विनाशकारी भोटेकोशी बाढीपछिको जोखिम कम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
०२ असोज २०८३
•
५ मिनेट पाठ
विनाशकारी भोटेकोशी बाढीपछिको जोखिम कम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
रसुवाको विनाशकारी भोटेकोशी बाढीपछिको जोखिम टार्नका लागि सञ्चारमाध्यम र सरोकारवालाको भूमिका महत्वपूर्ण हुने विज्ञहरूले जोड दिएका छन्।




सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल र सार्वजनिक सेवा प्रसारण (पीएसबी) सँगको सहकार्यमा एसिया–प्रशान्त प्रसारण विकास संस्थान (एआईबीडी) ले आयोजना गरेको अनलाइन छलफलमा विज्ञहरूले बाढीको विपद्पछि देखा पर्ने असर र जोखिमका बारेमा व्याख्या गरेका थिए।  

'नेपालको विपद् प्रतिकार्य: सुरक्षा, मानसिक स्वास्थ्य र अफवाहविरुद्धको अभियान' विषयक छलफलमा वक्ताका रूपमा सहभागी हुँदै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराबद्वारा सञ्चालित) सामुदायिक सूचना नेटवर्क (सीआईएन) का सम्पादक लिल प्रकाश चन्दले भदौ १० मा रसुवाको भोटेकोशी बाढीपछि रसुवा र नुवाकोट जिल्लाका सामुदायिक रेडियोको सञ्चालन, बाढीको प्रभाव मूल्याङ्कन तथा रिपोर्टिङमा स्थलगत रूपमा ४ दिन बिताउँदाको अनुभव सुनाए।  

बाढी आउँदै गरेको बारेमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सामाजिक सञ्जालमार्फत प्राप्त सूचनाका बारेमा जानकारी दिने, नागरिकलाई सुसूचित गराउने र सरोकारवालाको पूर्व तयारी, उद्धारमा भएका गतिविधिको बारेमा डिजिटल सामग्री उत्पादन तथा प्रसारणमा तीव्रता दिएको बताउँदै सम्पादक चन्दले विनाशकारी बाढीपछि डर र तनावका बीच सीआईएनले समाचार तथा सूचना र जानकारी केन्द्रित सामग्री निरन्तर उत्पादन तथा प्रसारण गरिरहेको उल्लेख गरे।  

बाढी आएको करिब २ हप्ता बित्दा पनि होल्डिङ सेन्टरमा बसेका बाढी प्रभावितले खानेपानी, राम्रो बास र सुरक्षाको अनुभूत गर्न नपाएको बताउँदै उनले भने, 'झाडापखाला, हैजा लगायतका सरुवा रोगको जोखिम बाढी प्रभावित क्षेत्रमा छ। प्रभावितलाई मानसिक समस्याका लक्षण पनि देखिन थालेका कारण उनीहरूलाई र पत्रकारलाई समेत मनोपरामर्श सेवा दिइनुपर्छ।'  

बाढी प्रभावित क्षेत्रमा पुगेका सञ्चारकर्मीले सङ्कलन गर्ने सामग्री र उनीहरूले दिने विषयवस्तुको बारेमा पनि सरोकारवालाले निगरानी नबढाउँदा अफवाह र भ्रामक सामग्री पनि सामाजिक सञ्जालमा देखिएको उनको भनाइ छ।

छलफलमा नेपाल टेलिभिजनका एडिटिङ चिफ निराजन खनालले भोटेकोशी बाढीपछि रिपोर्टिङका लागि बनाएको रणनीति र त्यस बेलाको मनस्थितिको बारेमा अनुभव सुनाए।  

काठमाडौंदेखि नुवाकोट र रसुवा जिल्लामा रिपोर्टिङका लागि नेपाल टेलिभिजनले नेपाली सेना तथा सरोकारवाला निकायसँग गरेको समन्वयको बारेमा उल्लेख गर्दै खनालले विकट भौगोलिक अवस्था, सडकको दूरावस्था तथा खराब मौसमका बीच पनि दोस्रोदिनदेखिन नै स्थलगत रूपमा रिपोर्टिङमा परिचालित भएको उनको भनाइ छ।  

वेबिनारमा सहभागी हुँदै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका अध्यक्ष अर्जुन गिरीले भोटेकोशी बाढीपछिको प्रभाव र अपनाउनुपर्ने सजगताका बारेमा छलफलको आयोजना गरेकोमा एआईबीडीलाई धन्यवाद दिँदै बाढीपछि राहत वितरण तथा पुन:स्थापनामा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने धारणा राखे।  

अध्यक्ष गिरीले रसुवा र नुवाकोट जिल्लाका सामुदायिक रेडियोको प्रसारण निरन्तर र प्रभावकारी बनाउनका लागि जेनेरेटरलगायतका केही उपकरण सामुदायिक रेडियोमा पठाएको र थप उपकरण सहयोगका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको बताए।  

बाढीपछिको जोखिम कम गर्नका लागि सूचना र जानकारीका माध्यमबाट समुदायलाई सजग बनाउनका लागि अकोराले निरन्तर सहयोग र समन्वयको काम गरिरहेको उनको भनाइ छ।  

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले नेपालमा आएको विनाशकारी बाढीपछिको जोखिम र सरोकारवालाको भूमिकाका बारेमा छलफल आयोजना गरेकोमा एआईबीडीलाई धन्यवाद दिँदै विपद्मा सार्वजनिक सेवा प्रसारणले जनतालाई सुसूचित गर्ने सामग्रीको उत्पादन तथा प्रसारणमा जोड दिएको बताइन्।  

विपद्पछिको जोखिम कम गर्नका लागि सूचनामूलक, जानकारीमूलक सामग्री निरन्तर प्रसारण गर्ने योजना रहेको पनि उनको भनाइ छ।  

छलफलमा नेपाली सेनाका प्रवक्ता, ब्रिगेडियर जनरल राजाराम बस्नेतले भोटेकोशी बाढी प्रभावितको उद्धारमा नेपाली सेनाले खेलेको नेतृत्वदायी भूमिकाका बारेमा जानकारी गराएका थिए भने सकभर चाँडो उद्धार गर्ने उद्देश्यका साथ नेपाली सेनाकाका विभिन्न तहका जनशक्ति बाढी प्रभावित क्षेत्रमा परिचालित भएको बताए।  

वेबिनारमा भारतको राष्ट्रिय मानसिक स्वास्थ्य तथा स्नायु विज्ञान संस्थानका डा कासी सेकरले भोटेकोशी बाढीपछि विभिन्न उमेर समूहका व्यक्तिमा फरकफरक प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने भएकाले यसबारेमा सचेतना जगाउनका लागि स्थानीय सामुदायिक रेडियो र अरु सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुने बताए।  

विनाशकारी बाढीका कारण गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति बढी प्रभावित भएका कारण मनोपरामर्शको सेवाका लागि सरकार र सरोकारवाला निकायले विशेष ध्यानुपर्ने सुझाव उनले दिए। डा सेकरले विपद्पछि पर्ने मानसिक स्वास्थ्य प्रभाव र सरोकारवालाको भूमिकाका बारेमा आफूले लेखेका आधा दर्जनभन्दा धेरै पुस्तक अकोराबमार्फत नेपाल पठाउने जानकारी दिँदै ती पुस्तक नेपाली वा यहाँ प्रचलनमा रहेका अरु मातृ भाषामा अनुवाद गरेर प्रकाशन तथा प्रसारणका लागि अनुमति दिने घोषणा पनि गरे।  

समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन समाज भारतका प्राध्यापक डा सूर्य प्रकाश गुप्ताले भोटेकोशी बाढी प्रभावितमा देखिन सक्ने असर न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी निकायको भूमिका महत्वपूर्ण हुने जनाउँदै आर्थिक,सामाजिक तथा मानसिक रूपमा पुन:स्थापनाका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए।

मलेसियन इन्टरनेसनल सर्च एन्ड रेस्क्यु (एमआईएसएआ) का अध्यक्ष क्याप्टेन के. बालाले भोटेकोशी बाढी प्रभावितलाई राहतका लागि आफूले पनि पहल गरिररहेको जानकारी गराउँदै बाढी पछि उद्धारका लागि सरकार र सरोकारवालाबीच राम्रो समन्वय आवश्यक रहेको बताए।

वेविनारको सहजिकरण गर्दै एआईबीडीका महासचिव फिलोमेना प्रागासमले बाढीपछि सामुदायिक रेडियोको भूमिका अझ धेरै महत्वपूर्ण हुनेमा जोड दिँदै मिथ्या र भ्रामक सूचना चिर्नका लागि पनि सही सूचना दिन सामुदायिक रेडियोले विशेष ध्यान पुर्‍याउनुपर्ने बताए।

अकोराब नेपाल र पीएबीएनको सहकार्यविना वेविनारको आयोजना गर्न सम्भव नहुने भन्दै उनले भोटेकोशी बाढीपछि ज्यानको कुनै प्रवाह नगरी पत्रकार र सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली सेनालगायतका सुरक्षा निकायले उद्धारमा चालेका हरेक कदम सराहणीय रहेको विचार राखे। वेबिनारमा नेपाललगायत विश्वका विभिन्न स्थानबाट गरी करिक १ सय जनाको सहभागिता रहेको थियो।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
२ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस