मान्म बजारको बाटो भत्किँदा सात घर पहिरोको जोखिममा
२२ भदौ २०८२
•
२ मिनेट पाठ
मान्म बजारको बाटो भत्किँदा सात घर पहिरोको जोखिममा
कालीकोटको सदरमुकाम मान्म बजारको बाटो अवरुद्ध भएको पाँच महिना बितेको छ। खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा सात घर पहिरोको उच्च जोखिममा परेका छन्। मान्म बजारको घाम ताप्नास्थित जमिनमा नगरपालिकाको नयाँ भवन निर्माणका लागि भएको ठेक्काअनुसार जग खन्ने क्रममा वर्षाले पहिरो जाँदा स्थानीयका पक्की घर जोखिममा परेका हुन्।




खाँडाचक्रको बजार क्षेत्रमा जमिनमा नगरको भवनका लागि डोजर लगाएर फाउन्डेसन खन्दा कर्णप्रसाद चौलागाईं, कालीबहादुर शाही, भवानीप्रसाद आचार्य, नरप्रसाद चौलागाई, गंगाराम आचार्य, लालप्रसाद पोख्रेल र हर्कबहादुर शाहीका पक्की घर पहिरोको उच्च जोखिममा छन्। तीमध्ये कालीबहादुर शाही र कर्णप्रसाद चौलागाईंको परिवारसहित भाडामा बस्ने व्यक्तिहरू विस्थापित भएर आफन्तको घरमा बसिरहेका छन्।

नगरपालिकाको भवन निर्माणका लागि वर्षाको समयमा डोजर लगाएर पहिरो निम्त्याउने काम भयो, घरधनी कर्णप्रसाद चौलागाईंले भने, ‘हामी सपरिवार विस्थापित भइसक्यौं।’ उनले आफ्नो घर भाडामा बस्ने आठ परिवार पनि अन्यत्र सरेको गुनासो पोखे।

नगरपालिकाले जग खनेको क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले त्यस क्षेत्रका वासिन्दालाई सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए।

उनले भने, ‘जोखिम भएकाले सुरक्षित ठाउँमा बस्न भनेका छौं।’

खाँडाचक्र नगरपालिकाले भवन निर्माणका लागि भ्याटसहित २५ करोडको ठेक्का आह्वान गरेकोमा काठमाडौंको आरएनसिएस बिल्डर्सले १९ करोडमा ४० महिनाको समयावधिमा काम सक्ने गरी साततले भवन निर्माणको ठेक्का लिएको खाँडाचक्र नगरपालिकाका इन्जिनियर सुमित भट्टले बताए। ‘सम्झौता भएको ६ महिना भयो’, उनले भने, ‘जग खन्ने क्रममा पहिरो गएर समस्या भएको छ।’

उनका अनुसार निर्माण व्यवसायीका प्रतिनिधिले अलिबहादुर शाहीले नगरपालिकाबाट एक करोड ५० लाख पेस्की लिएर ३० लाख फस्र्यौट भएको सुनाए। उनका अनुसार जग खन्दा बजार जाने बाटोसहित स्थानीयका घर जोखिममा परेपछि वैशाखदेखि काम रोकिएको छ।

नगरपालिकाले माथिपट्टि छुट्टै २० लाखको ठेक्का गरेर १६ लाखमा मेसिनरी पर्खालको जिम्मा स्थानीय व्यवसायी मानबहादुर शाहीलाई दिएकामा यतिबेलाको वर्षाले पर्खाल भत्काएको छ। उनले असारमै काम सके पनि रकम नपाएको गुनासो पोखे। ‘काम असारमै सकेको हो’, उनले भने, ‘नगरले भुक्तानी अझै दिएको छैन।’

नगरको भवनका निर्माणका क्रममा मान्म बजार जाने सडक भत्किएपछि बजारका व्यवसायी मर्कामा परेका छन्। कर्णाली राजमार्गबाट बजारसम्म साना गाडी र मजदुरबाट सामान ढुवानी गर्दा प्रतिगाडी दुई हजार महँगो पर्ने गरेका छन्।

यसैबीच नगरको कामले मान्म बजार आउने बाटो अवरुद्ध भएको र स्थानीयका घरपहिरोको जोखिममा परेको गुनासोपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैकपल्पिक उपायसहित नगरपालिकालाई योजना बनाउन र तत्काल घर बचाउन पालको व्यवस्था गर्ने निर्णय गरेको छ। अहिले बजारको बाटो हुँदै आउने साना गाडी रोकिएका छन्।  
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
५३ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस