वैदेशिक शिक्षा र रोजगारीलाई उत्तम देख्ने आजको समयमा नेपालमै सम्भावना बोकेर स्वदेश फर्किएको पोखरेली दम्पति सफता उन्मुख भएको छ । अस्ट्रेलियाको आकर्षक जागिर र बसाइ छाडेर नेपाल फर्किएका उनीहरुले आफ्नो गृहनगर पोखरामा कार केयर व्यवसाय सुरु गरेका छन् । नेपालमै प्रसस्त सम्भावना र अवसर देखेका निरज वस्ताकोटी र विना भुर्तेल दम्पति अहिले पोखरामै सफल व्यवसायीका रुपमा आफूलाई स्थापित गराउन लागेका छन् ।
उनीहरुले अहिले पोखरामा कार केयर सञ्चालनमा ल्याएका छन् । चार पांग्रे सवारी साधन कार, जीप, ट्याक्सी, भ्यान तथा दुई पांग्रे्रे सवारी साधन बाईक, स्कुटरलगायतका सवारी साधन सरसफाईको व्यवसाय थालेका उनीहरुले अहिले विभिन्न १५ प्रकारका केमिकल उत्पादन सुरु गरेको छ ।
निरज दम्पतिले हालै सार्क ट्याङक कार्यक्रममा सहभागी भएर प्रतिष्ठित उद्योगी, व्यवसायीको मन जित्न सफल भएका छन् । उनीहरुले उत्पादन गर्ने कम्पनीमा सार्क ट्याङ्कका एक उद्योगीले हौसला प्रदान गर्दै एक करोड लगानी भित्राउन सफल भएका छन् । आफूले उत्पादन गर्ने सामान नेपालसँगै विदेश पनि निर्यात गर्ने उद्धेश्य रहेको बताउँदै उनले यो प्रोत्साहनले थप हौसला प्रदान गरेको बताए ।