जलवायु नेतृत्वलाई पहिचान गर्न नेट-जिरो मान्यता
२७ कार्तिक २०८३
•
३ मिनेट पाठ
जलवायु नेतृत्वलाई पहिचान गर्न नेट-जिरो मान्यता
‘नेट-जिरो रिकग्निसन फ्रेमवर्क’ (एनजेडआरएफ) आज कोप–३१ सम्मेलनमा सार्वजनिक गरिएको छ।




संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले गैरराज्य पक्षका निकायको जलवायु नेतृत्वलाई पहिचान तथा प्रोत्साहन गर्न सार्वजनिक भएको  हो।

गैरराज्य पक्षका निकायले शून्य खुद कार्बन उत्सर्जन (नेट–जिरो) हासिल गर्न अघि बढाएका विविध प्रयासलाई पारदर्शी बनाउने र उनीहरूको नेतृत्वलाई पहिचान गर्ने उद्देश्यले यो ढाँचा ल्याइएको सचिवालयले जनाएको छ।

उक्त स्वेच्छिक ढाँचाले व्यवसाय, वित्तीय संस्था, सहर, क्षेत्रीय सरकार तथा अन्य गैरराज्य पक्षका निकायलाई  नेट–जिरो प्रतिबद्धताका आधारमा तय गरिएका मापदण्ड र लक्ष्य प्राप्तिका लागि भएका प्रगति सार्वजनिक गर्ने अवसर प्रदान गर्नेछ।

सन् २०१४ देखि गैरराज्य पक्षको जलवायु कार्यका लागि संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले सञ्चालन गर्दै आएको विश्वव्यापी मञ्च ‘नाज्का’ (नन–स्टेट एक्टर जोन फर क्लाइमेट एक्सन) पोर्टलमार्फत  स्वेच्छाले आबद्ध हुने संस्थाका विवरण सार्वजनिक गरिनेछ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले नेट–जिरो मान्यता ढाँचा पारदर्शिताका लागि महत्त्वपूर्ण उपकरण भएको बताए।

उनले भने, “संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनको नेट-जिरो मान्यता ढाँचा पारदर्शिताका लागि महत्त्वपूर्ण उपकरण हो र आज यो परीक्षण चरणबाट कार्यान्वयनमा प्रवेश गरेको छ। नवीकृत नाज्का पोर्टलमार्फत कम्पनी, वित्तीय संस्था, सहर, क्षेत्रीय सरकार लगायतले आफ्ना योजना सार्वजनिक गर्न र प्रगतिको विवरण प्रस्तुत गर्न सक्नेछन्।”

गैरराज्य पक्षका जलवायु कार्यमा थप तथ्याङ्क र पारदर्शिताको आवश्यकता पूरा गर्दै आगामी दिनमा जलवायु कार्यलाई थप प्रभावकारी बनाउन प्रमाणमा आधारित आधार तयार गर्नु यसको उद्देश्य रहेको छ।

नेट–जिरो मान्यता ढाँचाको प्रारम्भिक चरणमा आठवटा योग्य नेट–जिरो पहलले नेतृत्व गरिरहेका छन्। कोप–३१ सुरु हुनुअघिका दुई महिनामा ७८ संस्थाले यस ढाँचामा सहभागी हुन सहमति जनाएका छन्।

यसमा छ करोड ५० लाखभन्दा बढी जनसङ्ख्याको प्रतिनिधित्व गर्ने उपराष्ट्रिय सरकार, २२ देशमा सञ्चालनमा रहेका कम्पनी तथा संस्था सहभागी छन्। तीमध्ये केही कम्पनी तथा संस्थाको कार्यक्षेत्र १०० भन्दा बढी देशमा फैलिएको छ।

सहभागी निकायमा फेसन, मदिराजन्य पेय (वाइन), खेलकुद, साना तथा मझौला उद्यम र उपराष्ट्रिय सरकार लगायत विविध क्षेत्र समेटिएका छन्।

उनीहरूका अनुभव र दृष्टिकोणले नेट–जिरो प्रतिबद्धता तथा त्यसका आधारभूत मापदण्डलाई सबैका लागि थप पारदर्शी र पहुँचयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेट–जिरो हासिल गर्ने यात्राका पाँच चरणमा आधारित छ। ती चरणमा सार्वजनिक प्रतिबद्धता, रूपान्तरण योजना, प्रगति प्रदर्शन, अन्तरिम लक्ष्य हासिल र नेट–जिरो लक्ष्य प्राप्ति रहेका छन्।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयका पारदर्शिता निर्देशक सुएहोङ वाङले नेट–जिरो यात्रालाई पारदर्शी बनाएर महत्त्वपूर्ण नेतृत्व प्रदर्शन गरिरहेको बताए।

नेट–जिरो ढाँचा कार्यान्वयनमा प्रवेश गरेसँगै सम्बन्धित  निकायलाई आबद्ध हुन आह्वान गरिएको छ। आबद्ध संस्थालाई  स्वेच्छाले यस ढाँचामा सहभागी हुन आमन्त्रण गरिएको छ।आवश्यक योग्यता, मापदण्ड र आवेदनसम्बन्धी विवरण संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयको वेबसाइटमा उपलब्ध छ।
अर्को समाचार
लागूऔषधसहित चार जना पक्राउ
२९ मिनेट अघि
•
१ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापा। झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।




त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। उनको कोठाबाट डिजिटल तराजु, छुरी, कैँची र नगद १३ लाख ३९ हजार  रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–२ का २३ वर्षीय सचिन राई, दमक–७ की ३० वर्षीया मिना राई, सोही ठाउँकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर–१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-रासस
मुगुको रारा ताल पुग्यो  दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुगुको रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस