‘पोखरा घुम्न आएका २० प्रतिशत पर्यटकले प्याराग्लाडिङ गर्छन्’
१० मंसिर २०८३
•
३ मिनेट पाठ
‘पोखरा घुम्न आएका २० प्रतिशत पर्यटकले प्याराग्लाडिङ गर्छन्’
हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ। हिमाल, तालतलैया र हरिया डाँडापाखा नियाल्दै पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न यतिबेला पर्यटक लालयित छन्।




नेपाल हवाई खेलकुद संस्थाका अनुसार अहिले दैनिक दुई सयबढी स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङ उडानको साहसिक अनुभव लिइरहेका छन्। दसैँ–तिहारको बिदाका बेला यो सङ्ख्या दैनिक चार सयसम्म पुगेको थियो।

प्याराग्लाइडिङ गर्नेमा विदेशी झण्डै ६० प्रतिशत र स्वदेशी ४० प्रतिशत रहेका संस्थाका अध्यक्ष माधव तिवारीले बताए।

‘वर्षा भइरहेको र मौसम बिग्रेको दिनबाहेक वर्षमा करिब तीन सय दिन पोखरामा प्याराग्लाइडिङ उडान हुने गर्छ’, उनले भने, ‘प्याराग्लाइडिङ उडानमा पछिल्लो समय नेपालीहरुको पनि आकर्षण बढ्दो छ।’

साहसिक पर्यटनसँग जोडिएको प्याराग्लाइडिङ पोखराको चिनारीका रुपमा स्थापित भएको अध्यक्ष तिवारीले बताए। पोखरा घुम्न आएका पर्यटकमध्ये झण्डै २० प्रतिशतले प्याराग्लाडिङ गर्ने गरेको उनको भनाइ छ।

नेपाल हवाई खेलकुद संस्थामा आबद्ध ५४ कम्पनीले पोखरामा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्दै आएका छन्। ती कम्पनीमा दुईसय ३० जना तालिमप्राप्त पाइलट कार्यरत छन्।

पाइलटदेखि प्याराग्लाइडिङमा उडान गर्ने यात्रुसम्मको बीमा गर्ने गरिएको अध्यक्ष तिवारीले बताए। प्याराग्लाइडिङ दुर्घटना हुन नदिन सुरक्षाका सबै उपायहरु अबलम्बन गर्ने गरिएको उनको भनाइ छ।

प्याराग्लाइडिङ व्यवसायको अनुगमन, सञ्चालन अनुमति पत्रको नवीकरणलगायतका काम पनि नेपाल हवाई खेलकुद संस्थामार्फत हुने गरेको उनले बताए।

पोखरा महानगरपालिका–१८ सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान गरी फेवाताल किनारको खपौदीमा अवतरण हुने गरेको छ।

समुद्री सतहदेखि १६ सय ५० मिटरको उचाइबाट उडान हुने गरेको फिस्टेल नेपाल प्याराग्लाइडिङ कम्पनीका प्रशिक्षक एवं पाइलट एलिस थापाले बताए। सुरक्षाका सबै मापदण्ड पालना गरेर मात्र पाइलटले प्याराग्लाइडिङ उडान गर्ने गरेको उनको भनाइ छ।  

उनले साहसिक पर्यटन गतिविधि रुचाउने विदेशी पर्यटकका लागि आकर्षित गर्न पोखरामा प्याराग्लाइडिङ उडानका लागि उडान क्षेत्र विस्तार गर्नुपर्ने बताए।

‘एयर स्पेस कम हुँदा सोलो उडानका लागि आउने विदेशी पर्यटकलाई सोचेजति पोखरामा ल्याउन सकिएको छैन’, प्रशिक्षक थापाले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडानका लागि एयर स्पेस बढाउने हो भने धेरै विदेशी पर्यटक भित्राउन सकिन्छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई उडानको सुरक्षालाई दृष्टिगत गरी प्याराग्लाइडिङ केही समय बन्दसमेत गरिएको थियो। पछि निश्चित स्थान तोकेर प्राधिकरणले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिएको थियो।

प्रशिक्षक थापाले पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता पनि विगतकोभन्दा कम हुँदा विभिन्न देशबाट उक्त प्रतियोगिताकै लागि आउने पर्यटक पनि घटेको बताए।

प्याराग्लाइडिङका लागि पोखरा उपयुक्त र आकर्षक गन्तव्य भएकाले राज्यले व्यवसायीहरुलाई प्रोत्साहित गर्ने गरी योजना ल्याउनुपर्ने उनको भनाइ छ।

पोखरामा अहिले रु आठ हजार पाँच सय तिरेर प्याराग्लाइडिङ गर्न पाइने व्यवस्था छ। उक्त दरमा केही घटबढ पनि हुनसक्ने व्यवसायी बताउँछन्।

प्याराग्लाइडिङ गर्ने पर्यटकले १५ देखि ३० मिनेट आकाशमा उड्न पाउँछन्। पोखरामा तीन दशकअघिदेखि प्याराग्लाइडिङ गर्न सुरु गरिएको थियो।

प्याराग्लाइडिङका लागि पाइलट तयार गर्न तालिमसमेत यहीँ सञ्चालन गर्ने गरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा केही दिनअघि प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ।

स्वेदशमै दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुछ्रे गाउँपालिकासँगको सहकार्यमा उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो।

पोखरामा प्याराग्लाइडिङसँगै बञ्जी, स्काइडाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन जस्ता साहसिक पर्यटन गतिविधि सञ्चालन हुँदै आएका छन्।

रोमाञ्चक र साहसिक अनुभवका लागि देशविदेशका पर्यटक ती गतिविधिमा आकर्षिक हुने गरेका छन्। ‘प्रकृति, संस्कृित र साहस’मा आधारित पोखराको पर्यटनमा साहसिक खेल गतिविधिको महत्वपूर्ण स्थान रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए।

साहसिक पर्यटन गतिविधिमा धेरैभन्दा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्न सकिएमा पोखराको पर्यटन क्षेत्रले ठूलो लाभ लिनसक्ने उनको भनाइ छ।रासस
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस