चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष
१६ असोज २०८३
•
२ मिनेट पाठ
चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष
चाडपर्वका बेला यात्रुहरूको चाप बढेसँगै सार्वजनिक यातायातमा हुन सक्ने बढी भाडा असुली, टिकट ठगी, दुर्व्यवहार तथा अन्य समस्या तत्काल समाधान गर्न कोशी प्रदेश प्रहरीले निगरानी र सुरक्षा व्यवस्था कडा बनाएको छ।




प्रहरीले मोरङसहित प्रदेशका ४८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउँदै यात्रुलाई सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्ने जनाएको छ।

दसैँ, तिहार र छठलगायतका चाडपर्वमा घर फर्किने यात्रुहरूको चाप बढेसँगै मोरङसहित कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन प्रहरीले निगरानी बढाएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा विराटनगर बसपार्कमा स्थापना गरिएको सहायता कक्षको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी शेखर खनालले उद्घाटन गरे।

चाडपर्वका बेला यात्रुहरूले समस्या पर्दा प्रहरी कार्यालय खोज्दै भौँतारिनुपर्ने अवस्था अन्त्य गर्दै घटनास्थलमै गुनासो सुन्ने र तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको डिआइजी खनालले बताए।

उनले सार्वजनिक यातायातमा बढी भाडा लिने, यात्रुहरूलाई ठगी गर्ने, दुर्व्यवहार गर्ने वा अन्य कुनै समस्या सिर्जना भए सहायता कक्षमा रहेका प्रहरी तथा यातायात व्यवसायीका प्रतिनिधिलाई जानकारी गराउन आग्रह गरे।

डिआइजी खनालले भने, ‘गुनासो सुन्ने मात्रै नभई तत्काल समाधानका लागि प्रहरी सक्रिय हुनुपर्छ। यात्रुहरूलाई कुनै पनि बहानामा दुःख दिन हुँदैन। सहायता कक्षबाटै यात्रुहरूका गुनासा सुन्ने र तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ।’

चाडपर्वलाई शान्तिपूर्ण र उल्लासमय बनाउन जुवातास, मादक पदार्थ सेवन तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय रहेको उल्लेख गर्दै डिआइजी खनालले सार्वजनिक स्थलमा कुनै गडबडी देखिए तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरे।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले चाडपर्वमा सार्वजनिक यातायातमा यात्रुहरूले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै सवारीसाधनमाथि निगरानी बढाइएको बताए।

उनका अनुसार बढी भाडा असुली, यात्रुहरूलाई जथाभाबी तानातान गर्ने, सामानको सुरक्षा नगर्ने, आरक्षण सिट कार्यान्वयन नगर्ने तथा क्षमताभन्दा बढी यात्रु राख्ने समस्या चाडपर्वका बेला बढी देखिने गरेका छन्।

यातायात व्यवसायी र ट्राफिक प्रहरीको सक्रियतामा स्थापना गरिएका कक्षलाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ। 

यात्राका क्रममा कुनै समस्या आए तत्काल सहायता कक्ष, ट्राफिक प्रहरी वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन एसपी कटवालले आग्रह गरे।
अर्को समाचार
चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष
१६ असोज २०८३
•
२ मिनेट पाठ
चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष
चाडपर्वका बेला यात्रुहरुको चाप बढेसँगै सार्वजनिक यातायातमा हुन सक्ने बढी भाडा असुली, टिकट ठगी, दुर्व्यवहार तथा अन्य समस्या तत्काल समाधान गर्न कोशी प्रदेश प्रहरीले निगरानी र सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीले मोरङसहित प्रदेशका ४८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउँदै यात्रुलाई सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्ने जनाएको छ ।




दसैं, तिहार र छठलगायतका चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप बढेसँगै मोरङसहित कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन प्रहरीले निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा विराटनगर बसपार्कमा स्थापना गरिएको सहायता कक्षको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी शेखर खनालले उद्घाटन गरे ।  

चाडपर्वका बेला यात्रुहरुले समस्या पर्दा प्रहरी कार्यालय खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य गर्दै घटनास्थलमै गुनासो सुन्ने र तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको डिआइजी खनालले बताए । उनले सार्वजनिक यातायातमा बढी भाडा लिने, यात्रुहरुलाई ठगी गर्ने, दुव्र्यवहार गर्ने वा अन्य कुनै समस्या सिर्जना भए सहायता कक्षमा रहेका प्रहरी तथा यातायात व्यवसायीका प्रतिनिधिलाई जानकारी गराउन आग्रह गरे ।

डिआइजी खनालले भने, ‘गुनासो सुन्ने मात्रै नभई तत्काल समाधानका लागि प्रहरी सक्रिय हुनुपर्छ । यात्रुहरुलाई कुनै पनि बहानामा दुःख दिन हुँदैन । सहायता कक्षबाटै यात्रुहरुका गुनासा सुन्ने र तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ ।’  

चाडपर्वलाई शान्तिपूर्ण र उल्लासमय बनाउन जुवातास, मादक पदार्थ सेवन तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय रहेको उल्लेख गर्दै डिआइजी खनालले सार्वजनिक स्थलमा कुनै गडबडी देखिए तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरे ।  

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले चाडपर्वमा सार्वजनिक यातायातमा यात्रुहरुले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै सवारीसाधनमाथि निगरानी बढाइएको बताए । उनका अनुसार बढी भाडा असुली, यात्रुहरुलाई जथाभावी तानातान गर्ने, सामानको सुरक्षा नगर्ने, आरक्षण सिट कार्यान्वयन नगर्ने तथा क्षमताभन्दा बढी यात्रु राख्ने समस्या चाडपर्वका बेला बढी देखिने गरेका छन् ।

यातायात व्यवसायी र ट्राफिक प्रहरीको सक्रियतामा स्थापना गरिएका कक्षलाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ । यात्राका क्रममा कुनै समस्या आए तत्काल सहायता कक्ष, ट्राफिक प्रहरी वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन एसपी कटवालले आग्रह गरे ।
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस