‘पोखरा घर’ सञ्चालन
२९ साउन २०८३
•
३ मिनेट पाठ
‘पोखरा घर’ सञ्चालन
पोखराको चिनारीका रूपमा निर्माण गरिएको ‘पोखरा घर’ सञ्चालनमा आएको छ।




पोखरा महानगरपालिकाको करिब साढे ५ करोड लगानीमा पोखरा पृथ्वीचोकमा ‘जेड’ आकारमा निर्माण गरिएको सो घर शुक्रबारदेखि सञ्चालनमा आएको हो।

पुरानो ट्राफिक कार्यालय रहेको स्थानमा निर्माण गरिएको घरको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले उद्घाटन गरे।

२ सय ८५ वर्गमिटरमा निर्माण गरिएको यो भवन पाँच तलाको छ। यो निर्माणका लागि ७ करोड ४६ लाख रुपैयाँ लागत अनुमान गरिए पनि कोजुई आरुसी आरुसु एबी–एसी जेभी निर्माण कम्पनीले ५ करोड ४२ लाख ६६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर निर्माण सम्पन्न गरेको हो।

शुक्रबारदेखि सञ्चालनमा आएको ‘पोखरा घर’लाई पोखरा महानगरपालिकाले बहुउद्देश्यीय भवनको रूपमा अगाडि बढाउने भएको छ। भवनको भूमिगत तला (अन्डरग्राउण्ड)मा पार्किङ राखिएको छ। कुल ३१५ मिटरमा फैलिएको पार्किङ क्षेत्रमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्छ।

भवनको भुईँ तलामा कोसेली घर र एकीकृत सूचना केन्द्र, स्नानघर, सार्वजनिक शौचालयलगायत छ। कोसेली घरमा पोखरेलीले निर्माण गरेका स्थानीय उत्पादनका सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ, जुन कोसेलीका रूपमा पर्यटकले खरिद गर्न सक्ने जनाइएको छ।

स्नानघरमा एकै पटकमा पाँचदेखि सात जनासम्मले स्नान गर्न सक्नेछन् भने शौचालयमा १० देखि १२ जनासम्मले शौचालय प्रयोग गर्न सक्नेछन्। यही तलामा पृथ्वी राजमार्गको टिकट काउन्टरसमेत रहेको छ।

एकीकृत सूचना केन्द्रबाट पोखराका पर्यटकीय केन्द्रहरूदेखि समग्र पोखराको सूचना लिन सकिने जनाइएको छ।

दोस्रो तलामा सार्वजनिक पुस्तकालयसँगै बैठक कक्ष छ। यो तलामा महेन्द्रपुलस्थित पोखरा सार्वजनिक पुस्तकालय स्थानान्तरण गरिएको हो। सेती नदी किनारमा रहेको सो पुस्तकालय भवन भत्काएपछि अलपत्र अवस्थामा थियो।

भवनको तेस्रो तलामा पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय रहेको छ। कार्यालय भवन नहुँदा पोखरा सभागृहलाई अस्थायी कार्यालय बनाउँदै आएको प्रतिष्ठानले दोस्रो कार्यकालमा आएर स्थायी कार्यालय पाएको हो।

चौथो तलामा आर्ट ग्यालरी र बैठक कक्ष रहेको छ। जहाँ प्रतिष्ठानको नियमित गतिविधि, आर्ट ग्यालरी कक्षमा प्रदर्शनीलगायत हुने जनाइएको छ। यही तलामा पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाको कार्यकक्ष पनि राखिएको छ।

भवनको सबैभन्दा माथिल्लो पाचौं तलाको पूर्व र उत्तरतर्फ दुई वटा घण्टाघर राखिएका छन्। सो तलाको बाँकी भाग भने खुला छ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ‘पोखरा घर’ निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै पोखराको एउटा ड्रिम प्रोजेक्ट सम्पन्न भएको बताए।

निर्वाचनका बेला आफूले पोखरामा एउटा सुविधा सम्पन्न सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर, प्रज्ञा संवाद स्थल, स्नान तथा रिफ्रेसमेन्ट स्टेसनसहितको घण्टाघर आवश्यक छ भनेर बोलेको बताउँदै उनले भने,‘आज ती सबै सुविधा एउटै छानामुनि समेटिएको, विभिन्न गन्तव्यमा पुग्न आवश्यक यातायातका साधनहरुको टिकट घरसमेत रहेको बहुउद्देश्यीय ‘पोखरा घर’ निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ।

यो मेरा लागि मात्र होइन समग्र पोखराका लागि खुसीको क्षण हो।’ उनले ‘पोखरा घर’ले पोखराको आफ्नै कथा बोल्ने दाबीसमेत गरे।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ‘पोखरा घर’ निर्माणसँगै पृथ्वी चोकमा लामो समयदेखि अभावका रूपमा देखिएको सार्वजनिक शौचालय तथा यात्रुको टिकट काट्ने असुविधाको पनि सम्बोधन भएको बताए। ‘स्थानीयवासीसँगै यात्रु र पर्यटक पनि लाभान्वित हुन्छन्’–उनले भने।

उद्घाटन कार्यक्रममा जग्गा दाताहरू गण्डकी पेट्रोलपम्प पोखरा–१०, स्व.हरिगोपाल रञ्जितका परिवार तथा स्व.गोपालप्रसाद तझ्याका परिवारलाई सम्मान गरिएको थियो।
अर्को समाचार
पोखरा ताररहित बन्दै : भूमिगत गर्ने काम ६५ प्रतिशत सकियो
२३ पौष २०८२
•
२ मिनेट पाठ
पोखरा ताररहित बन्दै : भूमिगत गर्ने काम ६५ प्रतिशत सकियो
पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ। 




पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि सेती पुलसम्मको क्षेत्रमा काम सकिएको छ। अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ।

नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ। यसै परियोजनाले पोखरामा तीन वर्षदेखि काम गरिरहेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्र बैंक चोक–सहिद चोक–लेकसाइड–हल्लन चोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले विद्युततार भूमिगत गर्ने कार्य भइरहेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले जानकारी दिए। उनका अनुसार यस आयोजनाको हालसम्म ६५ प्रतिशत काम सकिएको र न्यूरोड क्षेत्रमा भने केही समयपछि काम हुनेछ। 

‘पोखराको बिजुलीको स्रोत कुँडहर सबस्टेसनदेखि काम सुरु गरेर पूर्वमा विमानस्थलद्वार र पश्चिममा सेती पुलसम्मको क्षेत्रमा काम सकिएको छ, बाँकी अन्य कतिपय क्षेत्रमा लाइन चार्ज गर्न बाँकी छ भने अन्य क्षेत्रमा पछिल्लो समय तीव्रताका साथ काम अघि बढाइएको छ’, आयोजना प्रमुख सुवेदीले भने। 

उनले आगामी जुन ३१ गतेसम्म निर्माणको म्याद रहेको र सो समयसम्म सबै काम सम्पन्न हुने विश्वास लिएको जानकारी दिए। पोखरामा विद्युत् तार भूमिगत गर्ने परियोजना सन् २०२२ मा सुरु भएको थियो। सुरुआती चरणमा डिजाइन, भूगर्भ अध्ययन लगायतमा समय लागेकाले काम भने एक वर्षपछि मात्र सुरु भएको थियो। 

आयोजना प्रमुख सुवेदीले ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको बताए। यसरी तार भूमिगत गरेपछि ठाउँ ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्‍याइएको छ।

विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिएको छ। पोखराको २३ किमी क्षेत्रको बिजुलीको तार भूमिगत गर्नका लागि रु एक अर्ब ७० करोड बजेटमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्ससँग ठेक्का सम्झौता गरिएको छ। आयोजना प्रमुख सुवेदीले भरतपुरको भने ७४ प्रतिशत काम सकिएको जानकारी दिए। भरतपुरको लागत रु एक अर्ब ३० करोड छ।

पोखरा महानगरमा बिजुलीको तार भूमिगत गरिएसँगै इन्टरनेट र टेलिफोनका तारहरूलाई व्यवस्थित गर्ने बारेमा महानगरले चासो दिएको छ। महानगरले इन्टरनेट सेवा प्रदायकहरूसँग पटक पटक छलफल गरी बिजुली लगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तारहरू तत्काल हटाउन आग्रह गरेको छ। 

महानगर प्रमुख धनराज आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गरिएको बताए। उनले भने, ‘पोखरा बजार क्षेत्रलाई ताररहित बनाउने योजनाअनुसार अहिले विद्युत् प्राधिकरणले काम गरिरहेको छ। यस कार्यमा सहयोगका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेका छौँ। उनीहरूले नहटाए महानगर आफैँले हटाउँछ’, उनले भने। रासस
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस