पानी अभावले मासियो मिथिलाको जुडशीतल पर्व
०१ वैशाख २०८३
•
७ मिनेट पाठ
पानी अभावले मासियो मिथिलाको जुडशीतल पर्व
नयाँ वर्ष पारम्भका दिन आज मधेशको मिथिला क्षेत्रमा हिलो खेलेर वर्षभरि सहकाल होस् भन्ने कामना गर्दै जुडशीतल पर्व मनाइन्छ।




तर यस क्षेत्रका अधिकांश वस्तीमा पानीका स्रोतका मुहान चैतमै सुकेर, पोखरी, डबरा (स-साना पोखरी आकारका खाल्डा) मा धाँजा फाटेपछि यहाँ माटोको हिलो देखिएको छैन। हिलो कतै नदेखिएपछि जुडशीतल पर्वको रौनकता नै हराउने चिन्ता बढेको छ।

कृषिसँग गहिरो नाता राख्ने जुडशीतल पर्व हिलो खेल्न नपाएर निरस हुनसँगै यहाँ खेतीपाती मात्र नभएर राम्रो पानी परेर मुहान नरसाएसम्म खानेपानीकै हाहाकार पर्ने गर्छ।

खासगरी जिल्लाको उत्तरी क्षेत्रका गौशाला, बर्दिबास र भङ्गाहा नगरपालिका क्षेत्रमा नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैत नसकिदै खानेपानीको सङ्कट ब्यहोर्नु परेको बर्दिबास–१२ डाँडाटोल बिजलपुराका विश्वनाथ सिंह (६५ वर्ष) कुशवाहा बताउँछन्।

‘नयाँ वर्ष सुरु हुँदा हामीकहाँ हिलो खेलेर सहकालको कामना गर्ने मैथिल परम्परा छ’ कुशवाहाले भने,‘तर चैत नसकिदै इनारको पानीको सतह गहिरिंदै गएर हाहाकार नै पर्न थालिसकेको छ, नयाँ वर्षमा खेलिने हिलो कहाँ पाउनु ?’ पानीकै अभावले जुडशीतलमा हिलो खेल्ने परम्परा अब सपना बनेको उनी बताउँछन्। कुशवाहा मात्र नभएर यहाँका आम सर्वसाधारण पानीको समस्याको ‘तारणहार’ (समस्या निदान गर्ने) बनेर को निस्कलान् भन्ने प्रश्न तेर्स्याउँछन्।

भर्खरै मुलुकमा निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको छ। नयाँ सरकारसँग आफ्ना दुःख सुखका अपेक्षा सँगालेका महोत्तरीबासी चढ्दो गर्मीसँगै अब पानीको सङ्कट सधैँलाई टार्ने काम होस् भन्ने आशमा छन्। पछिल्ला एकरडेढ दशकयता चैत नसकिदै पानीका स्रोतका मुहान सुक्ने समस्या यहाँका सर्वसाधारणको नियति नै बनेको छ। यो समस्याको दीर्घकालीन समस्या निदानमा सरकारले उपयुक्त कदम बढाओस् भन्ने यहाँका बासिन्दाको माग छ।

हिउँद्मा वर्षा हुँदा मुहान रसाई रहेर पानीको समस्या कम हुने यहाँका बासिन्दाको विगत अनुभव छ। यसपालि हिउँद्मा पानी नपरी बित्दा मुहान सुक्न थालेका हुन्। चैत लागेपछि भने पानी परेको छ। ढिलो पानी पर्दा सुकेको मुहान रसाउन समय लाग्ने हुँदा यहाँ चैत नसकिदै पानीको समस्या बढ्न थालेको भङ्गाहा–४ प्रेमनगरका जवाहर महतो बताउँछन्।

‘यसपालि हिउँद्भरि पानी नपर्दा इनारमा पानीको सतह गहिरिएको छ’ घर अगाडिको इनार देखाउँदै महतोले भने, ‘चैत लागेयता भने पानी परेको छ, ढिलो पानी परेको हुँदा मुहान रसाउन पाएको छैन।’ अब केही दिनको फरकमा पानी परिरहे मुहान रसाउने आश भने पलाएको उहाँ बताउनुहुन्छ। चैत लागेयता १०/१२ दिनको फरकमा केहीबेर वर्ष भए पनि मुहानहरू अझै राम्ररी नरसाउँदा खानेपानीको अभाव हुन थालेको यहाँका बासिन्दा बताउँछन्।

