भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेल पानीको खानी हो। काठमाडौ उपत्यकाभरका लागि पानी लैजानका लागि जारमा पानी राखेर लाने पानी कारखाना पनि यहाँ धेरै छन्। तर यहीका स्थानीय वडावासीहरूले शुद्ध पानी खान नपाएको दुखेसो गरेका छन्।
शुक्रबार वडामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी वडावासीहरूले वडा अध्यक्षलगायतका वडाका पदाधिकारीहरुसँंग यस्तो गुनासो गरेका हुन्।
वडामा सञ्चालित दर्जनौँ पानी उद्योगले दैनिक हजारौँ जार तथा बोतल पानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पठाइरहेको पनि दशकौँ भएको तर पानीको मुहानमै बसेका आफूहरूले भने शुद्ध खानेपानी अभाव झेल्न बाध्य भएको गुनासो उनीहरूको थियो।
स्थानीयका अनुसार झौखेल क्षेत्रमा भूमिगत पानी प्रशस्त भएकै कारण निजी पानी उद्योगहरू दशकदेखि सञ्चालनमा छन्। पानी उद्योगहरूले गहिरो बोरिङमार्फत ठुलो परिमाणमा पानी निकालिरहेका छन्। तर गाउँका धेरै बस्तीमा नियमित धाराको सुविधा नहुँदा स्थानीयले ट्याङ्करको पानी किनेर वा ती उद्योगबाटै जारको पानी किनेर खान बाध्य छन्।
सार्वजनिक सुनुवाइमा सहभागी एक महिलाले भनिन्, ‘हाम्रो गाउँबाट दैनिक सयौँ जार पानी काठमाडौं जान्छ, तर घरमा बिहान बेलुका पानी आउँदैन । पानीको मुहानमा बस्ने हामी नै प्यासै बस्नुपर्ने अवस्था छ।’
सहभागी अन्य वडा सदस्यहरूले पनि पानी नहुँदा घरघरमा ट्युबवेल गर्नुपरेको बाध्यता पोखे। कतिले ती ट्युबवेल सरकारी खर्चबाट बनाएको तर ती व्यक्तिगत बनाएको पनि वडाभरि सुनिएको सुनाएका थिए। कसैले निजी पैसाबाट बनाएको भए पनि सरकारी पैसाबाट ट्युबवेल बनाएको आरोप वडाभरि चलेको भन्दै प्रस्ट पार्न अनुरोध गरेका थिए।
विपद् विज्ञ स्थानीय दीपक थापाले पानी उद्योग सञ्चालनका लागि अनुमति दिँदा भू–जल दोहनको दीर्घकालीन प्रभावबारे पर्याप्त अध्ययन नगरिएको आरोप लगाए। उनीहरूका अनुसार उद्योग बढेसँगै परम्परागत इनार, कुवा र धाराहरू सुक्दै गएका छन्। गर्मी याममा समस्या झन् चर्किने गरेको छ।
कार्यक्रममा वडा कार्यलयले स्थानीयको पानीका लागि भनी पानीको डिप बोरिङ गरी लाखौँ रुपैयाँ खर्च भएको तर त्यो पानी पछि पिउनयोग्य नभएको भन्दै यसको क्षतिपूर्ति कसले दिने भनी प्रश्न उठाए। योजना सम्पन्न गर्नु अघि नै पानी पिउनयोग्य हो कि होइन भनेर परीक्षण नगरकोले यो वडाको लापरबाही भएको उनीहरूको जिकिर थियो।
खानेपानीको व्यापारिक केन्द्र बन्दै गएको झौखेलमा स्थानीयले सहज रूपमा स्वच्छ खानेपानी पाउने व्यवस्था कहिले हुन्छ भन्ने प्रश्न अहिले जनस्तरमा उठ्न थालेको छ।
कार्यक्रममा वडा अध्यक्ष श्यामसुन्दर धिमाल, वडा सचिव, वडा सदस्यहरू तथा पदाधिकारीहरूले पनि वडावासीको जिज्ञासाको उत्तर दिँदै वडाले गरेको कार्यहरूको बखान गरेका थिए।