गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण
२३ कार्तिक २०८३
•
३ मिनेट पाठ
गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण
तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ। गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो।

गाउँपालिकाभित्र आवश्यक पर्ने फूल स्थानीयस्तरमा उत्पादन गरी बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि गर्ने, आयआर्जनका अवसर बढाउने र यहाँ उत्पादित फूलको उपयोग बढाउने लक्ष्य राखिएको उनको भनाइ छ।

श्रेष्ठका अनुसार चालु वर्ष विभिन्न वडामा गरी २० दशमलव पाँच रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ। सबैभन्दा बढी म्याग्दे गाउँपालिका-४ छिम्लीश्वारामा १६ रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ। यहाँ चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सामूहिक रूपमा फूलखेती गरेको हो।

त्यस्तै, सोही वडाका घन विक्रम आलेले दुई रोपनी क्षेत्रफलमा सयपत्री लगाएका छन्। म्याग्दे गाउँपालिका-६ सिम्लेका सन्तोष श्रेष्ठले दुई रोपनी र वडा नम्बर ५ थाङ्दीकी सविना थापाले आधा रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएको छ। बजार पाएपछि फूलखेतीको क्षेत्रफल विस्तार हुँदै भएको किसान बताउँछन्।

म्याग्दे-४ छिम्लीश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले अघिल्लो वर्ष छ रोपनी क्षेत्रफलमा सयपत्री लगाएको थियो। उत्पादित फूलले बजारमा माग बढी आएपछि यस वर्ष क्षेत्रफल बढाएर १६ रोपनी पुर्‍याइएको समूहकी अध्यक्ष जितमाया रानाले बताइन्। अघिल्लो वर्षको उत्पादन बिक्री गर्न सहज भएपछि किसानमा फूलखेतीप्रति थप उत्साह जागेको उनको भनाइ छ।

बजारको सम्भावना देखेपछि समूहले यस वर्ष थप क्षेत्रफलमा खेती गरेको हो। “अघिल्लो वर्ष छ रोपनीमा सयपत्री लगाएका थियौँ। उत्पादन भएको फूलले राम्रो बजार पाएपछि थप उत्साहित भएका छौँ। बिक्रीमा समस्या नभएपछि यस वर्ष क्षेत्रफल विस्तार गरेर १६ रोपनीमा खेती गरेका छौँ”, रानाले भनिन्।

अनुदानले फूलखेतीमा आकर्षण गाउँपालिकाले अनुदान दिएर प्रोत्साहन गरेपछि आफू पनि फूलखेतीमा आकर्षित भएको म्याग्दे-६ सिम्लेका कृषक सन्तोष श्रेष्ठले बताए।

उनले दुई रोपनी क्षेत्रफलमा सयपत्री लगाएका छन्। किसानलाई प्रोत्साहन गर्ने स्थानीय सरकारको कार्यक्रमले नयाँ खेती गर्न हौसला मिलेको उनको भनाइ छ तर उत्पादन गरेर मात्रै नहुने भएकाले उत्पादित फूलको बिक्रीवितरणको व्यवस्था पनि मिलाउनुपर्ने उनले बताए।

“गाउँपालिकाले अनुदान दिएर प्रोत्साहन गरेपछि फूलखेती सुरु गरेको हुँ। किसानलाई स्थानीय सरकारले सहयोग गर्दा नयाँ खेती गर्न उत्साह मिल्दो रहेछ”, किसान श्रेष्ठले भने, “अब म्याग्देमै उत्पादन भएको फूल स्थानीयस्तरमै बिक्रीवितरण हुने व्यवस्था मिलाउनुपर्छ।”

उनले तिहारका बेला भारतबाट फूल आयात हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए। स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउने वातावरण बनाउन सके किसानलाई थप प्रोत्साहन मिल्ने उनको धारणा छ।

तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्छ। घर, मठमन्दिर तथा विभिन्न पूजाआजामा फूल र मालाको प्रयोग हुने भएकाले यस समयमा फूलको खपत बढ्छ। मागअनुसार स्थानीय उत्पादन पर्याप्त नहुँदा विगतमा बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहँदै आएको छ। स्थानीयस्तरमै खेती विस्तार गर्न सके बाहिरबाट आउने फूलको निर्भरता घटाउन सकिने किसानको अपेक्षा छ।

म्याग्देमा उत्पादन भएको सयपत्री फूल गाउँपालिकाभित्रै खपत हुने गरी बिक्रीवितरणको व्यवस्था मिलाउनुपर्ने उनीहरूको सुझाव छ। गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार पालिकाभित्र आवश्यक पर्ने फूल यहीँ उत्पादन गर्ने उद्देश्यले अनुदान कार्यक्रम अघि बढाइएको हो। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै किसानको आम्दानी बढाउने र गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउने लक्ष्य रहेकाले आउँदाे दिनमा पनि यसलाई निरन्तरता दिने उनले बताए।

म्याग्देमा सयपत्री फूलखेतीको विस्तारले स्थानीय किसानका लागि आम्दानीको नयाँ सम्भावना खोलेको छ। तरकारी तथा फलफूल खेती गर्दै आएका किसान समेत फूलखेतीतर्फ आकर्षित हुन थालेका छन्। सामूहिक र व्यक्तिगत दुवै रूपमा खेती विस्तार हुनुले स्थानीयस्तरमा फूलखेतीप्रतिको चासो बढेको हो।    
अर्को समाचार
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
१ घण्टा अघि
•
० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।

बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।



सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।

राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
यो पनि पढौँ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस