पर्यटनमा साझेदार खोज्दै पोखरा
०२ भदौ २०८२
•
३ मिनेट पाठ
पर्यटनमा साझेदार खोज्दै पोखरा
पर्यटनको राजधानी पोखराले पर्यटनमा साझेदार खोज्न सुरु गरेको छ। पर्यटनको राजधानी घोषणालगत्तै पोखरा भ्रमण वर्ष–२०२५ घोषणा गरेको पोखराले पर्यटनमा साझेदार खोज्दै विभिन्न पालिका पुगेको छ। 




भ्रमण वर्ष–२०२५ मा मात्रै १५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको पोखराले पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिको अगुवाइमा पहाडकी रानी बन्दीपुर र नेपालको एकीकरणको सुरुवात भएको ऐतिहासिक स्थल गोरखा नगरपालिकालाई पर्यटनमा साझेदार बन्न आग्रह गरेको छ। 

यी दुई ठाउँबाट साझेदार खोज्ने अभियान सुरु गरेको पोखराले निकट भविष्यमा चितवनको भरतपुर जाने योजना बनाएको छ भने गण्डकी प्रदेशका ८५ वटै पालिका पुग्ने पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए।  

पर्यटन एक्लो प्रयासले मात्र सफल नहुने भएकाले साझेदार खोजिएको संयोजक भट्टराईले बताए। नेपाल आएका सबै पर्यटकलाई पोखरा ल्याउने र पोखरा आएका पर्यटकलाई नजिकका पर्यटकीय गन्तव्यमा लैजानका लागि सहकार्य आवश्यक भएको उनको भनाइ छ। बन्दीपुर, गोरखा, भरतपुरलगायतका पर्यटकीय गन्तव्यमा आएका पर्यटकलाई पोखरा ल्याउने वातावरण बनाउनुपर्छ, उनले भने, ‘अनि पोखरा आएका पर्यटकलाई ती ठाउँमा हामी पनि पठाउँछौं, यसले दीगो पर्यटनमा सघाउँछ।’ जसका लागि एकले अर्कालाई प्रवर्द्धन गर्ने, सहकार्य गर्नुपर्ने उनको भनाइ छ।  

पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सह–संयोजक दामोदरभक्त थापा सहकार्यबाट मात्र पर्यटनमा उछाल ल्याउन सकिने बताउँछन्। पर्यटक आदानप्रदान गर्न सकेमात्र सामूहिक लाभ लिन सकिने उनको भनाइ छ।  

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणीराज लामिछानेले पर्यटनमा एकअर्काले योगदान गर्न सके ठूलो उपलब्धि हात पर्ने बताए। एककोमा आएको पर्यटक अर्काकोमा पठाउने हो भने पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ, उनले भने, ‘यसो भयो भने पर्यटकले गर्ने खर्च पनि बढ्छ।’  

पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सदस्य सचिव मनहर कडरियाले पर्यटनमा साझेदार बन्न सकियो भने त्यसले समग्र पर्यटनमा सकारात्मक प्रभाव पर्ने बताए। त्यसैको खोजी गर्न आफूहरू विभिन्न पालिकाको भ्रमणमा गएको बताउँदै उनले भने, ‘मिलेर गर्दा सबैले लाभ लिन सकिन्छ। पर्यटक पनि विविधतामा रमाउँछन्।’  

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ घट्दै गइरहेका बेला पर्यटकीय गन्तव्यबीच सहकार्य हुनसके बसाइ लम्ब्याउन सघाउने बताए। पर्यटकको बसाइ लम्ब्याउने चुनौती छ, उनले भने, ‘तर हामीले मिलेर एकले अर्कालाई पर्यटक पठाउन सक्यौं भने त्यो चुनौती चिर्न सक्छौं।’  

गोरखामा भएको छलफलमा बोल्दै गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरले पर्यटनमा साझेदार बन्नु अपरिहार्य भएको बताए। पर्यटनमा साझेदार बन्ने पोखराको प्रस्ताव स्वीकार्दै उनले भने, ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा आएका पर्यटकलाई नेपाल एकीकरणको सुरुवात भएको ऐतिहासिक स्थल गोरखा पठाउनूस्, हामी पनि गोरखा आएका पर्यटक पोखरा पठाउँछौं।’  

गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्केले पर्यटनमा साझेदार बन्न आफूहरू तयार रहेको बताए। एकतामा बल हुने भन्दै उनले भने, ‘मिलेर सहकार्य गरौं, एउटा प्याकेज बनाएर अघि बढौं।’  

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बन्दीपुर पहाडको रानी भएजस्तै पोखरा प्रकृतिको राजा भएकाले आपसमा सहकार्य गर्नुपर्ने बताइन्। काठमाडौं आएका पर्यटक कसरी गण्डकीमा प्रवेश गराउने? उनले भनिन्, ‘काठमाडौंबाट हिँडेको पर्यटकलाई बन्दीपुर हुँदै पोखरा लैजाऔं, फर्किँदा पनि एक रात बन्दीपुर बसाएर पठाऔं।’ यसले दुवै ठाउँले लाभ लिन पाउने उनको भनाइ थियो।  

बन्दीपुर भ्रमण वर्ष–२०२५ का संयोजक गणेश गुरुङले प्रमुख पर्यटकीय गन्तव्यबीच सहकार्य हुन सकेमा दीगो पर्यटनमा टेवा पुग्ने बताए। त्यसको अगुवाइ पोखराले लिनुपर्ने बताउँदै उनले थपे, ‘अहिलेसम्म एकल प्रयासमा पर्यटक आउने गरेका छन्, अब सामूहिक इफोर्ट लगाऔं यसले हामीलाई सामूहिक फाइदा दिन्छ।’  

महिला व्यवसायी रामकली खड्काले पर्यटनमा विविधता खोजिनुपर्ने बताइन्। त्यसका लागि पनि पर्यटकीय गन्तव्यबीच सहकार्य गर्न सकिने बताउँदै उनले भनिन्, ‘गोरखा कच्चा पदार्थ उत्पादन गर्ने स्थल हो, बन्दीपुर चकटी, गुन्द्री उत्पादन गर्ने थलो हो, यसलाई जोगाएर पर्यटकलाई अवलोकन गराउने र पोखरामा पनि आउटलेट राखेर प्रवद्र्धन गर्न सकियो भने धेरै फाइदा लिन सकिन्छ।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस