होल्डिङ सेन्टरका सुकुम्बासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२३ जेष्ठ २०८३
•
७ मिनेट पाठ
होल्डिङ सेन्टरका सुकुम्बासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
फाइल तस्बिर
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई अब जीवन नयाँ तरिकाले अघि बढ्छ भन्ने लागेको छ। उनी सधैँ यस्तै त नहोला भनेर अहिले ढुक्क हुन थालेका छन्।




होस पाएदेखि आफू बसेको थापाथलीको बागमती किनारमा हरेक वर्षायाममा हुने त्रासदी उनलाई अहिले पनि याद आउँछ। हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो। परिवारसहितको बास त थियो त्यो, तर स्वामित्व भने थिएन।

बास भएर के गर्नु? देशका कुनै पनि निकाय वा कानुनले नचिन्ने। पानी, बिजुली बाटो घाटो सबै अनौपचारिक। ढल र फोहरमैला सिधै नदीमा। हिउँदभरि उपत्यकावासीको प्रदूषण लिएर बग्ने बागमतीले डम्बरसहितका सुकुम्बासीलाई कतिथरी रोग दिएर जान्थ्यो, त्यहाँ बसुन्जेल कसैलाई पत्तो नहुने। अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ, बागमती किनारको बसाइले शरीरमा कहाँ कहाँ समस्या पारेको छ? कति रहेछ रोग भन्ने कुरा।

सुकुम्बासीको संकलित तथ्यांकले बताएको छ, खोला किनारको जीवन कत्ति जोखिममा थियो। सेन्टरमा जानुअघि दशरथ रंगशालामा ४९७ जनाको स्वास्थ्य परीक्षण गर्दा झण्डै ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह देखिएको थियो। त्यस्तै १६ प्रतिशतमा मांसपेशीसम्बन्धी समस्या, १३ दशमलव पाँच प्रतिशतमा ग्यास्ट्रिक, सात प्रतिशत मानसिक समस्या र श्वासप्रश्वाससम्बन्धी समस्या चार दशमलव पाँच प्रतिशतमा देखिएको थियो। सेन्टरमा पुगेपछि प्रायः सबैको स्वास्थ्य परीक्षण भयो र समस्याको अंक झन् बढ्यो। तर सेन्टरमा समस्या मात्र उजागर भएको छैन, उपचार पनि सुरु भएको छ र निरन्तर अहिले पनि चलिरहेकै छ।

चिकित्सकले तथ्यांकमा समेटेकामध्ये साढे ३८ प्रतिशतको परिवारका कोही न कोही सदस्यको मृत्यु खोला किनारको बसाइका क्रममा भएको देखियो। जसमध्ये बाढी र डुबान तथा पुल, सडक र इनारमा भएका दुर्घटनाबाट झण्डै साढे नौ प्रतिशतले ज्यान गुमाए। दम र निमोनियाबाट आठ प्रतिशत र सरसफाइजन्य सरुवा रोग जस्तै क्षयरोग, डेंगु र टाइफाइडबाट आठ प्रतिशत मृत्यु भएको पाइयो।

यसका अधिकांश कारक खोला किनारको जोखिमपूर्ण जीवन थियो। प्रदूषित खानेपानी, फोहर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुम्बासीमा लामखुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वाभाविकै हो। सुकुम्बासी राखिएका छवटै होल्डिङ सेन्टरमा चिकित्सा टोलीको नेतृत्व गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलाका अनुसार मुटुरोग, क्यान्सर र उच्च रक्तचापजस्ता नसर्ने रोगहरूका कारण पनि २८ प्रतिशतको मृत्यु भएको छ। अहिले पनि पाटन अस्पताल, प्रसूति गृह, लगनखेलस्थित मानसिक अस्पतालका चिकित्सकसहितको उक्त टोलीले थप परीक्षण र उपचारलाई तीव्रता दिएका छन्।

त्यसो त होल्डिङ सेन्टरका डम्बरलाई रेटिनाको समस्याले गर्दा मसिनो (सानो) वस्तु देख्न र पढ्न गाह्रो छ। अहिले जत्तिकै नियमित स्वास्थ्य परीक्षण त्यतिबेलै गर्न पाएको भए समस्या त्यति जटिल नहुन पनि सक्थ्यो। सेन्टरमा आएका चिकित्सकको परामर्शपछि उनी त्रिपुरेश्वरस्थित आँखा अस्पताल गए। त्यहाँका चिकित्सकले तिलगंगा ‘रेफर’ गरेका छन्। अब त्यतै गएर उपचार गराउने सुरमा छन् उनी।

थापाथलीमा डम्बर जस्ता सयौँ छन्, जसलाई जीवन भनेकै बागमतीको किनारको बसोबास भन्ने लागेको थियो। अहिले सबैलाई घरबाट निस्किएर चौबाटोमा बसे जस्तो भएको छ। सरकारले कतै न कतै त पक्कै व्यवस्था गर्ला, उनी भन्छन्। डम्बरकी पत्नी र छोराछोरीको स्वास्थ्य परीक्षण पनि त्यहीँ भएको छ। पत्नीलाई मुटुसम्बन्धी समस्याका लागि अस्पताल जान पनि स्वास्थ्यकर्मीले सुझाएका छन्।

करिब २० वर्ष थापाथलीमा बिताएकी ५० वर्षे पुनम मगरलाई थापाथलीमै बस्दा उच्च रक्तचाप, मधुमेह र नशाको समस्या थियो। समस्या बढेपछि सेन्टरकै पहलमा आकस्मिक उपचार गराइएको उनले बताइन्। ‘धेरैथरीको स्वास्थ्य परीक्षण यहाँ भयो र उपचार गर्न अस्पताल गइयो’, उनले भनिन्। त्यहाँबाट अस्पताल पुगेपछि भने महँगो औषधी आफैँ किन्नुपर्ने बाध्यता रहेको पनि उनले बताइन्।

अर्का सुकुम्बासी खिमबहादुर पुलायामगरले अस्पताल पुगेपछि औषधी सबै नपाउने र कतिपय रोगको उपचार केही खर्चिलो देखिए पनि सेन्टरमा आएका स्वास्थ्यकर्मीसँग भने सुकुम्बासीको कुनै गुनासो नरहेको बताए।

होल्डिङ सेन्टरका सुकुम्बासीमध्ये कतिपय दीर्घरोगी छन्। जसको नियमित स्वास्थ्य परीक्षण थापाथलीस्थित खोला किनारमा बस्दा सम्भवै थिएन। सुत्केरी र साना बच्चा हुर्काइरहेका आमाहरूले नियमित स्वास्थ्य परीक्षण र परामर्शमात्र होइन, नवजात सन्तानका लागि पोषण पुग्ने गरी लिटोसमेत पाएका छन्। सेन्टरमा भेटिएकी सुवासदेवी पासवानले आफ्नो नातिको स्वास्थ्य परीक्षण र पोषणका लागि लिटोसमेत प्राप्त भएको बताइन्।

होल्डिङ सेन्टरमा ल्याइएका सुकुम्बासीलाई नदीकिनारको दैनिकीले शारीरिकमात्र होइन मानसिक समस्याबाट पनि पीडित बनाएको छ। बारम्बार परीक्षणमा पुगेका चिकित्सकहरूले विगत लामो समयदेखि अव्यवस्थित र असुरक्षित बसाइले दुवैथरी स्वास्थ्यमा पारेको असरलाई नजिकबाट नियालेका छन्। केहीले विगत लामो समयदेखि दैनिकी बिताएको ठाउँ एक्कासी छोड्नुपर्दाको दुःख व्यक्त गरेका छन्, तर पनि त्यो भन्दा धेरै असुरक्षित बसोबासका कारण थापाथली किनारमै थुप्रै शारीरिक र मानसिक जटिलताबाट गुज्रिएका रहेछन् भन्ने कुरा मनोविद्हरूसँग उनीहरूले व्यक्त गरिरहेका छन्।

सुकुम्बासीहरूमा पर्नसक्ने मानसिक समस्याको पहिचान र उपचारका लागि छवटै होल्डिङ सेन्टरमा विशेषज्ञसहितका टोलीसहित धेरैपटक पुगे, मानसिक अस्पताल पाटनका मनोचिकित्साविद् सुलभराज उप्रेती। उनले भने, ‘थापाथलीको जोखिमपूर्ण बसोबासलाई जीवन ठानेर बसेकालाई केही असहज लाग्नु स्वाभाविक हो। तर त्यस्तो बसोबासका कारण थुप्रै मनोवैज्ञानिक जटिलता देखिन्छन्। यस्ता व्यक्ति ठूलो संख्याका भेटिनुहुन्छ।’

मनोस्वास्थ्यका समस्या रहेको थाहा पाएपछि चार जना विज्ञ र केही मनोविज्ञान अध्येता सम्मिलित टोलीले छवटै शिविरका गरी ६०० भन्दा बढी व्यक्तिसँग छुट्टाछुट्टै बसेर परामर्श पनि भएको थियो। ‘हामीले सबैसँग कुरा गर्दा ठाउँ सर्नुपर्दाको असजिलोसँगै अब केही होला, सरकारले राम्रो व्यवस्था गर्ला भन्ने अपेक्षा गर्नेको संख्या पनि उल्लेख्य थियो’, मनोचिकित्साविद् उप्रेतीले भने।

कुराकानीबाट आएको निष्कर्षका आधारमा कतिपयलाई मनोसामाजिक परामर्श, सहायता र कतिपयलाई औषधि उपचारको आवश्यकता रहेको पाइएको उनले जानकारी दिए। उनका अनुसार परामर्श र सहायता पछि थुप्रै व्यक्ति आफ्नो नियमित काममा फर्किनसमेत थालेका छन्। आफ्ना सन्तानको पढाइलाई लिएर चिन्ता परेको र उनीहरूलाई पनि नजिकको विद्यालयमा बालबालिका जान थालेपछि चिन्ता कम हुँदै गएको पाइएको जानकारी पनि उनले दिए।

मनोसामाजिकविद्हरूको टोलीले ५५३ सुकुम्बासीको मानसिक स्वास्थ्य परीक्षण र परामर्शबाट थाहा पायो, विस्थापनअघि देशभर कतै पनि बास नभएका कारण खोला छेउ बस्न बाध्य परिवार ८२ दशमलव आठ प्रतिशत रहेछन्। तीमध्ये तीन पुस्तै त्यहाँ बिताएको परिवार २४ दशमलव छ प्रतिशत छ।

मानसिक समस्याकै कारण तीन दशमलव तीन प्रतिशत आत्महत्याबाट र मदिराजन्य समस्याबाट तीन दशमलव तीन प्रतिशतले जीवन गुमाएका पाइएको मनोसामाजिकविद्हरू बताउँछन्। त्यसरी खोलाछेउ बस्दा शान्ति त जीवनमा छँदै थिएन। फलस्वरूप १०० मध्ये करिब १२ जनाले आत्महत्याको सोचसमेत बनाउन पुगेका रहेछन्। त्यस्तै सयमध्ये सात जनालाई विशेषखालकै मनोरोग सेवा आवश्यकपर्ने अवस्था रहेछ।

तथ्यांकले यो तस्बिर दिएपछि चिकित्सकको टोलीले छवटै होल्डिङ सेन्टरमा नियमित मनोरोग परामर्श दिँदै आएको छ। यसले खोला किनारको असुरक्षित जीवनबाट आकस्मिक रूपमा होल्डिङ सेन्टर आइपुगेका सुकुम्बासीको मनमा अबका उज्याला दिनको आशा पलाएको मनोचिकित्सकहरूले महसुस गरेका छन्।

यसक्रममा मनोचिकित्सकसँग आफ्नो विगतबारे खुलेर कुरा गरे सुकुम्बासीहरूले। बाहिरबाट हेर्दा नदीकिनारमा जोखिमपूर्ण जीवन बिताउनेहरूलाई त्यो सामान्य लाग्थ्यो र होल्डिङ सेन्टरको जीवन विस्मयपूर्ण। तर सँगै अब जीवनले नयाँ मोड लिने आशामा अधिकांश सुकुम्बासी छन्।

सुकुम्बासीलाई होल्डिङ सेन्टरमा सारेको दिनदेखि नै हरेकसँगको कुराकानी, उनीहरूका समस्या पहिचान र त्यसको विश्लेषणमा पनि कर्मचारी खटिरहेका छन्। त्यसमा संलग्न प्रधानमन्त्रीको कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालले भनिन्, ‘सुकुम्बासीका रोगमात्र पत्ता लगाएका छैनौँ, रोगको अवस्था र प्रकृतिअनुसार उपचार र परामर्श पनि निरन्तर भइरहेको छ।’

यही तथ्यांकको आधारमा क्यान्सर, निमोनियाजस्ता जटिल रोगका बिरामीको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको र यस्तो जटिलता थप सुकुम्बासीमा देखिएमा उपचारको प्रबन्ध गरिने पनि उनले बताइन्। रूपेश आचार्य/रासस
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस