‘सत्य, सेवा, सुरक्षणम्’ को मन्त्र बोकेर नागरिकको जीउधनको रक्षा र समाजमा शान्ति-सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीको सर्लाहीस्थित कमाण्ड पछिल्लो समय एकपछि अर्को गम्भीर विवाद र काण्डै काण्डको भूमरीमा फसेको छ।
जिल्ला प्रहरी कार्यालय र त्यस मातहतका विभिन्न युनिटहरूमा कार्यरत प्रहरी अधिकारीहरूको संलग्नतामा भएका तस्करी, अनियमितता, पदीय दुरुपयोग र लागुऔषध कारोबारीसँगको साँठगाँठका घटनाहरू एकसाथ सार्वजनिक भएपछि सिङ्गो प्रहरी संगठनको कार्यशैली र निष्ठामाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ।
यी घटनाहरूले सर्लाही प्रहरी शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रण जस्ता आधारभूत जिम्मेवारीबाट विमुख हुँदै कमाउ धन्दामा केन्द्रित भएको आरोपलाई थप बल पुर्याएको छ।
विशेषगरी, लागुऔषध कारोबारीलाई सघाएको आरोपमा एक प्रहरी निरीक्षकको सरुवा, प्रहरी उपरीक्षक र राजनीतिकर्मीबीचको विवाद, तथा मातहतका प्रहरी अधिकारीहरूले तस्करहरूसँग मासिक रकम असुलेको अडियो प्रकरणले जिल्लाको प्रहरी प्रशासनको विश्वसनीयतालाई धराशायी बनाएको छ।
लागुऔषध कारोबारीलाई संरक्षणको आरोप र इन्स्पेक्टरको सरुवा
सर्लाही प्रहरीलाई सबैभन्दा बढी विवादमा तान्ने घटना इलाका प्रहरी कार्यालय, हरिवनमा भएको लागुऔषध प्रकरण हो। कार्यालयका तत्कालीन प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङमाथि ठूलो परिमाणको लागुऔषध बरामद प्रकरणमा मुख्य कारोबारीलाई बचाउन प्रमाण लुकाएको र बरामद परिमाण घटाएको गम्भीर आरोप लागेको छ।
घटना अनुसार, गत चैत २६ गते प्रहरी निरीक्षक तामाङ नेतृत्वको टोलीले एक सुराकीको सूचनाको आधारमा हरिवन नगरपालिका–३, डाबरीटोलबाट ना. २४ प. ६९०३ नम्बरको मोटरसाइकलसहित स्थानीय ३७ वर्षीय मानबहादुर घिसिङलाई पक्राउ गरेको थियो।
प्रहरीले उनको साथबाट ७०० बोतल प्रतिबन्धित लागुऔषध (कोरेक्स, ओनरेक्स र विनेक्रक्स) बरामद गरेको थियो। तर, अनुसन्धानको प्रक्रियामा प्रहरीले गम्भीर लापरबाही र अनियमितता गर्दै जिल्ला अदालत, मलंगवामा मुद्दा पेस गर्दा बरामद लागुऔषधको परिमाण घटाएर जम्मा ४५८ बोतल मात्रै देखायो।
यता, पक्राउ परेका प्रतिवादी मानबहादुर घिसिङले जिल्ला अदालतका न्यायाधीश विष्णु रेग्मीको इजलासमा बयान दिने क्रममा आफू केवल भरिया मात्र भएको र वास्तविक मालिकहरूलाई प्रहरीले नै संरक्षण दिएको खुलासा गरे।
उनले बयानमा भनेका छन्, ‘बरामद भएको लागुऔषध ७०० बोतल थियो, तर इन्स्पेक्टर किशोर तामाङले २४२ बोतल लुकाएर मलाई मात्र फसाए।’
घिसिङले आफूलाई सुराकी दिने व्यक्ति डाबरीकै कुख्यात लागुऔषध कारोबारी धिरेन्द्रबहादुर थिङ भएको र उनैको योजनामा प्रहरीले आफूलाई पक्राउ गरी मुख्य अभियुक्तहरूलाई उन्मुक्ति दिएको दाबी गरे।
अनुसन्धानका क्रममा प्रहरी निरीक्षक तामाङले आफूलाई निर्घात कुटपिट गरी अन्य संलग्न व्यक्तिहरू फेकन साह तेली, अजय मण्डल र अमित जयसवाल (गोलमोल) को नाम पोल्न लगाएको पनि उनले अदालतसमक्ष बताएका थिए।
घिसिङकी श्रीमती मञ्जुकुमारी थिङले आफ्नो श्रीमान्लाई अन्यायपूर्वक फसाइएको भन्दै वास्तविक दोषीमाथि छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएपछि यो प्रकरणले थप चर्चा पायो।
अदालतले घिसिङको बयान र घटनाको गाम्भीर्यलाई मनन गर्दै मुद्दाको पुनः अनुसन्धान गर्न र घिसिङले नाम पोलेका मुख्य अभियुक्तहरू धिरेन्द्रबहादुर थिङ, श्यामप्रसाद थिङ र पद्माकुमारी थिङविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दियो। अदालतको आदेशपछि मुख्य अभियुक्तहरू फरार छन्।
घटना बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले तत्काल कदम चाल्दै निरीक्षक तामाङलाई जिल्ला प्रहरी कार्यालय, धनकुटामा सरुवा गरेको छ। उनको सरुवालाई कतिपयले कारबाहीभन्दा पनि ‘उन्मुक्तीको प्रयास’ का रूपमा टिप्पणी गरेका छन्।
उनको स्थानमा प्रहरी वृत्त बौद्धबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीलाई हरिवन पठाइएको छ। घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादव नेतृत्वको टोली सर्लाही आएर अनुसन्धान गरिरहेको छ।
एकपछि अर्को अडियो काण्ड
लागुऔषध प्रकरण मात्र होइन, सर्लाही प्रहरी अन्य विभिन्न अडियो काण्डहरूका कारण पनि आलोचित बनेको छ।
गत असार २० गते जिल्ला प्रहरी कार्यालय, मलंगवाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्का र जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवबीच भएको चर्काचर्कीपूर्ण संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भयो।
अडियोमा यादवले एसपी खड्कालाई ‘तिमीहरू मधेशमा लुट्न आएका हौ’ जस्ता आक्रामक शब्द प्रयोग गर्दै शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएका छन्।
यो अडियो सार्वजनिक भएपछि यादव पक्षधरले एसपी खड्काको सरुवाको माग गर्दै दुई सातादेखि सदरमुकाम मलंगवामा निरन्तर आन्दोलन गरिरहेका छन्। यस घटनाले प्रहरी नेतृत्व र स्थानीय राजनीतिक शक्तिबीचको तनावपूर्ण सम्बन्धलाई सतहमा ल्याइदिएको छ।
दोस्रो अडियो काण्ड हो तस्करीमा ‘मासिक सेटिङ’ बारे। ब्रह्मपुरी प्रहरी चौकीका प्रमुख, प्रहरी सहायक निरीक्षक (असई) मनोज यादव र त्रिभुवन नगरकी एक महिला व्यवसायी बबिताबीचको संवादको अडियोले सीमा क्षेत्रमा प्रहरीकै संरक्षणमा कसरी तस्करी मौलाइरहेको छ भन्ने तथ्यलाई उदाङ्गो पारेको छ।
अडियोमा महिला व्यवसायीले ‘मासिक रकम बुझाएर’ तस्करीको अनुमति पाएको तर आफ्नो ४ बोरा चिनी, ४ बोरा मटर र २ बोरा दालजस्ता सामान प्रहरीले बरामद गरेको भन्दै असई यादवलाई फिर्ता गरिदिन आग्रह गरेकी थिइन्।
संवादले सुन्दा सीमावर्ती प्रहरी चौकीहरूमा तस्करीका लागि ‘मासिक सेटिङ’ को अभ्यास संस्थागत भइसकेको र यो रकम तल्लो तहदेखि माथिल्लो तहसम्म पुग्ने गरेको आशंका गर्न सकिन्छ।
तेस्रो काण्ड हो घुसरकमको बार्गेनिङ। गत साउन २ गते इलाका प्रहरी कार्यालय, हिरापुरका प्रमुख, प्रहरी नायब निरीक्षक (सई) वैद्यनाथ दास र भारतबाट तस्करीको सामान ल्याउने राजीव यादवबीचको संवादको अडियो पनि भाइरल बन्यो।
अडियोमा सई दासले तस्करी गर्न छुट दिएबापत पाउनुपर्ने १८ हजार रुपैयाँ नपाएको भन्दै गुनासो र बार्गेनिङ गरिरहेको सुनिन्छ। यसले प्रहरी अधिकारीहरू कसरी खुलेआम तस्करी सहजीकरणका लागि रकमको लेनदेनमा संलग्न छन् भन्ने पनि स्पष्ट पार्छ।
यी श्रृंखलाबद्ध घटनाहरूबारे सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी सरोज राईले सबै विषय अनुसन्धानकै क्रममा रहेकाले तत्काल विस्तृतमा बोल्नु उपयुक्त नहुने र अनुसन्धान निष्कर्षमा पुगेपछि आधिकारिक जानकारी गराउने बताएका छन्।
तर, एकपछि अर्को घटना सार्वजनिक हुँदा पनि ठोस र विश्वसनीय कारबाही नहुनुले प्रहरी संगठनभित्रै दोषीलाई बचाउने प्रवृत्ति हाबी भएको हो कि भन्ने आशंका उब्जिएको छ।
यी घटनाहरूले जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण र सीमा निगरानीमा प्रहरीको भूमिकालाई कमजोर बनाएको छ भने आम नागरिकमा प्रहरीप्रतिको विश्वास र भरोसालाई नराम्ररी खस्काइदिएको छ।