भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराही जोगाउन महिनौंदेखि जनश्रमदानमा जुट्दै आएका जनश्रमदाताले नीलबाराहीमा मध्यपुर थिमि नगरपालिकालाई काम गर्न नदिने बताएका छन्।
नीलबाराही क्षेत्र सरोकार समितिका सचिव अनिश वैद्यले नीलबाराही क्षेत्रमै भएको श्रमदाता भेला तथा अन्तरक्रिया कार्यक्रममा दस वर्षदेखि ताकेता गर्दै आए पनि वास्ता नगर्ने तर दसौं हजार जनश्रमदाताले काम थालेर सकिने चरणमा पुगेपछि नगरपालिकाले काम गर्न आउन लागेकाले नगरपालिकालाई काम गर्न नदिने बताए। नीलबाराही क्षेत्रको संरक्षणका लागि ल्याएको डिजाइन सार्वजनिक सुनुवाइ गरी स्थानीयले स्वीकृति नदिएसम्म काम गर्न नदिने उनको भनाइ छ। ऐतिहासिक यो क्षेत्रलाई कुन रूपमा विकास गर्ने योजना हो, त्यो योजना नहेरी काम गर्न नदिने अडान उनीहरूले लिएका छन्।
नीलबाराही क्षेत्रलाई पहिरो जानबाट बचाउन भन्दै जेठ ३ गतेदेखि स्थानीय भक्तजनले पहिरो नियन्त्रणको काम गर्दै आएका छन्। यो बिचमा मध्यपुर थिमि नगरपालिकाले नेपाल सरकारको सहयोगमा नीलबाराही क्षेत्र जोगाउन ठेक्का सम्झौता गरी काम थाल्न लागेको हो।
जनश्रमदाताले नीलबाराहीलाई पहिरो जानबाट जोगाउँदै मन्दिर पुग्ने मुख्य बाटो खुल्ने क्रममा पुर्याएका छन्। नीलबाराही पार्किङदेखि उनले झण्डै तीन सय मिटरको बाटोमा फेदमा बाटो राखेर जग बसाउन लगाइ बाटो फराकिलो बनाइसकेका छन्। सडक अहिले मन्दिर नजिक पुगेको छ। यो क्षेत्रलाई अहिले पनि प्लास्टिकले छोपेर बचाइराखिएको अवस्था हो।
मन्दिर जाने प्रवेशस्थान (पार्किङ) देखि झण्डै तीन सय मिटरको सडक पहिरो गएर मानिस मात्रै जान सक्ने गरी साँघुरिएको थियो। तर मन्दिर पहिरो जान लागेको भन्दै स्थानीयले तल जगमा बोरामा माटो भरेर जग बसालेपछि अहिले दुई लेन (दुईतर्फी रूपमा चारपाङ्ग्रे सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने गरी) बाटो फराकिलो गरेका छन्। यसका लागि उनले महिनौंदेखि जनश्रमदानको काम गर्दै आएका थिए। काममा हजारौंको जनश्रमदान हुँदै आएको थियो।
श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका सहसचिव निशुल प्रजापतिले आफ्नो अभियानलाई विफल पार्ने योजनामा सरोकारवाला मध्यपुर थिमि नगरपालिका लागिपरेको आरोप लगाए। त्यही कारण जनश्रमदानमा काम गर्नका लागि चाहिने माटो ओसारपसारमा रोक लगाएको दाबी उनले गरे। पछिल्लो पटक नगरपालिकाले त्यहाँ माटो ओसार्न बन्देज लगाएको छ।
एक ठाउँको माटो अर्को ठाउँमा लान नपाइने भन्दै जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले माटो ओसारपसारमा रोक लगाएको थियो। यसअघि जनश्रमदानका लागि चाँगुनारायण नगरपालिका वडा नं १ बाट माटो ल्याउँदै थियो। दर्जनौं मिनीट्याक्टरबाट दैनिक सयौं माटो ल्याइ पहिरो रोक्ने काम हुँदै आएको थियो तर पछिल्लो हप्ता माटो ल्याउन रोक लगाएपछि केही सयले मात्रै जनश्रमदान गरी काम हुँदै आएको छ। मन्दिर पुग्ने अन्य मार्ग पनि छन् तर ती मार्ग खुड्किलो भएकाले सवारीसाधन ल्याउन मिल्दैन। साथै खासै चलनचल्तीको पनि छैन।
काठमाडौं उपत्यकाका चार बाराहीमध्येको एक नीलबाराही क्षेत्र हो। सरोकारवाला मध्यपुर थिमि नगरपालिकाले आठ दस वर्षसम्म पनि वास्ता नगरेको भन्दै स्थानीय युवाको अगुवाइमा नीलबाराही क्षेत्र संरक्षण अभियान थालेको थियो। त्यसअन्तर्गत हप्ताको शनिबार, सोमबार र बुधबार तीन दिन त्यहाँ जनश्रमदानको काम हुँदै आएको छ।
नीलबाराही क्षेत्र पाँच सयभन्दा बढी रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँको मन्दिर थुम्कोमा रहेको छ। मन्दिरको चारैतिर पहिरो जाने खतरा उतिकै छ। त्यसलाई हालसम्म पनि प्लास्टिकले छोपेर जोगाउने प्रयास मात्रै हुँदै आएको छ। नीलबाराही एक धार्मिक स्थल मात्र होइन, यो ऐतिहासिक सम्पदा स्थलसमेत हो। यसले मध्यपुर थिमिको मात्रै होइन, सम्पूर्ण काठमाडौं उपत्यकाबासी नेवार समुदायको आस्थाको पहिचान बोकेको छ।
नीलबाराही मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले संवेदनशील मानिन्छ तर पनि पहिरोको जोखिममा छ। लगातारको वर्षासँगै पहिरोले मन्दिर क्षेत्रलाई जोगाउन थप चुनौती थपिएपछि स्वयंसेवी जागेका हुन्। त्यही जागरुकताले नीलबाराही बचाउ अभियानमा लागेका अभियन्ताको अगुवाइमा पहिरो रोकथामका लागि जनश्रमदानसहितको कार्य जारी छ। यद्यपि मध्यपुर थिमि नगरपालिकाले करोडौं रकमबाट काम हुने जनाएको छ। नगरपालिकाले योजना अगाडि सारिरहँदा आठ दस वर्ष कुर्दा पनि केही नभएपछि स्थानीयले अभियान नै थालेका थिए।