कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म, लाखौँको आम्दानी
१४ असार २०८३
•
३ मिनेट पाठ
कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म, लाखौँको आम्दानी
बिहादी गाउँपालिका–१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका छन्।




रोजगारीका लागि १२ वर्षसम्म साउदी–कोरिया बसेर फर्किएका उनले गाउँमा रु ६० लाख लगानी गरी कृषि कर्ममा जोडिएका हुन्।

आधुनिक कृषि प्रविधि अपनाउँदै क्षेत्रीले तरकारी, फलफूल तथा पशुपालन व्यवसाय सञ्चालन गरेका हुन्। सुन्दर भविष्य निर्माण गर्ने आश बोकेर दैनिक हजारौँ युवा विदेश पलायन भइरहेको अवस्थामा उनी स्वदेशमा स्वरोजगार बन्ने बाटोमा लागेका छन्।

सुरुमा सानो लगानीबाट थालेको व्यवसाय अहिले रु ६० लाखभन्दा बढीको लगानीमा विस्तार भइसकेको क्षेत्रीले जानकारी दिए। करिब ९० रोपनी क्षेत्रफलमा एसके कृषि फार्म दर्ता गरी व्यावसायिक तरकारी खेती, फलफूल बगैँचा तथा गाइभैँसीपालन गर्दै आएका छन्।

फार्ममा आधुनिक सिँचाइ प्रणाली, टनेल खेती र कृषि उपकरणको प्रयोग गरिएको छ। उनले मौसमी तथा बेमौसमी तरकारी, आलु, काँक्रा, अदुवा, कागती, टमाटर खेती गरेका छन्।

‘सुरुमा धेरैले कृषि गरेर केही हुँदैन विदेन नै गएको राम्रो भनेका थिए’, क्षेत्रीले भने, ‘तर मेहनत र सही योजना छनोट गर्न सकेमा यसैबाट प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ।’ उनले कृषि पेसाबाट सम्मानजनक जीवनयापन र प्रशस्त आम्दानी गर्न सकिने धारणा राखे।

किसान क्षेत्रीले आफ्नो फार्मबाट वार्षिक लाखौँको तरकारी तथा भक्तपुरे जातको स्थानीय काँक्राको बीउ बिक्री हुने गरेको जानकारी दिए। हरेक वर्ष लगानी थप गर्दै आएकाले आम्दानी यकिन नभएको उनको भनाइ छ। उनले वार्षिक रूपमा करिब रु ५० लाखसम्मको कारोबार हुन गरेको बताए।

किसान क्षेत्रीले आगामी वर्षदेखि आम्दानी बढ्दै जाने उल्लेख गर्दै कोरियाबाट फर्केर विहादीलाई कृषि उत्पादनको क्षेत्रमा ‘ब्रान्ड’ बनाउने योजना रहेको बताए। उनका अनुसार प्रत्यक्ष रूपमा पाँच जनाले रोजगारी पाएका छन् भने स्थानीय किसान पनि आधुनिक खेतीप्रति आकर्षित भएका छन्।

किसान क्षेत्री अध्यक्ष रहेको बाच्छाको सिर्जनशील कृषक समूहले यस वर्ष एक हजार ४०० किलो काँक्राको बीउ उत्पादन गरेको छ। कृषक समूहमा ३२ जना सदस्य आबद्ध छन्।

समूहका अध्यक्ष क्षेत्रीका अनुसार गत वर्ष उत्पादित बीउ जिल्लाभर प्रतिकिलो रु छ हजारका दरले बिक्री भएको जानकारी दिए। गत वर्षको दररेटअनुसार मूल्य आउँदा मात्रै पनि कृषक समूहबाट मात्रै उत्पादित काँक्राको बीउको मूल्य रु ८० लाखभन्दा बढी रकम हुने उनले बताए।

क्षेत्रीले ४५ रोपनी जग्गामा बीउ उत्पादनका लागि काँक्रा खेती गरेकामा ९० किलो बीउ उत्पादन हुने गरेको जानकारी दिए। आफ्नो पेसामा सन्तुष्ट रहेका उनले ग्रामीण क्षेत्रका किसानलाई बैङ्कहरूले ऋण नदिने गरेका भन्दै गुनासो गरे।

‘सरकारले किसानलाई सहुलियत ब्याजदरमा कृषि ऋण दिनुपर्छ। कृषि विकास बैङ्कले ऋण दिन्छु भनेर अन्तिममा फार्म रहेको जग्गामा पक्की बाटो नपुगेको रहेछ। बाटो नपुगपछि धितो उपयुक्त नभएको भनी अन्तिममा ऋण दिएन। यसले व्यवसाय विस्तारमा समस्या भयो। यस्तो समस्या हुन नदिन स्थानीय निकायले विशेष पहल गर्नुपर्छ’, किसान क्षेत्रीले भने। आगामी दिनमा लोकल कुखुरा र हाँसपालन गर्ने योजना रहेको उनले बताए।

‘कृषिमा अझै धेरै सम्भावना छन्’, क्षेत्रीले भने, ‘युवाले विदेशमा भन्दा गाउँमै अवसर खोज्नुपर्छ।’ पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजार र मूल्यको अभाव नहुने उनको अनुभव छ।

विहादी गाउँपालिकाका कृषि शाखाका प्राविधिक जीवन शाहीले कृषक क्षेत्रीको सफलताले गाउँका अन्य युवालाई कृषि पेसातर्फ आकर्षित गरेको बताए। गाउँको उर्वर भूमि र आधुनिक सोचको संयोजनले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उनले विश्वास व्यक्त गरे।

जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले लोकमार्ग केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्षेत्रीलाई यस वर्ष रु एक लाख ५५ हजार अनुदान प्रदान गरिएको जानकारी दिए।

उनले युवा व्यावसायिक कृषि क्षेत्रमा आकर्षित हुन थालेका बताउँदै राज्यले पनि उनीहरूलाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गरे।

आधुनिक प्रविधिको प्रयोग, बजार पहुँच र सरकारी सहुलियतले कृषि व्यवसायलाई थप सम्भावना बोकेको क्षेत्र बनाएको उनको भनाइ छ । 
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१५ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस