शैक्षिक सुधारमा रास्कोटको फड्को : विद्यार्थी भर्ना दोब्बर, एसइई लक्षित कक्षा सञ्चालन
१४ पौष २०८२
•
४ मिनेट पाठ
शैक्षिक सुधारमा रास्कोटको फड्को : विद्यार्थी भर्ना दोब्बर, एसइई लक्षित कक्षा सञ्चालन
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेपछि कालीकोटको रास्कोट नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार हुन थालेको छ।  भौतिक पूर्वाधारको निर्माणसँगै विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन,शिक्षक जनशक्ति व्यवस्थापन,जस्ता कार्यले सामुदायिक विद्यालयको नतिजा सुधार हुँदै गएको हो।




रास्कोट नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख धर्मराज शाही पोषण बताउँछन्। रास्कोटलाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्य अनुरूप गुणस्तर सुधार, आवश्यक भौतिक पूर्वाधार निर्माण, योग्य र दक्ष जनशक्ति व्यवस्थापन, विषयगत शिक्षक पूर्ति,अयोग्य शिक्षकहरूको बहिर्गमन, मर्यादित परीक्षा प्रणालीको विकास लगायत कामहरू थालिएको छ।  अभिभावकले ढुक्क भएर रास्कोटका विद्यालयमा आफ्ना नानीबाबु पढाउन सक्ने वातावरण निर्माण गर्न आफू लागिपरेको नगर प्रमुख शाहीको भनाइ छ।

चालू आर्थिक वर्षमा रास्कोट नगरपालिकाले थुप्रै कामहरू गरेको छ। नगरपालिकाले नगर शिक्षा ऐन, स्थानीय पाठ्यक्रम निर्माण, शिक्षक काज सरुवा सम्बन्धी कार्यविधि, प्रधानाध्यापक व्यवस्थापन कार्यविधि, कक्षागत शिक्षक व्यवस्थापनको लागी विद्यालय मर्ज, विद्यालय नर्स, विद्यालय सुरक्षा गार्ड, कक्षा १ देखी पाँच सम्मका विद्यालयमा अंगेरीमाध्यामद्धारा कार्यक्रम, जस्ता नीतिगत निर्णय गरी शिक्षा सुधारको अभियान थालेको हो। छात्राहरूलाई सामुदायिक विद्यालयमा नियमित गराउनका लागि कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई स्यानिटरी प्याड वितरण कार्यक्रम कार्यान्वयन भएको छ।

सामुदायिक विद्यालयमा विद्यार्थीको कमजोर अवस्थालाई बलियो बनाउन नीतिगत निर्णय गरेको रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए। पछिल्लो समय निजी शिक्षा संस्थाहरूमा विद्यार्थी भर्ना हुने र सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुने देखिएकाले नगरपालिकाले यस्ता नीतिगत निर्णयहरू गरेको उनले बताए। अहिले नगरले गरेका नीतिगत निर्णय कार्यान्वयन भइरहेका छन्। गत वर्षभन्दा यो वर्षदेखि रास्कोटका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना संख्या दोब्बरले वृद्धि भएको शाखा प्रमुख शाहीको भनाई छ।

रास्कोट नगरपालिकामा आवासीय विद्यालय, विज्ञान प्रयोगशाला, हरित विद्यालय, नमुना कक्षाकोठा, महिनावारी स्वच्छता कक्ष, लैगिंक मैत्री शौचालयले शिक्षा क्षेत्र निकै प्रभावकारी रहेको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए। यो पालिकामा शैक्षिक सुधारका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावक संघसंस्था सबैको सहकार्य देखिएको उनले बताए। गत साता अनुगमनमा रास्कोट पुगेका प्रजिअ सुयलले शिक्षामा सुधार गर्न विद्यालयको पढाइसँगै अभिभावकको पनि चासो हुनुपर्ने बताए।

एसइई लक्षित अतिरिक्त कक्षा सुरु
रास्कोट नगरपालिकाका ४ वटै मावि विद्यालयका ३ सय ९ जना विद्यार्थीलाई वर्षदेखि एसइई तयारीका लागि आवासीय व्यवस्थापन गरेर विद्यालयमै राखेर दिउँसो नियमित पढाइका अतिरिक्त बिहान बेलुकी थप तयारी कक्षा सञ्चालन गरिरहेको छ। रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले एसइई नतिजा सुधार्ने उद्देश्यले चार वटै माविलाई आवासीय कक्षा चलाउन लगाइएको बताए। 

आर्थिक रूपमा विपन्न केही विद्यार्थीका लागि विद्यालयले शुल्क कक्षा पनि गरेको छ। अनुसार मासिक ४ हजार शुल्क तिर्ने गरी बडिमालिका मावि रास्कोटले ५६ छात्र र ४८ छात्रा गरी १ सय ४, कालाशिल्ला माविले ४४ छात्र र ३७ छात्रा गरी ८१ जनालाई प्रतिविद्यार्थी मासिक ४ हजार ९ सय ५० शुल्क, जनजागृति मावि फुकोटले ३७ छात्र र ४४ छात्रा गरी ८१ जनालाई मासिक ४ हजार शुल्क तोकेर एसइई तयारीका लागि आवासीय व्यवस्थापन गरे छ। 

नगद तिर्न नसक्ने विद्यार्थीले उक्त मूल्य बराबरको चामल, दाल, तरकारी, दाउरा पनि उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ। मोतीराम मावि सिप्खानाले २० छात्रा र २३ छात्र गरी ४३ जनाबाट नगद ३ हजार रुपैयाँ र १५ केजी चामल र २ केजी दालका दरले उठाइरहेको छ।

आवासीय विद्यालयमा लागि नगरपालिकाले प्रतिविद्यालय २ लाख र द्रुत सिकाइ अन्तर्गत प्लान इनटरनेशनल र हुरेन्डेकको सहकार्यमा सञ्चालित सशक्त बालिका परियोजनाले ५० हजार रुपैयाँका दरले शिक्षकको पारिश्रमिक र परीक्षण परीक्षाका लागि व्यर्होने छन् भने विद्यार्थीले आफ्नो खाना र अन्य खर्च आफै जुटाउने छन्।

२०७८ सम्म ५० प्रतिशतभन्दा कम विद्यार्थी पास हुने बडिमालिका माविले आवासीय सुविधासहित विद्यार्थीलाई पढाउन थालेपछि २०७९ देखि एसइई नतिजा क्रमशः सुधार हुँदै आएको प्रधानाध्यापक पुष्पराज बरालले बताए।  उनका अनुसार आवासीय सुविधामा शिक्षक र विद्यार्थी राखेपछि २०७९ मा ६३ मा ४३, २०८० मा ४० मा ३९ र २०८१ मा ५९ मा ४८ जना पास भएका थिए। उनले ३० प्रतिशतमा रहेको सक्षमता दर यस वर्ष वृद्धि गरेर ५० प्रतिशत पुर्‍याउने विद्यालयले लक्ष्य राखेको जानकारी दिए।

जिल्लाका अन्य स्थानीय तहका विद्यार्थी ट्युसनको खोजीमा जिल्ला सदरमुकाम मान्म, सुर्खेतलगायतका ठाउँमा भौँतारिन बाध्य भए पनि रास्कोट नगरपालिकाले सबै विद्यार्थीलाई आवासीय सुविधासहित मंसिर १ देखि विद्यालयमा राखेर पठनपाठनको व्यवस्था गरेको हो। कर्णालीका हिमाली जिल्लामा विषयगत शिक्षकको अभाव र समयमै ‘कोर्स’ पूरा नहुँदा विद्यार्थीहरू ट्युसनको भरमा एसइई दिन बाध्य छन्। जसका कारण बर्सेनि नतिजा कमजोर हुने गरेको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस