ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले पाउने पारिश्रमिक बापतको अहिलेसम्मको करिब साढे १५ लाख बढी रकम असहायका र अपाङ्ग बालबालिकाको आवासीय छात्रवृत्तिका लागि खर्च गर्ने भएका छन् ।
पालिकाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि पारित गरेको नीति तथा कार्यक्रममा अध्यक्षले प्राप्त गर्ने मासिक सुविधा बापत हालसम्म १५ लाख ५९ हजार ९ सय २० रुपैयाँ रकम रहेको र उक्त रकम पालिकाभित्र रहेका अभिभावकविहीन,असहाय र अपाङ्गता भएका बालबालिकाको पढाइका लागि आवासीय छात्रवृत्तिमा खर्च हुने उल्लेख गरिएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमार्फत अध्यक्षमा निर्वाचित पालिका अध्यक्ष लिम्बूले निर्वाचनताका आफूले निर्वाचन जिते आफुले मासिक पारिश्रमिक नलिने बताएका थिए । सोही प्रतिबद्धता अनुसार पालिका अध्यक्ष लिम्बूले अहिलेसम्म पाउनुपर्ने मासिक पारिश्रमिक बापतको रकम फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसन नामको संस्था खोली सोही संस्थाको खातामा जम्मा गरिँदै आएको छ ।
पालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत उक्त रकम बापतको कार्यक्रम बनाई चालु आर्थिक वर्षदेखि पालिकाभित्र रहेका अभिभावकविहीन,असहाय र अपाङ्गता भएका बालबालिकाको पढाइका लागि आवासीय छात्रवृत्तिमा खर्च गर्ने वैधानिक आधार दिएको छ । फक्ताङलुङले चालु वर्षमा फक्ताङलुङ गाउँपालिका भित्र रहेका प्रमुख पर्यटकीय स्थलहरूको प्रवर्द्धन र प्रचारप्रसार गर्न प्रमुख पर्यटकीय स्थल ओलाङचुङगोलामा पर्यटन महोत्सव आयोजना समेत गर्ने भएको छ ।
पालिकाले अन्तरपालिका स्तरीय फक्ताङलुङ गोल्डकप तथा सांस्कृतिक महोत्सव समेत यसैवर्ष आयोजना गरिने पालिकाले जनाएको छ । पालिकाले फुटबल र भलिबल विधाका एक–एक जना प्रशिक्षकलाई सेवा करार गरी पालिका भरी प्रशिक्षणमा खटाउने भएको छ । पालिकाभरिका दुई विद्यालयलाई पालिका नमुना विद्यालय छनौट गर्ने तथा प्राविधिक धारतर्फ इलेक्ट्रोनिक इन्जिनियरिङ पढाई रहेको सिँवा माध्यमिक विद्यालयमा फक्ताङलुङ ठेगाना भएका विद्यार्थीलाई निःशुल्क र सो भन्दा बाहिरबाट आउनेलाई ५० प्रतिशत छुटमा पढाउने व्यवस्था समेत फक्ताङलुङले गर्ने भएको छ ।