर हो’, उनले भनिन्, ‘यो ठुला लगानीकर्ताका लागि मात्र नबनोस्, साना तथा सीमान्तकृतका लागि अवसर बनोस्।’

अर्की प्रदेशसभा सदस्य सुशीला सिंखडाले ऐन आए पनि सरकारको इच्छाशक्ति नभए यो थन्किएर बस्न सक्ने आशंका व्यक्त गरिन्।  ‘सरकारको इच्छाशक्ति भए एक महिनामै निर्देशिका, कार्यविधि र मापदण्ड बनेर कार्यान्वयनमा जान्छ’, उनले भनिन्, ‘नत्र इच्छाशक्ति नभए सिरानमी थन्किएर बस्छ, मलाई सिरानी थन्किएर बस्छ कि भन्ने आशंका छ।’

उनले गाजाको उत्पादन र प्रशोधनको जिम्मा स्थानीयलाई दिन सुझाव दिइन्।  प्रदेश सभाबाट पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि कानुन बन्ने छ, जुन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ।

कानुन बनेसँगै व्यक्ति वा संस्थाले कम्पनी दर्ता गरी गाँजा खेती लगाउन पाउने छ।  गाजा गर्न चाहनेले औषधिजन्य र औद्योगिक प्रयोजनका लागि अलग–अलग दस्तुर तिरेर पाँच वर्षका लागि गाँजा खेतीको अनुमति पत्र लिनुपर्ने प्रावधान रहेको मन्त्री रिमालले बताइन्। अनुमतिबिना वा तोकिएका सर्तविपरीत गाँजा खेती गरेमा संघीय कानुन अर्थात् लागुऔषध ऐन, २०३३ बमोजिम कारबाही र सजाय हुने व्यवस्था पनि रहेको उनले जानकारी दिइन्।  

पारित विधेयकमा प्रदेश सरकारले विशिष्ट जिल्ला वा स्थानीय तहको क्षेत्र तोकेर मात्र गाजा खेतीका लागि अनुमति दिनेछ।  खेती गर्दा अनधिकृत व्यक्तिको प्रवेश रोक्ने गरी बलियो तारबार वा पर्खाल र सिसिटिभी क्यामेरासहितको सुरक्षा पूर्वाधार अनिवार्य व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ भने खेती गर्न चाहने व्यक्ति विगत १० वर्षमा लागुऔषध कसुरमा सजाय नपाएको हुनुपर्ने कडा प्रावधान राखिएको छ।

गाँजाखेतीको नियमनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय निर्देशक समिति रहने व्यवस्था छ, जसमा कृषि, स्वास्थ्य, उद्योग, वन मन्त्री, मुख्य सचिव र प्रदेश प्रहरी प्रमुख रहनेछन्। त्यस्तै ‘गाँजा खेती नियमन तथा व्यवस्थापन एकाइ’ ले लाइसेन्स जारी गर्ने र अनुगमन गर्नेछ प्रावधान रहेको मन्त्री रिमालले जानकारी दिइन्। उनका अनुसार सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय अनुगमन समिति छुट्टै गठन गरिनेछ।  त्यस्तै अभिलेख नराख्ने वा सर्त उल्लंघन गरेमा ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवानासमेत एकाइले गर्न सक्ने प्रावधान राखिएको छ।

विधेयकमा गाँजामा पाइने नशालु रासायनिक पदार्थ टेट्राहाइड्रोक्यानाबिनोल (टिएचसी) को मात्रा नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने प्रावधान ऐनमा रहेको मन्त्री रिमालले बताइन्। औद्योगिक प्रयोजनका लागि टिएचसीको मात्रा ०.३ प्रतिशतभन्दा बढी हुन नहुने सीमा तोकिएको उनले जानकारी दिँदै उनले भनिन्, ‘बोट काट्नु वा बिक्री गर्नुअघि रासायनिक परीक्षण अनिवार्य गर्ने प्रावधान पनि छ।’

उनका अनुसार बोट कटान, भण्डारण, प्रयोग वा बिक्री वितरण गर्नुअघि प्रयोगशालामा अनिवार्य रूपमा रासायनिक परीक्षण गरी टिएचसीको मात्रा जाँच गर्नुपर्ने कानुनी प्रावधान थपिएको छ।  पारित विधेयकमा अचार र चटनी बनाउन प्रयोग गरिने गाँजाको दानालाई ‘भाँगो’ भनेर वर्गीकरण गरिएको छ भने सो भाँगोलाई औद्योगिक कच्चा पदार्थका रूपमा परिभाषित गरिएको छ।  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस