झापाकी निर्मला ‘उद्यमीहरूकी गुरुआमा’
२८ कार्तिक २०८२
•
६ मिनेट पाठ
झापाकी निर्मला ‘उद्यमीहरूकी गुरुआमा’
हँसिलो अनुहार, मिजासिलो व्यवहार र दर्बिलो आत्मविश्वास भएकी निर्मला चौहान भण्डारी ‘उद्यमीहरूकी गुरुआमा’ भनेर चिनिएकी छन्। मेचीनगर नगरपालिका–१२ निवासी उनले एक दशकमा चार सयभन्दा बढी महिलालाई आफूले जानेको सीप र अनुभव सिकाएर उद्यमी बनाएकी छन्। “चुलो र भान्सामा सीमित महिला दिदीबहिनीहरूलाई आफ्नै खुट्टामा उभिन सबैभन्दा पहिला आवश्यक कुरा उद्यमशील बन्ने सीप हो”, उनी भन्छिन्, “पुरुषले कमाउँछन् र महिलाले त्यसमै निर्भर हुनुपर्छ भन्ने पुरातन सोचमा परिवर्तन ल्याउन मैले तालिम र उद्यमशीलताको अभियान नै चलाएको छु।”




उनी आफूले सञ्चालन गर्ने तालिम र उत्पादन हुने वस्तुमा स्थानीय स्रोतको प्रयोग गर्छिन्। मकैको खोसेला, धानको पराल, रुद्राक्षको दाना, केराको दाम्चाको रेसाजस्ता सामग्रीबाट उनी आकर्षक झोला, गुन्द्री, पिरा, चप्पल, फूल र सजावटका सामानहरु बनाउन सिकाउँछिन्। घर वरिपरि खेर गइरहेका यस्ता कच्चा पदार्थको उपयोगबाट कलात्मक सामग्री उत्पादन हुँदा मुनाफा राम्रो पाइने र वातावरण संरक्षणमासमेत ठूलो योगदान पुग्ने उनको धारणा छ।

धुप, साबुन, सरफ, हार्पिक, फिनेललगायतका दिनहुँ घरमा काममा आउने सामान बनाउनसमेत उनले तालिम दिँदै छिन्। गाउँघरमै पाइने तरकारीहरुबाट स्वादिला अचार बनाउने तालिम उनले प्रदान गर्दै आीकी छन्। उनले यस्ता तालिम झापा जिल्लामा मात्र नभएर कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गर्दै आएकी छन्। खासगरी ग्रामीण क्षेत्रका सयौँ महिला उनीबाट सीप सिकेर आयआर्जन गर्ने तहसम्म लाभान्वित भइसकेका छन्।

सीप सिक्ने र सिकाउने उनको यो यात्रा एकाएक सुरु भएको होइन। विद्यार्थी जीवनदेखि नै उनी धागो र कपडासँँग खेल्न रुचाउँथिन्। विसं २०५५ तिर इलाम क्याम्पसमा अध्ययन गर्दै गर्दा उनमा सामाजिक काम गर्ने र आत्मनिर्भरताका लागि आफू उदाहरण बनेर अरुलाई प्रेरित गर्ने चाहना पलाएको थियो। २०५६ सालमा विवाह गरेर मेचीनगर आएपछि उनले २०६४ सालमा घरेलु कार्यालय झापाले आयोजना गरेको उद्यमशीलतासम्बन्धी १० दिने तालिम लिइन्। त्यही तालिमले नै उनको जीवनलाई नयाँ मोड दिएको देखिन्छ।

“हरेक महिलाका लागि क्याम्पसमा पढ्दा र बिहे गरेपछिको अवस्थामा परिवर्तन हुन्छ”, उनी भन्छिन्, “मैले चाहिँ बिहे गरेपछिको अवस्थालाई जीवनको नयाँ अध्याय सुरु गर्ने अवसरका रूपमा लिएँ। पहिला आफू आत्मनिर्भर हुने र गाउँका दिदीबहिनीलाई पनि त्यही बाटोमा डोहोर्‍याउने सङ्कल्पका साथ तालिमको भरपुर सदुपयोग गरेँ। यसमा परिवारको दर्विलो साथ थियो।”

विसं २०६५ मा तत्कालीन धाइजन गाउँपालिकामा सगरमाथा सामुदायिक विकास केन्द्र चन्द्रगढीले आयोजना गरेको सात दिवसीय गुडिया बनाउने तालिम लिएपछि निर्मलामा उद्यमी बन्ने सोच आयो। उनले तालिमपछि आफ्नै घरमा ‘जागरूक लघु उद्योग’ स्थापना गरिन्। सुरुआती समयमा उनीसँग एउटा सिलाई मेसिन मात्र थियो। घरेलु कार्यालयले सहयोगस्वरूप अर्को मेसिन उपलब्ध गराएपछि उनले दुई मेसिनबाट गुडिया र झोलाको व्यावसायिक उत्पादन थालिन्। सुरुसुरुमा त गाउँलेहरूले घरमै उद्योग चल्ने कुरामा पत्यार गरेका थिएनन्।

चिटिक्क परेका झोला र गुडिया उत्पादन हुन थालेपछि गाउँघरमै यसको बिक्री बढ्यो। वल्लो र पल्लो गाउँ हुँदै सहरसम्म निर्मलाको सीप र उत्पादनको चर्चा र प्रशंसा बढ्न थाल्यो। यसबाट उनको ख्याति मात्र बढेन, उनीसँग तालिम लिन र सामान किन्न आउनेको लर्को नै लाग्न थाल्यो।

“आफूले उत्पादन गरेको सामान बिक्री हुन थालेपछि मनोबल र उत्साह बढ्दो रहेछ”, उनले सङ्घर्षमय दिनहरू सम्झिदै भनिन्, “एकातिर आम्दानी बढ्यो, अर्कातिर मलाई पनि सीप सिकाइदिनु भन्दै महिला दिदीबहिनी र सङ्घसंस्था धाउन थाले। बल्ल आफ्नो सपना पूरा हुन थाल्यो भनेर म झनै उत्साही भएर लागें।”

त्यसपछि उनी कुशल प्रशिक्षकका रूपमा प्रख्यात भइन्। सयौं स्थानमा तालिम दिएका महिलालाई उद्योग खोलेर आफ्ना उत्पादनहरू बजार पुर्‍याउन हाैस्याउन थालिन्। धेरैले उनलाई गुरुआमा भन्न थाले।

उनले एक दशकमा पाँच हजारभन्दा बढी महिलालाई आत्मनिर्भर बनाउने तालिम प्रदान गरेको बताइन्। उनीसँग सीप सिकेका चार सयभन्दा बढी महिलाले घरेलु उद्योग नै सञ्चालन गर्दै छन्। “घरमै बसेर थोरै लगानीमा उद्यमी बन्न सकिन्छ भन्ने कुरामा आश्वस्त तुल्याएर सीप सिकाइरहेकी छु”, उनी भन्छिन्, “आफैंले सञ्चालन गरेको पुनः जागृति केन्द्र नामक प्रशिक्षण केन्द्र एवं घरेलु उद्योगमा २५ महिलालाई प्रत्यक्ष रोजगारीसमेत दिंदै छु। यही सफलता नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पति हो।”

विसं २०७२ देखि उनलाई सरकारी निकायले प्रशिक्षकको रूपमा औपचारिक मान्यता दिएर तालिमहरूमा परिचालन गर्न थाल्यो। पुनः जागृति सीप केन्द्र नामक तालिम दिने संस्था भने २०७८ सालमा घरेलु कार्यालयमा दर्ता गराएका थिए। हाल यही केन्द्र मार्फत उनको तालिम र प्रशिक्षण अभियान कोशी प्रदेशका १० जिल्लामा फैलिएको छ। मधेस प्रदेशको सिराहा र सप्तरीसम्म पनि पुगेर महिलाहरूलाई सीप सिकाउने र आत्मनिर्भर बनाउन लागिरहेको उनले बताइन्।

उनले घरमै बसेर आत्मनिर्भर बन्ने खालका सीपहरूमा महिलाको आकर्षण रहेको र यसबाट महिनामै लाखौँ कमाइ गर्न सकिने बताइन्। “सिन्केधुपको विकल्पमा हामीले स्थानीय क्षेत्रमा खेर गइरहेका फूलपाती बटुलेर धुलो बनाई बाती बनाइरहेका छौं”, उनले भनिन्, “तर स्थानीय सरकारले नीति नबनाउँदा बाहिरको सामग्रीले बजार कब्जा गरेको छ। ग्रामीण महिलाले उत्पादन गरेका वस्तुको बजारका लागि सरकारले सघाउनुपर्ने खाँचो छ।”

सीप सिक्ने इच्छा शक्ति भएका विपन्न, असहाय र अपाङ्गता भएका महिलालाई घरमै पुगेर निः शुल्क सीप सिकाउने र व्यवसायका लागि स्रोत जुटाइदिने कार्यमा समेत आफू लागिरहेको उनले बताइन्।

कुनै महिलालाई आत्मनिर्भर र उद्यमी बन्न सबैभन्दा परिवारकै साथ हुनुपर्ने उनी बताउँछिन्। उनले सफल प्रशिक्षक र उद्यमीको रूपमा आफू चिनिनुमा पति राजु भण्डारीको उल्लेख्य भूमिका रहेको बताइन्। आवश्यक कच्चा पदार्थ ल्याइदिने, बजारीकरणमा सहयोग गर्ने लगायतका काममा पतिको सहयोग रहेको उनी बताउँछिन्।

मेची उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष समेत रहेकी निर्मलाले महिला उद्यमी समिति बनाएर त्यसै मार्फत धेरैलाई तालिम, परामर्श र बजारको पहुँचको विषयमा सहयोग गरिरहेको बताइन्।

महिला उद्यमशीलता अभियानमा लागेकी निर्मलाको यात्रा लोभलाग्दो र प्रेरणादायी भए तापनि यस क्षेत्रमा चुनौति र समस्याको चाङ पनि कम छैनन्। “हामीले उत्पादन गरेका सामाग्री राम्रा छन् तर बजार छैन,” उनी भन्छिन्, “ब्रान्डिङ गर्न सकेका छैनौं। बजारमा प्रतिस्पर्धा गर्न सजिलो छैन। राज्यले प्रोत्साहनको उत्साहजनक नीति र कार्यक्रम ल्याउन सकेको छैन।”

निर्मला स्थानीय सरकारलाई बजार विस्तारका लागि आग्रह गरिरहेको बताउँछिन्। साप्ताहिक रैथाने बजार सञ्चालन गर्न सके स्थानीय उत्पादनको बजार विस्तार हुने र उद्यमी महिलालाई राहत पुग्ने उनी बताउँछिन्। जहाँ मेला, महोत्सव लाग्छन् त्यही पुर्‍याएर आफूले उत्पादन गरेका सामग्रीको बिक्री गर्नुपर्ने कतिपय बाध्यता रहेको बताइन्।

स्थानीय सरकारसँग धेरैपटक नीति बनाएर उद्यमी महिलालाई सहयोग गर्न आग्रह गरेको बताइन्। महिलाले उत्पादन गरेका झोला नगरमा सञ्चालन हुने विद्यालयका विद्यार्थीसम्म पुग्ने हो भने पनि धेरैले रोजगार पाउने उनी बताउँछिन्।

उनले सीप सिकाउने र सिक्ने संस्कारले बेरोजगारी घट्ने र महिलाको आर्थिक सशक्तिकरणमा मद्दत मिल्ने बताइन्। उनले धेरै महिलाले सीप सिकेर परिवार पाल्न सक्षम भएका उदाहरण दिँदै भनिन्, “मेरो सपना भनेकै हरेक घरका महिला सीप सिकेर आत्मनिर्भर बनून् भन्ने हो।”

निर्मलाले प्रशिक्षण प्रदान गरेका धेरै महिला अहिले प्रशिक्षककै रूपमा काम गर्दै छन्। मेचीनगर-१३ की निर्मला खनालले उनीबाट तालिम लिएर हाल प्रशिक्षकको रूपमा काम गरिरहेको बताइन्।

“व्याग र बुटिक सम्बन्धी तालिम दिएर निर्मला दिदीले उद्यमी बनाउनुभयो”, उनी भन्छिन् “जतिबेला म सङ्कटबाट गुज्रिरहेकी थिएँ, त्यसबेला उहाँले नै तालिम दिएर हौसला बढाउनुभयो। अहिले उद्यमसँगै प्रशिक्षक समेत बनेर काम गर्दै छु।”

मेचीनगरको नारी कल्याणकारी महिला विकास संस्थाकी अध्यक्ष जानुका ओलीले प्रशिक्षक निर्मला चौहान भण्डारी समाजकी प्रेरणाकी स्रोत र उदाहरणीय व्यक्तित्व भएको बताइन्। उनले असहाय र विपन्नलाई तालिम दिएर स्वरोजगार बनाउँदा सयौं महिला आत्मनिर्भर बन्न सफल भएको बताइन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस