सुनसरीको लौकहीस्थित बस स्ट्यान्डमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१ का २५ वर्षीय अमर दर्जी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार दिउँसो १२:२० बजे कोशी गाउँपालिका-१ स्थित लौकही पूर्व बस स्ट्यान्डमा प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका दर्जीलाई शंका लागेपछि प्रहरीले शरीर खानतलासी गरेको थियो। सो क्रममा उनले मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरजस्तो देखिने ५.३४ ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा। झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्। मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। उनको कोठाबाट डिजिटल तराजु, छुरी, कैँची र नगद १३ लाख ३९ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–२ का २३ वर्षीय सचिन राई, दमक–७ की ३० वर्षीया मिना राई, सोही ठाउँकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर–१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...