‘हिउँद्भरि पानी नपर्दा मुहान सुकेका छन्, चैत लागेयता पटकपटक परेको पानीले अझै मुहानमा चिस्यान भरिएको छैन। नयाँ वर्ष सुरु हुन अगावै यहाँ पानीको अभाव खट्किन लागेको छ’ भङ्गाहा–४ कै रामनगर बस्तीका ८० वर्षीय किसान दीपबहादुर फुँयालले भने।

पछिल्ला एकरडेढ दशकयता गौशालाका १२ मध्ये आठ, बर्दिबासका १४ र भङ्गाहा नगरपालिकाका नौमध्ये तीन वटा वडा बस्तीमा गर्मीयाममा खानेपानीको समस्या बढ्दै गएको छ।

बर्दिबासमा अधिकांश बस्तीमा नदी र खोल्साखोल्सीको पानी सङ्ग्रह गरेर टङ्कीमा भण्डारण गरेर धाराबाट वितरण गरिन्छ। गर्मीयाममा नदी र खोल्साखोल्सी सुकेपछि यहाँ बर्सेनिजसो खानेपानीको अभाव सर्वसाधारणले व्यहोर्दै आएका छन्।

’दुई दिन भयो, पानी धेरै चाहिने बिहानरबेलुकाको समयमा धारामा पानी आउन छाडेको छ’ बर्दिबास–१ को मुख्यचोककै बासिन्दा उद्धवबहादुर क्षत्रीले भने, ‘वैशाख नलाग्दै यो अवस्था छ, जेठको प्रचण्ड रापमा झन् के होला ?’

पानीको यो समस्याले मुखमा आएको नयाँ वर्षमा मनाइने जुडशीतल पर्वबारे पछिल्लो किशोर पुस्तालाई कथा हालेर बताउनुपर्ने अवस्था बन्दै गएको बर्दिबास–१४ का पूर्व वडाध्यक्ष भरतबहादुर हमालको भनाइ छ । गर्मी बढेसँगै महुानमा पानी घटेपछि यसको असर उपभोक्तामा परेको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष राजेन्द्र थापाले स्वीकार गरे ।

‘गर्मी याममा मुहानमा पानी घटेपछि ट्याङ्कीमा भरिन समय लाग्छ, त्यसैले गर्मी यामभरि सबैतिरका धारामा पानी पुर्याउन समय व्यवस्थापन गर्नुपर्दा थोरै समस्या पर्ने गरेको छ’ थापाले भने, ‘तर हामो व्यवस्थापनले पानीको हाहाकार नै भने पर्न दिएको छैन ।’

बर्दिबासका वडा नं १, २, ३, ४, ५, ८, १०, ११ र १४ का बस्ती पूरै खोल्साखोल्सी र नदीबाट सङ्ग्रहित पानी धाराबाट वितरण गरिने प्रणालीको भरमा छन् । बर्दिबासकै ६, ७, ९, १२ र १३ का बस्तीमा भने धारा चलनमा रहेपनि इनार खानेपानीको मुख्य स्रोत रहँदै आएको छ ।

यसैगरी गौशालाका १, ३, ४, ५ ८, १०, ११ र १२ नम्बर वडाका बस्ती यस्तै सङ्ग्रहित पानी धाराबाट वितरण हुँदै आएका बस्ती हुन् । गौशालाका २, ६, ७ र ९ नम्बर वडाबस्तीमा खानेपानीका लागि धेरैजसो चापाकल प्रयोगमा छन् । यसैगरी भङ्गाहाका ३, ४ र ५ नम्बर वडाबस्तीमा खानेपानीका स्रोत इनार र चापाकल छन् । गर्मी चढ्दै गएसँगै यी पानीका स्रोतका मुहान सुक्दै गएपछि यहाँ पानीको अभाव बढ्ने गरेको छ । यो क्रम असारमा राम्रो वर्षा नहउञ्जेल रहने यस भेगका बासिन्दा बताउँछन्।

लामो खडेरी पर्दा जिल्लाको उत्तरीक्षेत्र मात्र नभएर सुदूर दक्षिणी भेगको जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रमा पनि खानेपानीको हाहाकार पर्ने गरेको छ । गत वर्ष जलेश्वरमा बाहिरबाट ट्याङ्करमा पानी ओसार्नु परेको जलेश्वर–१ का बासिन्दा ७० वर्षीय सुधीर साहले सम्झिए । दुई वर्षअघि जलेश्वर नगरपालिकाका १२ वडामध्येका अधिकांश बस्तीमा खानेपानीको हाहाकार परेको नगरबासी सम्झन्छन्।

पानीको दुःख चुरे पहाडि काछका बासिन्दाले पनि बर्सेनि भोग्दै आएका छन् । महोत्तरीको पूरै चुरे क्षेत्र बर्दिबास नगरपालिकामा पर्छ । यी काछबस्तीमा खानेपानीको मुख्य स्रोत जरुवाका मुहान सुक्दै गएपछि समस्या बढेको काछबासी बताउँछन् । चुरे पाहाडि काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नं वडाका ३० भन्दा बढी बस्ती छन् । पाखा बस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ।

'एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैनथे, पछिल्ला केही वर्षयता नदी, पाखा र बगर पर्ति जग्गामा बालुवा ढुङ्गा झिक्न ठूलठूला यन्त्र चल्न थालेपछि मुहान सुक्दै गएका हुन्' बर्दिबास–११ खयरमाराका सामाजिक अगुवा ७५ वर्षीय चन्द्रलाल गौतमले भने, 'वन उजाडिदै जानु र अवैध उत्खनन् नियन्त्रण हुन नसक्दा पानीका मुहान चाँडै सुक्ने गरेका हुन् ।'

अब सरकारले पानीका स्रोतको मुख्य मुहान चुरेको संरक्षण गर्न तत्काल ठोस पहलकदमी बढाउन पर्ने उनको भनाइ छ । ’सरकारले जलाधार क्षेत्रको संरक्षण र वन क्षेत्रमा पानी पुनर्भरणका पोखरीहरू बनाउन सके अहिले भोग्दै आइएको समस्या धेरै घट्छजस्तो लाग्छ’ गौतमको सरकारलाई सुझाव छ।

यसपालि राम्ररी हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा बालुवा, ढुङ्गा उत्खनन् गर्नेहरूले ठूल्ठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा नदी र खोल्साखोल्सी सुक्दै गएका छन् । यसैगरी इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैत नसकिदै खानेपानीको अभाव हुन लागेको चुरे तथा जलाधार विज्ञको भनाइ छ ।

‘मधेसमा पानीको स्रोतको मुख्य मुहान चुरे नै हो’ चुरे विज्ञ जिल्लाकै भङ्गाहा–७ मेघरोलका बासिन्दा डा. विजयकुमार सिंहले भने, ‘यो मुख्य स्रोतको संरक्षणमा तीनै तहका सरकारको समन्वयात्मक पहलकदमी आवश्यक छ ।’

तर यो काम सरकारका प्राथमिकतामा नपर्दा दिनदिनै पानीको सङ्कट झनझन गहिरिदै गएको उनको ठम्याइ छ । यसमा सङ्घीय र प्रदेश सरकारभन्दा स्थानीय सरकारको तदारुखता बढी व्यवहारिक र उपलब्धिमूलक हुने डा. सिंह बताउँछन् ।  

’विकास निर्माणका योजना र पूर्वाधार विकासका कतिपय योजना चुरे र वन क्षेत्रको भौगोलिक अवस्थाको ख्याल नगरी बनिदा छन्, चुरेको माटो अत्यन्त खुकुलो छ, यहाँ सडक, पुलपुलेसा बनाउन ढिस्का झार्न यान्त्रिक उपकरण प्रयोग गरिन्छन्’, डा. सिंहले भने,‘यसले बर्सेनी पहिरो खस्ने र गेग्¥यानले पानीका मुहान पुरिंदै गएका छन् ।’ यसबाहेक विश्वव्यापी जलवायु परिवर्तनको असरले सन्तुलित वर्षामा प्रतिकूल प्रभाव पारेको उहाँको भनाइ छ । यो असरलाई भने यसकै अनुकूलन हुनेगरी सकारात्मक अभ्यासमा जानपर्ने डा. सिंहको सुझाव छ।

खासमा स्थानीय तहहरूले प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने विज्ञ बताउँछन् । चुरे पहाड, जलाधार क्षेत्र र वनक्षेत्रको संरक्षण, वनक्षेत्र र पर्ति जग्गामा पुनर्भरण पोखरी निर्माण र चुरेबाट निस्कने खोल्साखोल्सीबाट बग्ने गेग्र्‍यान व्यवस्थापनको मुख्य नेतृत्व स्थानीय तहले लिएर प्रदेश र सङ्घीय सरकारसँग समन्वयमा काम बढाउनसके क्रमशः अवस्थामा सुधार हुँदै जाने चुरे तथा जलाधार क्षेत्रको संरक्षणमा लामो अनुभव सँगाल्नु भएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासका अध्यक्ष चुरेविज्ञ नागदेव यादवले बताए। रासस
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस