भक्तपुर नगरपालिका वडा नं ५ टिवुक्छेंस्थित कुमारी द्योछें (कुमारी घर)को पुननिर्माण सुरु भएको छ । भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशीले शुक्रबार एक समारोहवीच द्योछेंको शिलान्यास गरिन् ।
कुमारी घर पुननिर्माणका लागि स्थानीय चिनियालाल माकको अध्यक्षमा उपभोक्ता समिति गठन गरिएको छ । श्री श्री श्री एकान्तकुमारी आमग द्यो छे मर्मत कार्य उपभोक्ता समिति टिबुक्छें ५ भक्तपुर नामको उपभोक्ता समितिकै अगुवाईमा जगदेखि नै भत्काएर कुमारी घर पुननिर्माण हुन थालेको हो ।
कुमारी घर ढलान गरी बनाइने छैन । इटा, माटो र काठको प्रयोगबाट परम्परागत शैलिमा कुमारी घरको पुननिर्माण गरिने जनाइएको छ । कुमारी घर पुरानै स्वरुपमा तीन तल्लामा बनाइनेछ ।
कुमारी घर बनाउन स्थानीयबासीले दसैंबाट चन्दा संकलन गर्न थालेको थिए । श्री श्री श्री एकान्तकुमारी आमग द्यो छे मर्मत कार्य उपभोक्ता समिति टिबुक्छें ५ भक्तपुरका अध्यक्ष चिनियालाल माकले सक्नेसँग सक्ने सहयोग चन्दा संकलन कार्य दशैंदेखि थालेको जानकारी गराए । चन्दा दिनेहरुमा घटीमा एक सय रुपैयाँदेखि वढीमा ५० हजारसम्म पनि छन्, उपभोक्ता समितिका अध्यक्ष माकले भने, हालसम्म चन्दाबाट आठ लाख ३२ हजार १७ रुपैयाँ पैसा संकलन भएको छ । यसमध्ये वडा कार्यालयबाट एक लाख ५० हजार प्राप्त भएको जानकारी उनले गराए ।
अहिलेसम्म सवैभन्दा धेरै चन्दा उपलव्ध गराउने रविन माकले ऐतिहासिक कुमारी द्योछें पुननिर्माणका लागि कुनै स्वार्थ नहेरी आफूले सहयोग गरेको सुनाए । अन्य ठाउँहरुमा भए केही सहयोग गरयो कि त्यसको कुनै स्वार्थ राखेको हुन्छ, उनले भने, हाम्रो भक्तपुरमा त्यस्तो छैन, जे सकिन्छ शुद्ध मनले सहयोग गरिन्छ ।
उदघाटनपछि भएको कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छें, चण्डेश्वरी दाफाका जेक्ष् नागरिक आसबहादुर माक, वडा सदस्य नारायणप्रसाद त्वानाबासु, उपभोक्ता समितिका कोषाध्यक्ष कृष्णराम माकलगायतले पुननिर्माण थालिएको कुमारी द्योछेंका विविध विषयमा चर्चा गरेका थिए ।
भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ५ टिबुक्छैं स्थित कुमन्नीमा दशैको नवमीको दिन एक विशेष कुमारीको आगमन हुन्छ । स्थानीय भाषामा आगम द्यो जुन जिवित देवी कुमारीकै एक विशेष बास्तविक कुमारीको रुप हो भन्ने कुरा कुमन्नीका स्थानियको भनाई रहेको पाइन्छ । कुमन्नीका माक, सिन्ताकल र ध्वोजु थरकाले मात्र दर्शण गर्न मिल्ने कुमारीका रुपमा आगम द्यो रहेको पाइन्छ । उक्त कुमारीलाई अरू कसैले दर्शण गर्न नपाउने भने कुरा परम्परादेखि नै चल्दै आएको भन्ने जानकारी कुमारीका गुमाजुले दिएका छन् । केसैले दर्शन गरेको खण्डमा अनिष्त हुने जनविश्वास रहेको पाइन्छ ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...