अब पालिका र वडादेखि योजना सञ्चालकसम्मले सार्वजनिक सुनुवाइ अनिवार्य गर्नुपर्ने
११ साउन २०८३
•
३ मिनेट पाठ
अब पालिका र वडादेखि योजना सञ्चालकसम्मले सार्वजनिक सुनुवाइ अनिवार्य गर्नुपर्ने
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका, वडा र पालिकाभित्र कार्यक्रम सञ्चालन गर्ने गैर सरकारी संस्था र अन्य सार्वजनिक निकायले पालिकासँग समन्वय गरी अनिवार्य सार्वजनिक सुनुवाइ गर्नुपर्ने गरी कार्यविधि ल्याएको छ। 




पालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन पालिकाले ल्याएको सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८३ अनुसार कार्यविधि कार्यान्वयनमा आएपछि पालिका र वडाले प्रत्येक चौमासिक अवधिमा अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ सञ्चालन गर्नुपर्ने छ। सार्वजनिक सुनुवाइका गर्नुपर्ने अनिवार्य सर्तसहित कार्यविधि ल्याएको गाउँपालिकाले यदि कुनै अवस्थामा सार्वजनिक सुनुवाइका लागि आनाकानी भए सभाका २५ प्रतिशत सदस्यले तथा कुनै योजना तथा आयोजनाका लागि २५ प्रतिशत सदस्यले विशेष सार्वजनिक महत्वका विषयमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने सर्त समेत उल्लेख गरेको छ।

पालिका अध्यक्ष विजयप्रकाश वनेम सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र जनमैत्री बनाउन कार्यविधिनै ल्याएर सार्वजनिक सुनुवाइलाई अनिवार्य कार्यको रूपमा उपयोग गर्न लागिएको बताउँछन्। मैवाखोलाले आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा प्रभाव पार्न सक्ने कुनैपनि कार्यक्रम योजना वा आयोजना सुरु हुनुभन्दा अगावै पनि सार्वजनिक सुनुवाइ गर्न सकिने प्रावधान ल्याएको छ।

सार्वजनिक सुनुवाइका क्रममा उठेका सवाल, जिज्ञासा र सुझावको बारेमा सम्बन्धित जिम्मेवार पदाधिकारीले सम्बोधन गर्नु अनिवार्य हुने कार्यविधिमा उल्लेख गरिएको छ। सार्वजनिक सुनुवाइका लागि कार्यालयले एकजना सहजकर्ता तोक्न सक्ने वा सहजीकरणका लागि व्यक्ति वा संस्थालाई परिचालन गरेको अवस्थामा त्यस्तो व्यक्ति वा संस्थाको समन्वयमा सार्वजनिक सुनुवाइ सहजकर्ता तोकिने भएको छ। कार्यविधिमा सार्वजनिक सुनुवाइ सञ्चालन गर्ने सहजकर्तादेखि सहभागीले पालना गर्नुपर्ने आचार संहितासम्म उल्लेख गरिएको छ।

सार्वजनिक सुनुवाइ पूर्व कम्तिमा तीनदिन सेवा लिन आएका सेवाग्राहीबाट सेवा लिनुपूर्व नागरिक अभिमत र सेवा लिएर फर्किएपछि बहिर्गमित अभिमत लिनुपर्ने कार्यविधिमा भनिएको छ। कार्यविधि अनुसार नागरिक अभिमत र बहिर्गमित अभिमतमा सहभागी सेवाग्राहीलाई सार्वजनिक सुनुवाइको निम्तो दिनुपर्ने कार्य नागरिक अभिमत र बहिर्गमित अभिमत संकलकको हुने छ। सार्वजनिक सुनुवाइको क्रममा अघिल्लो पटक भएको सार्वजनिक सुनुवाइ प्रतिबद्धता गरिएका विषय र सो अनुसार प्रगतिका बारेमा समिक्षा समेत गर्नुपर्ने उल्लेख गरिएको छ।

सार्वजनिक सुनुवाइ पछि सेवाग्राहीले उठाएका सवाल र सुधारका लागि दिएका सुझावको कार्यान्वयन अवस्था मापनका लागि पालिकाले कार्यविधिमै यो सूचकको व्यवस्था गरेको हो। सार्वजनिक सुनुवाइ सम्पन्न भएपछि सहजीकरण गर्ने संस्था वा व्यक्तिले संकलन गरेको अभिमत सन्तुष्टी फारम तथा सार्वजनिक सुनुवाइका क्रममा सेवाग्राहीले उठाएका सवाल र उत्तरदाताले दिएको संक्षिप्त जवाफसहितको प्रतिबेदन पालिका अध्यक्षमार्फत सभामा प्रस्तुत हुने छ।

सभाका सदस्यले सेवा प्रवाह थप प्रभावकारी बनाउनका लागि आगामी दिनमा अपनाउने रणनीतिका बारेमा कार्यपालिकालाई दिएको सुझाव कार्यान्वयन गर्नु कार्यपालिकाको दायित्व हुने कार्यविधिमा उल्लेख गरिएको छ। पालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ को उपदफा(५)को प्रयोजनका लागि सोहि ऐनको दफा १०२ को उपदफा(२)ले दिएको अधिकार प्रयोग गरी सार्वजनिक सुनुवाइ सञ्चालन कार्यविधि बनाएको बताएको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२१ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस