बस्ती खाली गर्दा भत्किएका तीन विद्यालयका विद्यार्थीको स्थानान्तरण
२३ वैशाख २०८३
•
३ मिनेट पाठ
बस्ती खाली गर्दा भत्किएका तीन विद्यालयका विद्यार्थीको स्थानान्तरण
काठमाडौं उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुम्बासी बस्ती हटाउने क्रममा भत्काइएका तीन सामुदायिक विद्यालयका विद्यार्थीले नजिकैको विद्यालयमा पढ्न थालेका छन्।




बस्ती खाली गर्ने क्रममा भत्काइएको काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयका छात्रछात्रालाई नजिकैको सामुदायिक विद्यालयमा स्थानान्तरण गरिएको छ।  

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत नेत्रप्रसाद पौडेलले दुवै विद्यालयमा विद्यार्थी, शिक्षक र सम्पत्ति व्यवस्थापन हुने बताए।

बुद्धज्योतिलाई नजिकैको कामनापा– १६ कै तरुण माध्यमिक विद्यालयमा र बालकल्याणलाई कामनपा १७ को नेपाल युवक मावि, पकनाजोलमा स्थानान्तरण गरिएको छ। बालकल्याणमा पनि १२० जना विद्यार्थी थिए।  

बुद्धज्योतिमा रहेका प्रारम्भिक बालविकासदेखि कक्षा ८ सम्ममा १२० विद्यार्थीमध्ये ४५ जना  तरुण माविमा भर्ना भइसकेका उक्त माविका प्रधानाध्यापक बाबुराम न्यौपानेले जानकारी दिए।

बुद्धज्योतिका ११ जना शिक्षक पनि तरुण माविमा स्थानान्तरण भएका छन्। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले स्थानान्तरणको पत्र दिएसँगै आफूहरु तरुण माविमा हाजिर भई काम गर्न थालेको बुद्धज्योतिका तत्कालीन प्रधानाध्यापक सन्तराम श्रेष्ठले बताए।  

आफूहरुले त्यहाँका विद्यार्थी र अभिभावकसँग सम्पर्क गरेर तरुण माविमा आउन चाहने सबैलाई त्यहाँ भर्ना हुन भनिरहेको श्रेष्ठले जनाए। बुद्धज्योतिका विद्यालय व्यवस्थापन समितिका सदस्य अष्टमाया लामाले भने, ‘हाम्रो विद्यालयको सबै सामान र बच्चाहरु को कता भन्ने स्पष्ट भइसकेको छैन। सम्भव हुने जतिलाई तरुण माविमा जान भनेका छौँ’।

काठमाडौं महानगरपालिकाले बस्ती खाली गर्ने क्रममा विस्थापित भएका बालबालिकालाई सामुदायिक विद्यालयका साथै निजी तथा आवासीय विद्यालयमा पनि निःशुल्क भनाए गराउन पहल गरेको छ।

महानगरका कार्यवाहक प्रमुख सुनीता डङ्गोलका आग्रहपछि निजी शिक्षालय सञ्चालकका संस्थाहरुले नेपाल सरकारद्वारा काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा मुलुकका विभिन्न जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउँदा प्रभावित भएका समुदायका बालबालिकाको पढाइमा आफूहरुले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित तथा वास्तविक सुकुमवासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितका लागि आवश्यक सहयोग र सहजीकरण गर्न आफूहरु तत्पर रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेश (प्याब्सन)का महासचिव आरबी कटवालले बताए।

सरस्वती आधारभूत विद्यालय सामुदायिक भवनमा

संरचना हटाउने क्रममै भत्किएको भक्तपुरको मनोहरा खोला नजिकको सरस्वती आधारभूत विद्यालय, हाललाई मध्यपुरथिमी नगरपालिकाका वडा नम्बर १ कार्यालय, अगाडिको सामुदायिक भवन, लोकन्थलीबाट सञ्चालन गर्न थालिएको वडाध्यक्ष बाबुकाजी डङ्गोलले जानकारी दिए।  

नगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ कानुन अधिकृत केशव सिलवालले नगरप्रमुख सुरेन्द्र श्रेष्ठस्तरीय निर्णयबाट हाललाई सरस्वती माविलाई अर्को भवनबाट सञ्चालन गराइएको र त्यहाँ आवश्यक अस्थायी प्रबन्ध गरिने बताए। सो विद्यालयमा पनि १२० विद्यार्थी थिए।

बाल अधिकारकर्मी तिलोत्तम पौडेलले प्रभावित क्षेत्रमा बालबालिकालाई नजिकैको निजी विद्यालयमा निःशुल्क भर्ना गर्ने, आवश्यकताअनुसार आवास तथा यातायातको व्यवस्थापन गर्ने, मनोवैज्ञानिक सहयोगको उपयुक्त व्यवस्था र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण सरोकारवाला एक भएर अघि बढ्न आग्रह गरे।  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३६ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस