रसुवा बाढीमा परेर कैलालीको टीकापुर नगरपालिकाका मात्रै ३० जना भन्दा बढी अझै सम्पर्कविहीन छन्।
उनीहरु धेरैजसो त्यहाँ जलविद्युत गृह निर्माणको काममा मजदुरीका लागि गएको पाईएको छ। स्थानीयलाई त्यहाँ लैजाने एकजना ठेकेदार तुलाराम चौधरीका अनुसार आफ्ना ३० जना कामदार सुरुंग भित्रै फसेका छन। उनले बाढी आएपछि उनीहरुसँग सम्पर्क हुन नसकेको बताए।
इलाका प्रशासन कार्यालय टीकापुरले कामको क्रममा रसुवामा रहेकाहरुको विवरण संकलन थालेको कार्यालय प्रमुख तारानाथ पनेरुले जानकारी दिए। उनले वडाध्यक्षहरु मार्फत विवरण संकलन भैरहेको बताए।
इलाका प्रशासन कार्यालय टीकापुरका अनुसार सम्पर्कबिहिन हुनेहरुमा वडा नम्बर १ समितिपुरका बिरबहादुर चौधरी, सतिषराम चौधरी, मनिराम चौधरी, बादल चौधरी, राजेश चौधरी, जुगराम भनिने शिवनारायण चौधरी र दोर्जे चौधरी रहेका छन।
त्यस्तै वडा नम्बर १ कै मुक्त कमैया शिविरका बादल चौधरी, विफु चौधरी, मानबहादुर चौधरी र जुगराम चौधरी समेत सम्पर्कबिहिन छन। वडा नम्बर विपतपुरका साधुराम चौधरी समेत सम्पर्कमा नरहेको इलाका प्रशासन कार्यालय टीकापुरले जनाएको छ।
टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले रोजगारीका क्रममा रसुवा गएकाहरुका आफन्त सम्पर्कमा आउन थालेको बताए। उनले वडा नम्बर १ बाट मात्रै यो भन्दा धेरै व्यक्ति त्यहाँ गएको हुनसक्ने बताए।
स्थानीय अनन्त खड्काले दिएको जानकारी अनुसार टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरका ८ जना सम्पर्कबिहिन छन।
उनीहरु ठेकेदार तुलाराम चौधरी मार्फत गएका हुन वा अन्यमार्फत गएका हुन भन्ने खुलेको छैन।
सम्पर्कबिहिन हुनेमा ठगराम चौधरी, धनुवा चौधरी, कमलबहादुर चौधरी, चुन्की चौधरी, चन्द्रबहादुर थारु, सम्झना चौधरी, विष्णु चौधरी र परदेशी चौधरी रहेका छन। उनीहरु रसुवाको कुन ठाउँमा कार्यरत थिए भन्ने समेत नखुलेको स्थानीय खड्काले बताए।
थारु समुदायका थुप्रै व्यक्तिहरु रोजगारीका क्रममा रसुवा जाने चलन बढेको छ। पछिल्लो समय सयौंको संख्यामा थारु समुदायका व्यक्तिहरु मजदुरी गर्न त्यहाँ पुगेका छन। यसले रसुवा बाढीमा कैलालीबाट मजदुरीका लागि त्यहाँ पुगेका थुप्रै व्यक्तिहरु हताहती भएको हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै एनएमबी बैंकको टिमुरे शाखामा कार्यरत टीकापुर नगरपालिका वडा नम्बर १ का सुभाष रावल समेत सम्पर्कबिहिन छन। उनी कार्यरत बैंक रहेको भवन बाढीले बगाएको छ। उनी लगायत बैंकका अन्य कर्मचारी समेत सम्पर्कबिहिन छन।