भक्तपुरको बालकोट–कौशलटार क्षेत्रमा रहेको हनुमन्ते खोला किनारको दुई कित्तामा कायम रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी प्लटिङ गरिएको आरोप लगाइएको छ।
झण्डै ४५ रोपनी सार्वजनिक जग्गा किताकात गरी वेचविखन नै गरेको भन्दै त्यस्ता भू–माफियालाई कारबाही गर्न माग गरिएको छ।
स्थानीयले शुक्रबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्कामार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयमा पठाउने गरी ज्ञापनपत्रसमेत पेश गरेका छन्। साथै, यस्ता भूमाफीमाथि कारबाहीका लागि स्थानीय पुष्कर विष्टको अध्यक्षता शुक्रबार नै संघर्ष समिति पनि गठन गरिएको छ।
स्थानीयले आफूहरूले पुस्तौपुस्तादेखि भोगचलन गरी लालपुर्जासमेत रहेको जग्गाको हालसाबिक गर्न नापी र मालपोत कार्यालय पुग्दा यस्तो तथ्य फेला परेको जनाएका छन्।
आफूहरूले भोगचलन गर्दै आएको जग्गा हालसाबिक गर्न खोज्दा नापी र मालेपात कार्यालयले रोक लगाएको उनीहरूको भनाइ छ। जग्गा हनुमन्ते खोलाको मापदण्डमा परेको भन्दै नापी र मालेपातले जग्गा हालसाबिक गर्न नमानेका उनीहरूको गुनासो छ।
अहिले ती भू–माफियाहरुले सार्वजनिक जग्गा निजी बनाई आफूहरुको जग्गालाई हराउने बनाउन खोजेको उनीहरुले आरोप लगाए।
स्थानीय एवं सघर्ष समितिका अध्यक्ष पुष्कर विष्टका अनुसार हनुमन्ते खोलाको प्राकृतिक बहाव परिवर्तन गरिएपछि खोलाले ओगटेको क्षेत्र तथा वरपरको सार्वजनिक जग्गा क्रमशः निजी प्रयोजनका लागि प्रयोग हुन थालेको थियो।
खोलाको धार परिवर्तनसँगै त्यस क्षेत्रमा जग्गा विकास तथा प्लटिङ गर्ने कार्य भएको उनले दाबी गरे। अहिले ती जग्गाहरू विभिन्न व्यक्तिहरूको नाममा पुगेको लालपुर्जा पनि उनले देखाए। तर उनीहरू जग्गाको भोगचलनमा नआएको स्थानीयसमेत रहेको उनले जनाए।
उनीहरुले सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्ने सरोकारवाला सबै निकायहरू यस विषयमा मौन बसेको आरोप समेत लगाए। मध्यपुर थिमि नगरपालिका वडा नं ३, मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिका, मालपोत र नापी कार्यालय भक्तपुर सवैको मिलेमतोमा यो कार्य भएको उनीहरूको ठहर छ।
स्थानीयवासीका अनुसार त्यस वरपरको भौतिक विकासका क्रममा खोलाको पुरानो स्वरूपमा परिवर्तन आएको तथा सार्वजनिक क्षेत्रको उपयोगबारे प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।
हनुमन्ते खोलाको पुरानो बहाव, सार्वजनिक जग्गाको वास्तविक क्षेत्रफल तथा त्यस क्षेत्रमा भएका प्लटिङ गतिविधिबारे स्वतन्त्र प्राविधिक अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ।
स्थानीय सरोकारवालाहरूले सार्वजनिक जग्गा तथा नदी–खोलाको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै हनुमन्ते खोलाको धार परिवर्तनसँग सम्बन्धित सम्पूर्ण तथ्य सार्वजनिक गर्न माग गरेका छन्।यदि सार्वजनिक जग्गा निजीकरण गरिएको पुष्टि भए कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ।
यही सार्वजनिक जग्गा खाने नियतले २०७४ सालमा हनुमन्ते खोलाको बहाव परिवर्तन गरेको स्थानीयको सम्झना छ। २०२१ सालमा भएको नापी नक्सा भन्दा अर्कै ठाउँमा रहने गरी हनुमन्ते खोलाको बहाव परिवर्तन गरेको स्थानीयहरुले बताए।
फिल्डमा अहिले २०२१ सालमा हनुमन्ते खोला रहेको स्थानमा बस्ती नै छ। हनुमन्ते खोला फर्काएकै कारण पूर्ववत् सूर्यविनायक नगरपालिकाको बालकोटमा पर्ने यो क्षेत्र हाल मध्यपुर थिमि नगरपालिका वडा नं ३ मा पर्दछ।