अझै सञ्चालनमा आएन निगाले सिमेन्ट
०८ मंसिर २०८३
•
४ मिनेट पाठ
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट
आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एक मात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि पुनः सञ्चालनमा आउन सकेको छैन। उद्योग बन्द हुँदा १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् भने कोशी प्रदेशका पहाडी जिल्लाको सिमेन्ट आपूर्तिमा समेत असर परेको छ।




छथर जोरपाटी गाउँपालिका–६, सिधुवाँमा सञ्चालित उद्योगको दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता थियो। आर्थिक मन्दी, बजारमा सिमेन्टको माग घट्नु र कच्चा पदार्थको मूल्य बढ्दै जानुका कारण उत्पादन क्षमता घटेर दैनिक तीन हजार बोरामा सीमित भएको थियो।

निरन्तर घाटा हुन थालेपछि उद्योग बन्द गर्नुपरेको सञ्चालक दिनेश पौडेलको भनाइ छ। तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी नरहेको र पुनः सञ्चालनको सम्भावना पनि नरहेको उनको भनाइ छ।

सानो उद्योग भएकाले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताउँदै पौडेल बताउँछन्। उद्योग स्थापना भएदेखि नै भौगोलिक अवस्थिति र चिसो मौसमका कारण उत्पादन क्षमताअनुसार सञ्चालन हुन नसकेको सञ्चालकको भनाइ छ। दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन दैनिक १५० टनमा सीमित हुने गरेको थियो।

भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्सम लगायत कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि उत्पादन लागतसमेत वृद्धि भएको उद्योगले जनाएको छ। एकातिर उत्पादन खर्च बढ्दै जानु र अर्कोतर्फ सिमेन्ट बिक्रीमा कमी आउनुले उद्योग निरन्तर घाटामा गएको पौडेलले बताए।

उद्योग सञ्चालनमा रहँदा धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभाको सिमेन्ट मागको करिब ८० प्रतिशत आपूर्ति गर्दै आएको थियो। उद्योग बन्द भएपछि यी जिल्लाको बजारले अन्य जिल्लाका सिमेन्ट उद्योगबाट आपूर्ति गर्नुपर्ने अवस्था आएको छ।

उद्योग बन्द हुँदा स्थानीय अर्थतन्त्र प्रभावित

निगाले सिमेन्ट बन्द हुनु उद्योग सञ्चालकको मात्र समस्या नभई समग्र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय बनेको छ। उद्योग बन्द भएपछि प्रत्यक्ष रूपमा काम गर्ने मजदुर र प्राविधिक कर्मचारीसँगै ढुवानी व्यवसायी, स्थानीय व्यापारी तथा उद्योगमा निर्भर अन्य व्यवसायसमेत प्रभावित भएका छन्।

कोरोना महामारीपछि देशभर देखिएको आर्थिक सङ्कटको असर धनकुटाका साना तथा मझौला उद्योगमा परेको धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीराम रायमाझीले बताए।

उद्योग पुनः सञ्चालनका लागि सङ्घले समस्याको पहिचान गरी आवश्यक पहल गर्ने तयारी गरेको रायले बताए। स्थानीयस्तरबाट समाधान गर्न सकिने समस्या तथा कच्चा पदार्थ आपूर्तिसम्बन्धी समस्या भए त्यसको समाधानका लागि पहल गर्न सकिने उनको भनाइ छ तर समस्या उद्योग सञ्चालककै आन्तरिक कारणसँग सम्बन्धित भए सङ्घले प्रत्यक्ष रुपमा समाधान गर्न नसक्ने उनले बताए। तीनै तहका सरकारले समन्वय गरेर उद्योग सञ्चालनका लागि पहल गर्नुपर्ने भए पनि अहिलेसम्म सरकारी पक्षबाट ठोस पहल हुन नसकेको रायको भनाइ छ।

उद्योग सञ्चालकको आन्तरिक कारणले उद्योग बन्द भएको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रकुमार सुब्बाले बताए। उनले आन्तरिक कारणले बन्द भएकाले कुनै पहल गर्न नसकेको बताउँदै स्थानीयको कारणले वा अन्य कारणले भन्ने जानकारीमा नआएको बताए। उद्योग बन्द हुँदा स्थानीय रोजगारी र आर्थिक गतिविधिमा ठूलो असर परेको उनको भनाइ छ। उद्योगमा कार्यरत मजदुर, प्राविधिक कर्मचारी, ढुवानी व्यवसायी र उद्योगसँग जोडिएका स्थानीय पसल तथा व्यवसायसमेत प्रभावित भएका छन्।

विद्युतकाे १६ करोड र गाउँपालिकाको २२ लाख बक्यौता

उद्योगको आर्थिक सङ्कटलाई थप जटिल बनाउने अर्को विषय विद्युत् महसुल र गाउँपालिकाको बक्यौता बनेको छ। नेपाल विद्युत् प्राधिकरण धनकुटाका अनुसार गत असोज मसान्तसम्म उद्योगले जरिवानासहित १५ करोड ८३ लाख आठ हजार ६२९ रुपैयाँ ३० पैसा विद्युत् महसुल तिर्न बाँकी छ।

समयमै महसुल भुक्तानी नहुँदा जरिवाना थपिएर बक्यौता रकम दोब्बरभन्दा बढी पुगेको प्राधिकरणका कर्मचारी हेमचन्द्र थापाले बताए। ठूलो रकमको विद्युत् महसुल बक्यौता पनि उद्योग पुनः सञ्चालनका लागि चुनौती बनेको छ।

यस्तै, उद्योगले उत्पादन गर्ने प्रत्येक बोरा सिमेन्टबाट एक रुपैयाँका दरले छथर जोरपाटी गाउँपालिकालाई बुझाउने सहमति भएको गाउँपालिका अध्यष सुब्बाले बताए। सुरुका वर्षमा उद्योगले गाउँपालिकालाई रकम बुझाउने गरे पनि पछिल्लो समय उक्त रकम भुक्तानी नगर्दा करिब २२ लाख रुपैयाँ बक्यौता रहेको अध्यक्ष सुब्बाले बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस