दुर्घटनाले अवरुद्ध भएको सडकमा एम्बुलेन्स छिर्न नसक्दा उपचारार्थ ल्याइदै गरेको बिरामीको बाटैमा निधन भएको छ।
उतिस बोकेको मालबाहक ट्रक बीच सडकमा पल्टिएर सडक अवरुद्ध हुँदा बिरामी बोकेको एम्बुलेन्स छिर्न नसकेर बिरामीको ज्यान गएको हो ।
यसरी उपचार नपाएर ज्यान गुमाउनेमा जिल्लाको लिमचुङबुङ गाउँपालिका ४ बलम्ता लाकुस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक केदार राई रहेका छन् । बलम्ता-माझखर्क-मुर्कुची कच्ची सडक खण्डअन्तर्गत रौतामाई गाउँपालिका-८ स्थित पुँवारे भन्ज्यामा १६ चक्के ट्रक पल्टिएर सडक अवरुद्ध गरेका कारण उपचारार्थ सदरमुकाम आउँदै गरेको एम्बुलेन्समा रहेका राईको बाटैमा निधन भएको लिमचुङबुङ ४ का वडा सदस्य चीनबहादुर राईले बताए ।
उनका अनुसार मंगलबार साँझ एक्कासी टाउको दुखेर असहज भएपछि बुधबार विहान उनलाई गाउँ अस्पताल बाराहा लगिएको थियो । तर, चेकजाँचको क्रममा जण्डीस देखिएको र अवस्था गम्भीर रहेको भन्दै चिकित्सकले जिल्ला अस्पताल रिफर गरेपछि तत्काल एम्बुलेन्समा राखेर गाईघाट हिडाइएको थियो ।
सडक अवरुद्ध भएको पाइएपछि गाईघाटबाट अर्को एम्ब्ुलेन्स मगाइएको थियो । एम्लुलेन्सको खोजी गरेर बोलाउँदै गर्दा रोगले च्याप्दै लगेकाले आकश्मिक उपचारका लागि अक्सिजन दिएर गाईघाट हिडाइएका राईको दिउँसो ४ः०० वजेजस्तो समयमा निधन भएको सदस्य राईले बताए ।
उपचार नपाएर बाटैमा निधन भएपछि ५१ वर्षीय राईलाई आफ्रनै गाउँ फर्काइएको छ । पुँवारेमा दुर्घटनामा परेको ट्रक अझै निकाल्न नसकेको स्थानीयले बताएका छन् । पहाडी भेगको कच्ची, डाईभर्सन नभएको, साँघुरो र अप्ठेरो सडकमा बढी भारवहनका मालबाहक ट्रकहरु चलाउँदा उपचार नपाएर बिरामीले ज्यान गुमाउनु दुर्भाग्य भएको आफन्त्जनले बताए ।
उनी प्रअ रहेको आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा गाउँकार्यपालिका सदस्य गणेश राईले मालबाहक ट्रकहरुको यस्तो लापरबाही माफीलायक नभएको बताए । डाईभर्सन नभएको साँघुरो सडकमा बढी भारबहनका मालबाहक ट्रकहरु चलाउँदा सडक बिग्रने, मोटरसाईकल र बोलेरोहरु घण्टौँ अवरुद्ध हुने समस्या भईरहेकोमा बिरामी बोकेको एम्बुलेन्ससम्म छिर्न नसकेर बिरामीको ज्यानसम्म जानु अत्यन्त दुःखद घट्ना भएको राईले बतँए ।
क्याप्सनः सडक दुर्घटनाले ज्यान गुमाउन पुगेका प्रअ राई । तस्विरः महेश्वर