भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत
०४ मंसिर २०८३
•
४ मिनेट पाठ
भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत
नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्न कोप–३१ मा विशेष पहल गरेको छ।




पर्वतीय क्षेत्रको जलवायु जोखिम, भोटेकोशी बाढीको क्षति, जलवायु न्याय र अनुकूलनका सवाललाई नेपालले यस सम्मेलनमा प्राथमिकताका साथ उठाएको हो।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोप–३१ सम्मेलनमा अवस्थित नेपाल पेभिलियनको बिहीबार समापन कार्यक्रममा नेपालको पर्वतीय एजेन्डा केवल नेपालको सरोकार नभई विश्वव्यापी जलवायु सङ्कटसँग जोडिएको साझा मुद्दा भएको बताउनुभएको मन्त्रालयले जनाएको छ।

“नेपाल अन्ताल्यामा हिमालसम्बन्धी स्पष्ट एजेन्डाका साथ आएको थियो। यो पेभिलियन हाम्रा पीडा, सवाल र एजेन्डाहरू साझा गर्ने साझा मञ्च बनेको छ”, उनले भने।

मन्त्री चौधरीले आफू कोप प्रक्रियामा सहभागी हुँदा मन्त्रीका रूपमा मात्र नभई पर्वतीय एजेन्डालाई अन्तर्राष्ट्रिय जलवायु बहसमा समावेश गर्न चाहने लाखौँ नेपाली जनताको प्रतिनिधिका रूपमा उपस्थित भएको बताए।

रसुवा–भोटेकोशी बाढीबाट प्रभावित जनताको आवाजलाई अन्तरराष्ट्रिय समुदायसमक्ष पुर्‍याउनु पनि आफ्नो जिम्मेवारी भएको उनको भनाइ थियो।

उनले भोटेकोशी बाढीमा ज्यान गुमाएका सबै नेपाली र विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवार, आफन्त तथा सम्बन्धित देशप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट समवेदना व्यक्त गरे।

नेपालमा पर्यटक, कामदार, विज्ञ, इन्जिनियर, लगानीकर्ता तथा पूर्वाधार निर्माणका साझेदारका रूपमा आएका विदेशी नागरिकको मृत्यु नेपाल र उनीहरूका गृहदेश दुवैका लागि साझा क्षति भएको मन्त्री चौधरीले उल्लेख गरे। “यस त्रासदीबाट सिकेर र भविष्यमा यस्ता विपद् रोकथामका लागि काम गरेर हामी उहाँहरूको स्मृतिलाई सम्मान गर्नेछौँ”, मन्त्री चौधरीले भने।

भोटेकोशी बाढी नेपालका लागि मात्र नभई विश्व समुदायका लागि पनि एउटा चेतावनी भएको उल्लेख गर्दै उनले जलवायु परिवर्तन नेपाली जनताले प्रत्यक्ष भोगिरहेको यथार्थ भएको बताए। उनका अनुसार पर्वतीय क्षेत्रमा देखिने जलवायुजन्य जोखिमले हिमालदेखि तल्लो तटीय क्षेत्रसम्मका समुदायलाई प्रभावित पार्दछ।

पर्वतीय एजेन्डाका लागि अन्तर्राष्ट्रिय पैरवी

मन्त्री चौधरीले कोप–३१ का क्रममा नेपालको पर्वतीय एजेन्डालाई प्रभावकारी बनाउन विभिन्न देशका मन्त्री, जलवायु वित्तसम्बन्धी संयन्त्रका प्रमुख, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्य अन्तरराष्ट्रिय संस्थाका प्रतिनिधिसँग द्विपक्षीय छलफल गरिएको बताए।

उनले नेपालको तर्फबाट वार्तामा सहभागी मन्त्री, सांसद, विज्ञ, सञ्चारकर्मी तथा विभिन्न प्रतिनिधिमण्डलका सदस्यले गरेको योगदानको प्रशंसा गरे। वार्ताका क्रममा कठिन विषयमा सहमति जुटाउन प्रतिनिधिहरूले लामो समयसम्म काम गरेको उल्लेख गर्दै उनले उनीहरूको धैर्य, लगनशीलता र प्रतिबद्धताले बहुपक्षीय प्रक्रियालाई अघि बढाउन सहयोग पुगेको बताए।

मन्त्री चौधरीले टर्किए सरकार र कोप–३१ अध्यक्षता, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज, युवा, निजी क्षेत्र तथा नेपाल पेभिलियनको व्यवस्थापनमा संलग्न टोलीलाई धन्यवाद दिए।

उनले जलवायु सङ्कटको सामना कुनै पनि समुदायले एक्लै गर्न नपरोस् भन्ने साझा प्रतिबद्धताका साथ सम्मेलनबाट फर्कन सबै प्रतिनिधिलाई आग्रह गरे।

नेपाल पेभिलियनमा ४७ कार्यक्रम

कोप–३१ अन्तर्गत नोभेम्बर ९ देखि १९ सम्म नेपाल पेभिलियनमा जलवायु परिवर्तनसँग सम्बन्धित ४७ वटा कार्यक्रम आयोजना भएका छन्। ती कार्यक्रममा उपलब्ध विवरणअनुसार २८८ जना वक्ताको सहभागिता रहेको थियो।

वक्तामध्ये १७१ पुरुष र ११७ महिला थिए भने राष्ट्रियताका आधारमा १३३ नेपाली र १५५ विदेशी संस्थामा आबद्ध वक्ता सहभागी भएका थिए। पेभिलियनका छलफलमा नेपाली विज्ञ तथा सरोकारवालासँगै विभिन्न देशका प्रतिनिधि, अनुसन्धानकर्ता र अन्तरराष्ट्रिय संस्थाका विज्ञहरूको सहभागिता रहेको थियो।

पर्यावरण मन्त्रालयको नेतृत्वमा स्थापना गरिएको नेपाल पेभिलियनमा सरकारी निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, अनुसन्धान संस्था र विकास साझेदारहरूले विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए।

पर्यावरण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, वन विभाग, जल तथा मौसम विज्ञान विभाग, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व स्वास्थ्य सङ्गठन, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान, अन्तरराष्ट्रिय कृषि अनुसन्धान परामर्श समूह, प्राक्टिकल एक्सन, हेफर इन्टरनेसनल, अक्सफाम, सेभ द चिल्ड्रेन, क्रिएसन, एनजीओ फेडेरेसन अफ नेपाल र प्राकृति रिसोर्सेस सेन्टरलगायत संस्थाले नेपाल पेभेलियनमा विभिन्न विषयका कार्यक्रम आयोजना गरेका थिए।

जलवायु वित्तदेखि भोटेकोशी विपद्सम्मका विषयमा छलफल

पेभिलियनमा जलवायु उत्थानशील खाद्य प्रणाली, स्वास्थ्य, ऊर्जा पूर्वाधार, पूर्वसूचना प्रणाली, जीवाश्म इन्धनबाट न्यायोचित रूपान्तरण, शून्य फोहर, हिमाली क्षेत्रको संरक्षण, हरित हाइड्रोजन तथा हरित युरिया, कार्बन बजार र जलवायु वित्तका विषयमा छलफल भएका थिए।

त्यसैगरी, जलवायु परिवर्तनका कारण हुने मानव आवागमन, हिमाली क्षेत्रमा विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशील शिक्षा, महिलाले व्यहोर्नुपरेको जलवायुजन्य क्षति तथा आर्थिक र गैरआर्थिक हानि तथा नोक्सानीका विषयका पनि कार्यक्रम भएका थिए।

- भीष्मराज ओझा/रासस
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस