यौन हिंसाविरुद्ध कडा कानुन बनाउने सांसदहरूको प्रतिबद्धता
१० मंसिर २०८३
•
४ मिनेट पाठ
यौन हिंसाविरुद्ध कडा कानुन बनाउने सांसदहरूको प्रतिबद्धता
क्याप्शन
सरकारले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपूरो रहेको भन्दै सांसदहरूले हिंसाविरुद्ध कडा कानुन बनाउने प्रतिबद्धता जनाएका छन्।




लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा महिला कानुन तथा विकास मञ्च र इक्वालिटी नाउद्वारा संयुक्त रूपमा आयोजित छलफल कार्यक्रममा सहभागी सांसदहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले विधेयकमा जबर्जस्ती करणीको परिभाषा, सहमतिको अर्थ, नजिकको उमेर समूहबीचको सम्बन्ध, वैवाहिक बलात्कार र हदम्यादसम्बन्धी व्यवस्था सुधार गर्नुपर्ने विषयमा प्रस्तुति दिएका थिए।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालमा भएका यौन हिंसासम्बन्धी अपराधमध्ये २९ प्रतिशत लैंगिक हिंसाका घटना रहेका छन्। ती घटनामा ८५ प्रतिशत अभियुक्त पीडितका परिचित व्यक्ति रहेको र ६२ प्रतिशत पीडित बालिका रहेको तथ्यांकले औँल्याएको छ।

छलफलमा सहभागी सांसदहरूले घरभित्रै यौन हिंसाका घटना बढी हुने गरेको, बालिका बढी पीडित हुने गरेको तथा बलात्कारपछि हत्या गर्ने कसुरदारलाई कस्तो सजाय दिने भन्ने विषयमा धारणा राखेका थिए।

प्रतिनिधिसभामा एमालेकी सचेतक नीता घतानीले बदलिँदो परिस्थितिलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन्। उनले यौन हिंसाका पीडकलाई कठोर सजायको व्यवस्था गर्नुपर्ने सुझाइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले नेपाल अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको पक्ष राष्ट्र भएकाले मृत्युदण्डको सजाय राख्न नमिल्ने बताइन्। यौन हिंसाका पीडकलाई अन्य अपराधका कसुरदारसरह सजाय दिएर मात्र नपुग्ने भन्दै उनले विशेष सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

नेकपाकी सांसद बलावती शर्माले यौन हिंसाका कसुरदारलाई मृत्युदण्ड दिने व्यवस्था गर्न संविधान बाधक रहेको बताइन्। संविधानको धारा १६ ले मृत्युदण्डलाई निषेध गरेको उल्लेख गर्दै उनले भनिन्, ‘अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको नेपाल पक्ष राष्ट्र भएकाले मृत्युदण्ड सजाय दिने कानुन निर्माण गर्न सम्भव छैन, तर त्यस्ता अपराधलाई कठोर सजायको व्यवस्था गर्नुपर्छ।’

छलफलमा सहभागी अधिकांश सांसदले यौन तथा लैंगिक हिंसा अन्त्यका लागि बलियो कानुन बनाउन ढिलाइ गर्न नहुने विचार व्यक्त गरे।

दोषीलाई दिइने आजीवन कारावासको सजाय पर्याप्त नभएको उनीहरूको भनाइ थियो। समान उमेर समूहका किशोर-किशोरीबीच सहमतिमा भएको यौन सम्बन्धका कारण किशोरहरू सुधारगृहमा राखिएको स्थिति रहेको भन्दै उनीहरूले यस विषयलाई कानुनले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने सुझाए।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकमा यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिविरुद्ध वा उनीहरूबीच हुने असहमतिपूर्ण यौन सम्बन्धलाई बलात्कार मान्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यसमा संयुक्त राष्ट्रसंघको नमुना बलात्कार कानुन (यूएन मोडेल रेप ल) अनुसार लिंग वा लैंगिक पहिचानका आधारमा भेदभाव नगरी सबै व्यक्तिलाई समान कानुनी संरक्षण दिनुपर्ने सुझाव प्रस्तुत गरिएको छ।

त्यसैगरी, शरीरको कुनै पनि अंग वा वस्तुद्वारा योनि, गुदद्वार वा मुखमा जुनसुकै मात्रामा गरिने गैरसहमतिपूर्ण यौन प्रवेशलाई अपराध घोषित गर्नुपर्ने प्रस्ताव गरिएको छ।

दोस्रो, सहमतिको परिभाषा स्पष्ट हुनुपर्ने सुझाव दिइएको छ। सहमति स्वेच्छिक र स्वतन्त्र इच्छाबाट दिइएको स्वीकृति हुनुपर्ने तथा पीडितको मौनता, प्रतिवाद नगरेको अवस्था, विगतको यौन इतिहास, पेसा वा सम्बन्धका आधारमा सहमति अनुमान गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।

तेस्रो, दफा २१९ (२) (ख) मा रहेको ‘होस ठेगानमा नरहेको’ भन्ने शब्दावलीको सट्टा अचेत अवस्था, निद्रा तथा मादक पदार्थ वा लागूऔषध सेवनका कारण सहमति दिन नसक्ने अवस्थालाई स्पष्ट रूपमा समेट्नुपर्ने सुझाव दिइएको छ।

चौथो, १८ वर्षमुनिका किशोर-किशोरीबीच दुई वर्ष वा सोभन्दा कम उमेर अन्तरमा सहमतिमा हुने यौन सम्बन्धलाई पूर्ण रूपमा अपराधको दायराबाट हटाउनुपर्ने प्रस्ताव गरिएको छ।

दुवै किशोर-किशोरी कम्तीमा १४ वर्ष पुगेका र उमेर अन्तर दुई वर्षभन्दा बढी नभएको अवस्थामा यस्तो व्यवस्था लागू गर्नुपर्ने सुझाव छ। तर डर, धम्की, प्रलोभन, शोषण वा शक्ति तथा अधिकारको दुरुपयोग भएका घटनालाई भने यस अपवादबाट अलग राखी कडा सजायको दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ।

पाँचौं, वैवाहिक बलात्कारलाई अन्य बलात्कारसरह समान सजायको व्यवस्था गर्नुपर्ने सुझाव छ। प्रस्तावित संशोधनमा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा तीनदेखि पाँच वर्षसम्म कैद हुने व्यवस्था रहेकोमा यसको सट्टा सामान्य बलात्कारसरह समान दण्ड-सजायको व्यवस्था गर्नुपर्ने सुझाइएको छ।

त्यस्तै, बलात्कारका अपराधमा पीडितले न्याय पाउने पहुँच सुनिश्चित गर्न र कसुरदारलाई कानुनी कारबाहीबाट उम्किन नदिन हदम्यादको व्यवस्था पूर्ण रूपमा खारेज गर्नुपर्ने प्रस्ताव उल्लेख छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस