रुकुमेलीलाई पोखरा घुम्न निम्तो
०४ जेष्ठ २०८३
•
३ मिनेट पाठ
रुकुमेलीलाई पोखरा घुम्न निम्तो
पोखराले रुकुमेली पाहुना आकर्षित गर्ने जमर्को गरेको छ। यसअघि पूर्वी, दक्षिण र पश्चिमी क्षेत्रका पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिरहेको पोखराले पहिलो पटक रुकुमेलीलाई पोखरा घुम्न आउन निम्तो दिएर त्यहाँको पाहुना आकर्षित गर्ने जमर्को गरेको हो। 




पोखराले प्राय पूर्वी क्षेत्रहरू वीरगन्ज, विराटनगर, काँकडभिट्टा, इलाम, चितवन तथा पश्चिमी क्षेत्रहरू भैरहवा, बुटवल, नेपालगन्ज, धनगढी, सुर्खेतलगायतका ठाउँमा पुगेर पर्यटन प्रवर्द्धन गर्ने गरेको थियो। तर यसपटक भने पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजनामा मध्यपहाडी लोकमार्ग केन्द्रित गन्तव्यहरूमा पुगेर पर्यटन प्रवर्द्धन गरिएको छ। 

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहकार्यमा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने रुकुम पूर्व, रुकुम पश्चिम, बागलुङ र ढोरपाटन पुगेर त्यहाँका पर्यटक आकर्षित गर्ने प्रयास गरिएको पृथ्वी होटेल व्यवसायी समिति पोखराका अध्यक्ष मोतीप्रसाद श्रेष्ठले बताए। ‘पोखरा जाऔं, प्रकृतिसँग रमाऔँ’ भन्ने नारासहित निस्केका हामीले रुकुमेली जनतालाई पोखरा आउन निम्तो दिएर फर्कियाैँ,’ उनले भने,‘पोखरा आउने पर्यटक खोजीको क्रममा नयाँ गन्तव्यमा पुगेका हौँ।’

अभियान अन्तर्गत बागलुङ बजार र पूर्वी रुुकुमको रुकुमकोट, पश्चिम रुकुमको मुसिकोटमा स्थानीय पर्यटन व्यवसायी तथा उद्योगी, व्यवसायीसँग अन्तरक्रियासमेत गरिएको उनले बताए। ‘त्यहाँ पर्यटनमा सहकार्य, गन्तव्य प्रवर्द्धन, सेवा गुणस्तर सुधार तथा दिगो पर्यटन विकासबारे छलफल भयो’,उनले भने।

समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले रुकुमेली पर्यटक पोखरामा भित्राउन सकिने सम्भावना देखिएको बताए। आन्तरिक पर्यटन नै हाम्रो लागि दिगो पर्यटन हो', उनले भने,‘त्यसमा रुकुम पूर्व, रुकुम पश्चिम पनि हाम्रो बजार हो। त्यसका लागि हामीले प्रयास गरेका हौँ।’

समितिका पूर्व अध्यक्ष कमलप्रसाद न्यौपानेले मध्य पहाडी लोकमार्गले बागलुङ र रुकुम पूर्वलाई जोडेपछि त्यहाँको पर्यटक भित्राउन सहज हुने देखिएको बताए। ‘मध्य पहाडी लोकमार्गले नयाँ रुकुम सम्भाव्य गन्तव्य बनेको छ’, उनले भने,‘उहाँहरु पोखरा घुम्न आउन तयार हुनुहुन्छ, व्यापारिक सामान खरिदका लागि पनि पोखरा रुकुमका लागि सहज बन्न सक्छ।’

रुकुमेली जनतालाई आकर्षित गरेर पोखरामा पर्यटकको आगमन बढाउने तथा आएका पर्यटकको बसाई लम्ब्याउने योजना अन्तर्गत पर्यटन प्रवर्द्धनका लागि आफूहरू त्यहाँ पुगेको उनको भनाई छ। ‘पोखराको ताल, मनमोहक हिमशृङ्खला, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक सम्पदा देखेर को मोहित हुँदैनहोला र?’,उनले भने,‘यसका लागि रुकुमेलीलाई निम्तो दिएर पर्यटक आगमन बढाउने प्रयास हो।’

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणीराज लामिछानेले पनि सडक सञ्जालले जोडेसँगै पोखरा रुकुमेली जनताका लागि अवसर बनेको बताए। ‘रुकुमेली जनतालाई घुम्नका लागि निम्तो दिन मात्र यो अभियान सञ्चालन गरिएको होइन,’ उनले भने,‘निम्तोसँगै मध्य पहाडी लोकमार्ग सञ्चालनपछि गन्तव्यका रुपमा उदाएका सहरहरूसँग नेटवर्किङ बिस्तार गर्ने, पोखरा पर्यटनको राजधानी भएकाले त्यसको जानकारी दिने, दुई सहरबिच पर्यटक आदानप्रदान गर्ने र पोखराको पर्यटनबाट रुकुमेली जनतालाई सिक्ने अवसर प्रदान गर्ने पनि यसको उद्देश्य हो।’

छलफलमा रुकुमेलीले भने पर्यटक आदानप्रदानमा जोड दिएका थिए। अन्तरक्रिया बोल्दै रुकुम पश्चिमका जिल्ला समन्वय समिति उप–प्रमुख दीपेन्द्र विकले भने,‘पर्यटनको राजधानी पोखराबाट रुकुमले धेरै सिक्नुपर्नेछ। र पर्यटक आदानप्रदान गर्न सके दुवै सहरले लाभ लिइसक्नेछ।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२१ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस